पत्रकार पक्राउ प्रकरणमा बालेनको सचिवालयको प्रतिक्रिया– ‘थाहा पाउनासाथ रिहा गर्न निर्देशन दियौँ’

ठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनामा प्रधानमन्त्री तथा उनको कार्यालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ।
प्रधानमन्त्रीकी प्रेस सल्लाहकार दीपा दाहालले पत्रकार पक्राउबारे प्रधानमन्त्री कार्यालयलाई पूर्वजानकारी नभएको बताएकी छन्।

उनले भनिन्, ‘पत्रकार पक्राउ परेको सम्बन्धमा प्रधानमन्त्रीज्यूको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालय संलग्न छैन। यसबारे कुनै पनि जानकारी हामीलाई प्राप्त भएको थिएन।’

घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्री शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएको दाहालले बताएकी छन्।त्यस्तै, सरकारका एक मन्त्रीले समेत पत्रकार पक्राउको विषयमा सरकारलाई जानकारी नभएको र प्रहरीतर्फबाटै गतिविधि भएको देखिएको प्रतिक्रिया दिएका छन्।

शुक्रबार प्रहरीले नेपाल प्रेसका विश्वमणि सुवेदी, डीएनए खबरका धिरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई नियन्त्रणमा लिएको थियो।

पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी प्रवेश गरेको घटनाप्रति राजनीतिक दल, पत्रकार तथा विभिन्न संघसंस्थाले आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको संरक्षण गर्न सरकारसँग माग गरेका छन्।

Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

फ्रान्सेली राष्ट्रपति पदका उम्मेदवार मेलँसों महँगीविरुद्धको प्रदर्शनमा सहभागी
फ्रान्समा बढ्दो महँगीको विरोधमा लगातार तेस्रो सप्ताहान्त पनि प्रदर्शन भएको छ । सन् २०२७ मा हुने राष्ट्रपति निर्वाचनका उम्मेदवार तथा वामपन्थी नेता जाँ–लुक मेलँसों शनिबार पेरिसमा आयोजित प्रदर्शनमा सहभागी भएका छन् । फ्रान्सेली समाचार संस्था फ्रान्स २४ का अनुसार शनिबारको प्रदर्शनमा करिब १५ हजार मानिस सहभागी भएका थिए । मेलँसों गत अक्टोबर २४ मा भएको प्रदर्शनमा पनि सहभागी भएका थिए । फ्रान्सको ...

आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोगमा शुल्क लाग्ने
१५ कात्तिक, काठमाडौं । आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (शुल्क) उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सुरुङ मार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्गअनुसार शुल्क लिने जानकारी गराएको हो । सडक बोर्ड नेपालको कार्यकारी समितिको १२ असोजको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा… ...

कांग्रेस देउवा समूहको सल्यान सभापतिमा दीपकजंग चन्द
१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको सल्यान जिल्ला सभपातिमा दीपकजंग चन्द सर्वसम्मत चयन भएका छन् । सल्यानको श्रीनगरमा सम्पन्न १५औँ जिल्ला अधिवेशनबाट चन्द जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट उपसभापतिमा यज्ञविक्रम शाह, सचिवमा राजेशकुमार रेग्मी र सहसचिवमा गोपाल चन्द चयन भएका छन् । अधिवेशनले महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि तथा जिल्लाका… ...

कांग्रेस सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष बैठक आह्वान गरेका छन् । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा मुख्य पदाधिकारीहरुको बैठक बस्न लागेको हो । बैठकमा सरकारको पछिल्ला गतिविधि, पत्रकार र सञ्चारगृमाथिको धरपकडलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले समसायिक विषय र पछिल्ला घटनाक्रमबारे सरकारको ध्यानाकर्षण गराउने तयारी समेत गरेको छ । बैठकमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, ...