Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक। पर्यटकीयस्थल कोटथुम्का। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र। जहाँबाट मौसम खुलेको बेला विश्वको उच्च हिमशिखर सगरमाथाको चुचुरो देख्न सकिन्छ। गणेश, जुगल, गौरीशङ्कर, लाम्टाङलगायत उत्तरतर्फ लस्करै चम्किएका अग्ला हिमशृङ्खलाको सोही स्थानबाट दृश्यावलोकन गर्न सकिन्छ। जिल्ला सदरमुकाम धुलिखेलबाट करिब ३० किलोमिटरको दूरीमा दुई हजार ५०० मिटर उचाइको उत्तरपूर्वी क्षेत्रमा अवस्थित कोटथुम्का (हाल बुद्ध–थुम्का) पर्यटकको आकर्षणको केन्द्र बनेको छ। सो स्थानमा शान्तिका प्रतिक ‘गौतम बुद्ध’को प्रतिमा तथा पार्क निर्माण भएपछि आकर्षण थपिएको हो। स्थानीय शिक्षक शालिकराम श्रेष्ठ अनुसार कोटथुम्कामा स्थानीयसँगै संघीय सरकारले थप पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ। कोटथुम्का वरिपरि ऐतिहासिक उमादेवी मन्दिर, कश्यपेश्वर महादेव मन्दिर, गुप्तेश्वर महादेव गुफा, खर्कको पोखरीलगायतका महत्त्वपूर्ण गन्तव्य रहेका छन्। कोटथुम्कामा पर्यटकीय क्षेत्र दोलालघाट तथा मण्डन क्षेत्रबाटै पर्यटकीय क्षेत्र दोलालघाट तथा मण्डन क्षेत्रबाटै ‘हाइकिङ’ वा यातायातबाट पुग्न सकिन्छ। काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको सीमास्थल भएर बग्ने इन्द्रावती नदीको मनमोहक दृश्यले त त्यहाँ पुग्ने जो कसैको मन लोभ्याउँछ। नजिकका जङ्गलमा फागुन र चैत महिनामा ढकमक्क लालीगुराँस फुल्छ। विसं २०७२ को विनाशकारी भूकम्पपछि थुम्का नजिक रामपुर भीमसेन थुम्कामा बुद्धपार्कको निर्माण गरी थप आकर्षण बढाइएको छ। त्यस स्थानमा धार्मिक गुरु (श्रीलङ्कन नागरिक) भन्ते वीमालाले विश्व शान्तिको कामना गर्दै बुद्ध प्रतिमा निर्माण गरेको स्थानीय अगुवा गणेश पराजुलीले बताए। उनका अनुसार रु चार करोड लगानीमा बुद्ध प्रतिमालगायत पूर्वाधार निर्माण गरिएको हो। बौद्ध धर्मालम्बीले यस स्थललाई ‘समाधि बुद्ध माउण्टेन’को नामले चिनिने गरेको पराजुली बताउछन्। उनी भन्छन्, “बुद्ध प्रतिमा निर्माणपछि बौद्ध धर्मावलम्बीको बाक्लो उपस्थिति हुन थालेको छ।” विसं २०७३ मा तीन देउपुर र चार मण्डन गाभिएर मण्डनदेउपुर नगरपालिका घोषणा गरिएको हो। मण्डनका चार गाविस चण्डेनीमण्डन, महादेवस्थान, जैशीथोक र ज्याम्दी जोडिएर बनेको नगरको मुख्य आकर्षण कोटथुम्काको महत्वमा थप उजागर गर्नसके यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई कोटथुम्का चिनाएर रमाउन सकिने स्थानीय बताउँछन्। “हामी कोटथुम्कालाई हालको संरचनाभन्दा थप पर्यटकीय बनाउन स्थानीय अगुवासँग आवश्यक पूर्वाधारबारे छलफल चलाउँदैछौँ”, स्थानीय सामाजिक कार्यकर्ता रामबहादुर तामाङले भने। आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन स्थानीयस्तरबाट मात्र सम्भव नभएकाले जिल्ला र राष्ट्रियस्तरबाटै पहल आवश्यक रहेको स्थानीयको भनाइ छ। यस्तै कोटथुम्का नजिकको अर्को पर्यटकीय क्षेत्र थानडाँडा, जहाँ खानेपानी र बसोबासको राम्रो सुविधा छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
ताजा खबरJust now

मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

• मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। • मञ्जुश्री फाइनान्सले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने बरुण हाइड्रोपावरले ५ प्रतिशत लाभांश वितरण गर्ने योजना बनाएको छ। • दुवै कम्पनीले कात्तिक २० गते वार्षिक साधारण सभा बोलाएका छन्। ...

नेपालबहस
दसैँअघि सुनकोसीमा गाडी खस्दा बेपत्ता भएका २ जनाको शव भेटियो
ताजा खबरJust now

दसैँअघि सुनकोसीमा गाडी खस्दा बेपत्ता भएका २ जनाको शव भेटियो

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा टाटासुमो गाडी दुर्घटना हुँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ। उनीहरूको आफन्तले शव सनाखत गरेका प्रहरीले जनाएको छ। गत कात्तिक १ गते काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो मध्यपहाडी लोकमार्गअन्तर्गत नागथानबाट करिब २ सय मिटर तल सुनकोसी नदीमा खसेको थियो। दुर्घटनामा तीन जना... ...

नेपालखबर
कुरिनटारमा बस, ट्रक र माइक्रो एकै ठाउँमा ठोकिँदा ११ जना घाइते
ताजा खबरJust now

कुरिनटारमा बस, ट्रक र माइक्रो एकै ठाउँमा ठोकिँदा ११ जना घाइते

काठमाडौं । चितवनको कुरिनटारमा बस, ट्रक र माइक्रो बस आपसमा ठोकिँदा ११ जना घाइते भएका छन्। मंगलबार बिहान पौने ९ बजेतिर चितवनको इच्छाकामना- ४ धारापानीस्थित पृथ्वी राजमार्ग तीनवटा सवारी साधन एकैठाउँमा ठोक्किएका हुन्। सर्लाही बाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७७७ नम्बरको बस, काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौँ आउँदै गरेको बाग्मती ...

केन्द्रबिन्दु
बिनासूचना गैरहाजिर रहेका ११ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन, नभए सेवाबाट हटाइने
ताजा खबरJust now

बिनासूचना गैरहाजिर रहेका ११ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन, नभए सेवाबाट हटाइने

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। नक्सालस्थित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play