पत्रकार पक्राउ प्रकरणमा गृहमन्त्रालयविरुद्ध खनिए कांग्रेस नेता सचिन तिमल्सेना, भने अल्गोरिदमले पालेको अराजकताले हद नाघ्यो

काठमाडौं । नेपाली कांग्रेसका नेता सचिन तिमल्सेनाले पत्रकार पक्राउ प्रकरणलाई लिएर गृहमन्त्रालय र सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले प्रहरीको गतिविधिप्रति गृहमन्त्री नै जिम्मेवार हुनुपर्ने बताएका हुन्।
शुक्रबार काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेर पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा अन्य पत्रकारको खोजी गरेको समाचार सार्वजनिक भएपछि तिमल्सेनाले सरकारको आलोचना गरेका हुन्।

उनले प्रहरी गृहमन्त्रालयअन्तर्गत रहने भएकाले पत्रकार पक्राउको विषयमा गृहमन्त्रीले जिम्मेवारी लिनुपर्ने धारणा व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘प्रहरी गृहमन्त्रालयअन्तर्गत आउने होइन? हो भने पक्राउको जिम्मेवार गृहमन्त्री हो। हामीलाई कसले पक्राउ गर्न लगायो थाहा छैन भन्ने प्रधानमन्त्रीले पहिले गृहमन्त्रीलाई केरकार गरून्।’

तिमल्सेनाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालको प्रभाव र पछिल्लो राजनीतिक गतिविधिमाथि समेत कटाक्ष गरेका छन्।

उनले थप लेखेका छन्, ‘Algorithm ले पालेको यो अराजकताले हद नाघ्यो!’उनको अभिव्यक्तिले पत्रकार पक्राउ प्रकरणमा सरकार र गृहमन्त्रालयको जवाफदेहिताको प्रश्न उठाएको छ। प्रहरी परिचालन तथा पत्रकारलाई नियन्त्रणमा लिने निर्णय कसको निर्देशनमा भएको हो भन्ने विषय स्पष्ट हुनुपर्ने उनको आशय छ।

शुक्रबार नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका प्रधान सम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधान सम्पादक शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको विवरण सार्वजनिक भएको थियो। सुवेदी भने केही घण्टापछि रिहा भएका छन्।

यसैबीच विभिन्न पत्रकार संगठन तथा राजनीतिक दलका नेताहरूले पत्रकार पक्राउ र सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरेको घटनाप्रति आपत्ति जनाएका छन्।

पत्रकार पक्राउको कानुनी आधार र प्रहरीको गतिविधिबारे स्पष्ट जानकारी सार्वजनिक हुनुपर्ने माग उठिरहेका बेला कांग्रेस नेता तिमल्सेनाले प्रधानमन्त्रीलाई नै गृहमन्त्रीसँग जवाफ माग्न सुझाव दिएका हुन्।

तिमल्सेनाको अभिव्यक्तिप्रति गृहमन्त्रालय वा सरकारको औपचारिक प्रतिक्रिया भने प्राप्त भएको छैन।

Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

प्रभु बैंकको नाफा ८.१० प्रतिशतले बढ्यो, खराब कर्जा १४.८० प्रतिशत पुग्यो
काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको तुलनामा नाफा बढाएको छ । तर, बैंकको निष्क्रिय कर्जा भने उल्लेख्य रूपमा बढेको छ। यसले बैंकको वित्तीय अवस्थामाथि चुनौती थपिएको देखाएको छ । बैंकले साउनदेखि असोज मसान्तसम्म ६० करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ५५ […] ...

ट्रम्पको महत्त्वाकाङ्क्षी परियोजना ‘ट्रायम्फल आर्च’ को निर्माण कार्य रोक्न मुद्दा दर्ता
१५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्त्वाकाङ्क्षी परियोजना 'विजय तोरण' (ट्रायम्फल आर्च) को निर्माण कार्य सुरु हुनै लाग्दा यसलाई रोक्न वासिङ्टन डिसी र भर्जिनिया राज्यले अदालतमा संयुक्त रूपमा मुद्दा दर्ता गरेका छन्। डिसीस्थित सङ्घीय अदालतमा शनिबार दर्ता गरिएको निवेदनमा यो संरचना कानुनी मापदण्डविपरीत अत्यधिक अग्लो भएको र यसको निर्माणले वर्षौँसम्म सवारी आवागमन अस्तव्यस्त… ...

बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते
बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ। आज बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ। प्रत्येक भट्टीको क्षमता २५ टन रहेको बताइएको छ। आगलागीमा परी घाइते ...

स्याङ्जामा ३ महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
१५ कात्तिक, स्याङ्जा । स्याङ्जामा चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर्दा २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । गत साउनदेखि असोजसम्म जिल्लामा विभिन्न प्रकारका तीन हजार १८ वटा सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका अनुसार कारबाहीमा परेका सवारीसाधनबाट कुल २८… ...