Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Others/पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द

पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द

10/20/2026, 7:42:06 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ । यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरूले यस वर्ष पर्यटकीय अनुकूल याम नसकिँदै हवाई उडान सेवा स्थगित गरेको जनाएको छ । मुस्ताङमा बर्सेनि दुई याममा निजी क्षेत्रका तारा एयरलाइन्स र समिट एयरलाइन्सका १८ सिटे जहाजहरूले पोखरा-जोमसोम हवाई सेवा सञ्चालन गर्दै आइरहेका छन् । जोमसोमस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार अघिल्लो साता तारा एयरलाइन्सले र सोमबारदेखि समिट एयरलाइन्सको नियमित हवाई उडान सेवा बन्द गरेका हुन् । मुस्ताङमा अगस्टदेखि नोभेम्बरसम्म पोखरा–जोमसोम हवाई सेवा नियमित रूपमा सञ्चालन हुने गरेको थियो । प्रमुख शर्माका अनुसार तारा एयरका तीनमध्ये एउटा जहाज मर्मतका भइरहेको र समिट एयरको चारमध्ये एउटाको मर्मतका लागि लैजाने तयारी भइरहेको छ । जोमसोमस्थित समिट एयरलाइन्सनका स्टेशन इञ्चार्ज सुमन थकालीले रसुवाको विनाशकारी बाढी घटना र देशका विभिन्न स्थानमा बाढी पहिरोले सडक मार्ग अवरुद्ध हुने जस्ता घटनाका कारण हवाई यात्रुहरूले बुकिङ रद्द गरेका कारण नियमित हवाई उडान स्थगित गर्नु परेको बताए। यद्यपि चार्टर उडान भने नरोकिने उनको भनाइ छ । यी दुई हवाई कम्पनीले बर्सेनि एक हजार २०० भन्दा बढी नियमित हवाई उडान सेवा गर्दै आएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

दशैं मनाउन साढे ५ लाख बढीले छोडे काठमाडौं उपत्यका
OthersJust now

दशैं मनाउन साढे ५ लाख बढीले छोडे काठमाडौं उपत्यका

बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका हुन् । अहिले दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ ...

पर्दाफास
चितवनमा हात्ती सफारीको रोमाञ्च (तस्वीरहरु)
OthersJust now

चितवनमा हात्ती सफारीको रोमाञ्च (तस्वीरहरु)

चितवनको पर्यटनमा हात्ती सफारी पनि परिचित आकर्षण हो । पर्यटन गतिविधि विस्तार हुँदै गर्दा हात्तीको उचित हेरचाह, पशुकल्याण र वन्यजन्तुमैत्री पर्यटनको अभ्यासलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने आवश्यकता छ । ...

अनलाइन खबर
‘आइएमई ग्रुपले अन्तर्राष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’ : अध्यक्ष ढकाल
OthersJust now

‘आइएमई ग्रुपले अन्तर्राष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’ : अध्यक्ष ढकाल

आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन प्रवर्द्धन तथा पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । अन्तर्राष्ट्रिय ब्राण्डमा नेपालमा चलेका अन्य होटलको आधा शुल्कमा सोहीस्तरको सेवा दिएको होटल सञ्चालन गर्दै आएको आइएमई हस्पिटालिटीले जनाएको छ । हस्पिटालिटीले नवलपुरको गैँडाकोटमा ६५ कोठाको इला रिसोर्ट, हर्कपुरमा ३५ कोठाको इला कम्फर्ट, बागलुङ बजारमा ३० कोठाको इला कम्फर्ट सञ्चालन गरिरहेको छ । कैलालीमा सुरुमा ...

पर्दाफास
गायिका मीरा राणाको दशैं : स्मृतिमा श्रीमान्, अनवरत संगीत साधना
OthersJust now

गायिका मीरा राणाको दशैं : स्मृतिमा श्रीमान्, अनवरत संगीत साधना

छ दशकदेखि नेपाली सङ्गीतमा समर्पित गायिका मीरा राणाका लागि यसपालिको दशैं विगतभन्दा फरक छ। बाल्यकालका चञ्चल सम्झना, गुरु गोपाल योञ्जनको आशीर्वाद र ५७ वर्षको जीवनसाथीको अभावबीच पनि उनको जीवनरागमा साधनाको उज्यालो निभेको छैन। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play