Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Others/पर्वतारोहणमा सक्रिय ४५ देशका प्रतिनिधि नेपालमा, ६ चुचुरालाई अन्तर्राष्ट्रिय मान्यता दिन नेपालको प्रस्ताव

पर्वतारोहणमा सक्रिय ४५ देशका प्रतिनिधि नेपालमा, ६ चुचुरालाई अन्तर्राष्ट्रिय मान्यता दिन नेपालको प्रस्ताव

10/30/2026, 11:52:30 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्वतारोहणमा सक्रिय ४५ देशका प्रतिनिधि नेपालमा, ६ चुचुरालाई अन्तर्राष्ट्रिय मान्यता दिन नेपालको प्रस्ताव

पर्वतारोहण क्षेत्रमा सक्रिय ४५ देशका प्रतिनिधिहरु नेपाल आएका छन् । अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघ (यूआईएए)को साधारणसभाका लागि पाँच महादेशबाट ४५ देशका प्रतिनिधि नेपाल आएका हुन् । साधारण सभा विहीबार साँझ काठमाडौंमा उद्घाटन गरिएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए)को आथित्यतामा शुक्रबार साँझ बसन्तपुर दरबार क्षेत्रमा ‘हेरिटेज वाकराउन्ड’ राखिएको छ । एनएमएको आतिथ्यमा भइरहेको साधारणसभा नेपालमा यसअघि सन् १९८२ र २०११ मा यूआईएएको साधारणसभा आयोजना भएको थियो। यो तेस्रो आयोजना हो। विहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल साधारण सभाको उद्घाटन गरेका थिए । यूआईएएका अध्यक्ष पिटर मुइरले नेपालमा हालै भएका प्राकृतिक विपद्ले जलवायु परिवर्तनको गम्भीरता स्मरण गराएको बताए। उनले पर्वतीय समुदायप्रति ऐक्यबद्धता जनाउँदै पर्वतारोहणसम्बन्धी गतिविधिमा युवा सहभागिता बढाउनुपर्नेमा जोड दिए। साधारणसभाअघि अक्टोबर २७ र २८ मा काठमाडौंमा तेस्रो यूआईएए पर्वतीय सुरक्षा गोष्ठीसमेत आयोजना गरिएको थियो। त्यसमा विभिन्न देशका ६० भन्दा बढी पर्वतारोही, चिकित्सक, उद्धारकर्ता, प्यारामेडिक्स, बीमा प्रतिनिधि र विज्ञ सहभागी भएका थिए। सहभागीहरूले नुवाकोटको ककनीस्थित स्काउट परिसरमा व्यावहारिक उद्धार अभ्यास र प्रशिक्षणसमेत लिएका थिए। अध्यक्ष शेर्पाले राखे अलग्गै प्रस्ताव सो अवसरमा नेपालले आठ हजार मिटरभन्दा अग्ला थप छ चुचुरालाई छुट्टाछुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिन प्रस्ताव गरेको छ। प्रस्ताव स्वीकार भए विश्वका मान्यता प्राप्त आठहजारी हिमालको संख्या १४ बाट २० र नेपालका यस्ता हिमालको संख्या आठबाट १४ पुग्नेछ। साधारणसभाका अवसरमा नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष फुर गेल्जे शेर्पाले ती चुचुराको भौगोलिक, वैज्ञानिक र पर्वतारोहणसम्बन्धी आधारमा औपचारिक मूल्यांकन गर्न आग्रह गरेका हुन्। हाल अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विश्वका १४ आठहजारी हिमालमध्ये आठ नेपालमा वा नेपालको सीमामा पर्छन्। ती सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, चो ओयु, धौलागिरि प्रथम, मनास्लु र अन्नपूर्ण प्रथम हुन्। नेपालले थप मान्यता मागेका चुचुरामा कञ्चनजंघा हिमशृंखलाका कञ्चनजंघा साउथ, कञ्चनजंघा वेस्ट, कञ्चनजंघा सेन्ट्रल र यालुङ खाङ छन्। त्यस्तै सगरमाथा–ल्होत्से हिमशृंखलाका ल्होत्से मिडल र ल्होत्से शारलाई पनि छुट्टाछुट्टै हिमालको मान्यता दिन आग्रह गरिएको छ। नेपाल सरकारले यी चुचुरामा आरोहण अनुमति दिँदै आएको छ। आरोहीहरूले तिनको आरोहण गरी प्रमाणपत्रसमेत प्राप्त गरेका छन्। तर छुट्टाछुट्टै आठहजारी हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता भने पाएका छैनन्। शेर्पाले यी चुचुराको आफ्नै नाम, भौगोलिक पहिचान र शिखरसम्म पुग्ने अलग मार्ग रहेको बताए। स्थानीय समुदायले समेत तिनलाई फरक पहिचानका चुचुराका रूपमा चिन्दै आएको उनको भनाइ छ। आठ हजार मिटरभन्दा माथिको आरोहणका लागि असाधारण सहनशक्ति, प्राविधिक दक्षता, अनुभव र सावधानीपूर्वकको तयारी आवश्यक पर्ने भन्दै उनले प्रत्येक अलग शिखरको आरोहणलाई महत्त्वपूर्ण पर्वतारोहण उपलब्धिका रूपमा मूल्यांकन गर्नुपर्ने बताए। संघका पूर्वअध्यक्ष र पूर्वकार्यसमिति सदस्यहरूले वर्षौंदेखि यो विषय उठाउँदै आए पनि अपेक्षित सम्बोधन हुन नसकेको शेर्पाले उल्लेख गरे। यो विषयलाई प्राविधिक आधारसहित अघि बढाउन विज्ञ टोली गठन गरिएको उनले जानकारी दिए। मधुसूदन अधिकारीको नेतृत्वमा टोलीका पाँच सदस्यले यी चुचुरालाई छुट्टाछुट्टै मान्यता दिनुपर्ने आधारसहित विस्तृत प्रस्तुति दिने उनले बताए। कुनै चुचुरोलाई छुट्टै हिमाल मान्ने विषयमा अन्तर्राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्दै शेर्पाले हिमाल वर्गीकरणको स्पष्ट वैज्ञानिक पद्धति विकास गर्न नेपालले नेतृत्व लिनुपर्ने धारणा राखे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर जोशीमठ नजिकै दुर्घटनाग्रस्त, पाइलटसहित ६ जना सवार
OthersJust now

बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर जोशीमठ नजिकै दुर्घटनाग्रस्त, पाइलटसहित ६ जना सवार

१३ कात्तिक, काठमाडौं । उत्तराखण्डको बद्रीनाथ धामबाट देहरादुनको सहस्रधाराका लागि उडेको एउटा हेलिकप्टर शुक्रबार खराब मौसमका कारण जोशीमठ नजिकै दुर्घटनाग्रस्त भएको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार, ट्रान्स भारत एभिएसन प्रालिद्वारा सञ्चालित उक्त हेलिकप्टरमा ५ जना तीर्थयात्री र एक पाइलट गरी कुल ६ जना सवार थिए। उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार, कल साइन भीटी–एचसीएक्स भएको… ...

अनलाइन खबर
सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन
OthersJust now

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

१३ कात्तिक, काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ । उक्त संस्थाले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम यस मन्त्रालयबाट दिइएको निर्देशन बारम्बार पालना गरेको नदेखिएको भन्दै निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ । साथै संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य… ...

अनलाइन खबर
भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये ११२ जनाको शव पहिचान गरी परिवारलाई बुझाइयो
OthersJust now

भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये ११२ जनाको शव पहिचान गरी परिवारलाई बुझाइयो

भोटेकोशी तथा कालीगण्डकी करिडोरमा आएको विनाशकारी बाढीपहिरोपछिको खोजी तथा उद्धार कार्यका क्रममा हालसम्म ११२ वटा शवको पहिचान गरी परिवारलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ । नदीले बगाएर टाढा पुर्‍याएका शवहरूको खोजीका लागि रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणी (भारत सीमा) सम्म दुवै किनारमा ‘टी टु टी’ (टिमुरे टु त्रिवेणी) विशेष अपरेसन सञ्चालन गरिएको हो । भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय ...

पर्दाफास
देउवा समूहको महाधिवेशन खुलामञ्चमा हुने
OthersJust now

देउवा समूहको महाधिवेशन खुलामञ्चमा हुने

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने भएको हो । देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीले महाधिवेशनका लागि खुलामञ्च बुक भइसकेको जानकारी दिए । उनका अनुसार महाधिवेशनका लागि देउवा समूहले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play