Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। दुई दिने भ्रमणका लागि आज नेपाल आएका विदेश सचिव मिस्री र परराष्ट्रमन्त्री खनालबीच द्विपक्षीय हीतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भेटमा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप प्रगाढ बनाउने तथा सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने सम्बन्धी विविध विषयमा छलफल भएको छ। छलफलमा दुई देशका उच्चाअधिकारी सहभागी थिए। यता प्रधानमन्त्री बालेन मंसिर पहिलो साता भारत भ्रमणमा जाने तयारीमा छन्। परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले भ्रमणको तयारी गरिरहेको छ। स्रोतका अनुसार प्रधानमन्त्रीसँग भेटवार्तापश्चात द्विपक्षीय सहमतिका आधारमा भ्रमणको मिति तोकिने तयारी छ। The post परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पर्सामा ७ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका बरामद गरी नष्ट
Latest NewsJust now

पर्सामा ७ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका बरामद गरी नष्ट

• पर्सा प्रहरीले ७ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका बरामद गरी नष्ट गरेको छ। • विभिन्न स्थानबाट नियन्त्रणमा लिएका पटाकाहरू खाल्डोमा पुरेर पानी खन्याउँदै नष्ट गरिएको जानकारी प्राप्त भएको छ। • चाडपर्वको समयमा अवैध पटाका र विस्फोटकजन्य सामग्रीको ओसारपसार र बिक्री वितरण नियन्त्रण गर्ने अभियान अन्तर्गत यो कार्य गरिएको हो। ...

नेपालबहस
आईजीपी हटाउन ‘अर्जेन्ट’ बोलाइएको थियो मन्त्रिपरिषद्को बैठक
Latest NewsJust now

आईजीपी हटाउन ‘अर्जेन्ट’ बोलाइएको थियो मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार दिउँसो पौने १ बजे मन्त्रिपरिषद् बैठक राखेको सन्देशसहितको सूचना मन्त्रीहरूलाई एसएमएसमार्फत जानकारी गराइयो। यसअघिका मन्त्रिपरिषद् बैठक बस्नुअघि कार्यसूचीसहित केही घण्टाको समय राखेर बैठकको सूचना दिने गरेको थियो। तर, बुधबार त्यसो गरिएन। केही कार्यसूची नै नदिएर एक्कासी बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए। ‘आजको बैठक एकदम ... ...

नेपालखबर
झिनो अंकले बढ्यो नेप्से परिसूचक
Latest NewsJust now

झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक १.४० अंकले बढेर २६६५.५३ अंकमा पुगेको छ । आज नेप्सेका कारोबार भएका १३ ओटा उपसमहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ । बुधबार नेप्सेमा स्वेत गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सबैभन्दा धेरै कारोबार भएको ...

टक्सार
काठमाडौंमा वायु प्रदूषणको जोखिम बढ्दै, महानगरले दियो यस्तो चेतावनी
Latest NewsJust now

काठमाडौंमा वायु प्रदूषणको जोखिम बढ्दै, महानगरले दियो यस्तो चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले जाडो मौसममा वायु प्रदूषण बढ्न सक्ने भन्दै नगरवासीलाई सचेत रहन आग्रह गरेको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै प्रदूषण बढाउने गतिविधि नगर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो । महानगरका अनुसार सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा निर्माणस्थलबाट उड्ने धुलो, उद्योग कलकारखानाको धुवाँ र खुला ठाउँमा फोहोर जलाउँदा […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play