पत्रकार विश्वमणी सुवेदी प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरीले नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएकाे छ। उनलाई बानेश्वरस्थित नेपाल प्रेसको कार्यालयबाट नियन्त्रणमा लिइएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार साइबर ब्युरोको पत्रका आधारमा सुवेदीलाई नियन्त्रणमा लिइएको हो। केही दिनअघि नेपाल प्रेसमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले पदबाट हटाउन खोजेको र त्यसबारे कार्कीले कानुनी परामर्श थालेको समाचार प्रकाशित भएको थियो। उक्त समाचारकै विषयमा सोधपुछ गर्न सुवेदीलाई नियन्त्रणमा लिइएको साइबर ब्युरोका अधिकारीहरूले बताएका छन्। यसअघि आजै प्रहरीले अर्का पत्रकार शोभराज बराललाई पनि नियन्त्रणमा लिएकाे थियो।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

निर्माणाधीन दमक–चिसापानी सडकको नयाँ ठेक्का स्वीकृत
झापा । सरकारले निर्माणाधीन दमक–चिसापानी सडकको माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्डको पुरानो ठेक्का अन्त्य गरेर नयाँ ठेक्का स्वीकृत गरेको छ । झापाको दमकदेखि इलामको माङ्सेबुङ हुँदै पाँचथरको रबिसम्म जोड्ने सडकको २५.५ किलोमिटर खण्डको... ...

वरिष्ठ पत्रकार हरिबहादुर थापाको विश्लेषण : रास्वपा र सरकारबीचको सम्बन्धमा गम्भीर समस्या आइसकेको छ
काठमाण्डु– वरिष्ठ पत्रकार हरिबहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारबीचको आन्तरिक द्वन्द्वको मारमा सञ्चारमाध्यम र पत्रकारहरू परेको टिप्पणी गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीचको मतभेदका कारण राज्यका निकायबाट पत्रकारमाथि धरपकड भएको उनको विश्लेषण छ। नयाँ सरकार गठन भएयता सञ्चारमाध्यमका कार्यालयमै प्रहरी पुग्ने र पत्रकारलाई पक्राउ गर्ने क्रम बढेको उनी बताउँछन् […] ...

भोटेकोशी बाढीपीडितले अझै पाएनन् १५ हजार रुपैयाँ घरभाडा
मन्त्रिपरिषद्ले निर्णय गरेको १५ हजार रुपैयाँ भाडा अनुदान दुई महिना बित्दा पनि बाढीपीडितको खातामा नपुर्याएको सरकारले दातृ निकाय र संघसंस्थाले उपलब्ध गराएको आपत्कालीन सहायता देखाउँदै रकम निकासामा अलमल गरिरहेको छ । ...

सञ्चारगृहमा पत्रकारमाथि धरपकड
समाचारका विषयमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत निरूपण गर्ने ठाउँ हुँदाहुँदै गरिएको धरपकडप्रति सत्तारूढ रास्वपासहित विभिन्न राजनीतिक दल, पत्रकार सम्बद्ध संघसंस्था र नागरिक समाजले विरोध गरिरहेका छन् । ...


