Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

पत्रकार पक्राउबारे सरकारको स्पष्टीकरण- हामीले कुनै निर्देशन दिएका थिएनौँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
पत्रकार पक्राउबारे सरकारको स्पष्टीकरण- हामीले कुनै निर्देशन दिएका थिएनौँ
Photo / Coverage: पर्दाफास

सरकारले पत्रकारहरूमाथि भएको धरपकडमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पत्रकारमाथिको धरपकडबारे प्रहरीले सरकारसँग अनुमति नलिएको र सरकारले कुनै निर्देशनसमेत नदिएको बताए ।

उनका अनुसार प्रहरीका केही आन्तरिक सूचना चुहावट भएको र त्यसबारे बुझ्न प्रहरीले सोधपुछ गरेको सरकारको बुझाइ छ । प्रधानमन्त्रीले आईजीपीको राजीनामा मागेको वा सरकारले कारबाही गर्न लागेको भन्ने भ्रामक सूचना कहाँबाट आयो भन्ने विषयमा प्रहरीले तथ्य बुझ्न खोजेको उनले बताए ।

‘पत्रकारहरू पक्राउको विषयमा सरकारको बुझाइ के छ भने प्रहरीका कतिपय आन्तरिक सूचनाहरू चुहावट भएको, उदाहरणका लागि प्रधानमन्त्रीले आईजीपीको राजीनामा माग्यो वा सरकारले कारबाही गर्न लागेको भनी हुँदै नभएका भ्रामक सूचनाहरू कहाँबाट आए ? तथ्यसमेत जाँच नगरी कसरी भयो भनेर प्रहरीले बुझ्नका लागि, सल्लाह गर्नका लागि भएको प्रहरीको आन्तरिक कुरा मात्र हो,’ उनले भने ।

उनले उक्त कार्य सरकारको पूर्ण अनुमतिमा नभएको र यसबारे सरकार तथा प्रधानमन्त्रीलाई जानकारीसमेत नभएको स्पष्ट पारे । केही संवेदनशील सूचना चुहावट भएको कारण प्रहरीले आफ्नो आन्तरिक कामअन्तर्गत सोधपुछ गरेको उनको भनाइ थियो ।

पत्रकारहरू पक्राउ परेको खबर प्राप्त हुनासाथ प्रधानमन्त्री बालेन्द्र साहले उनीहरूलाई नियन्त्रणमा नराख्न र नियन्त्रणमा रहेकालाई तुरुन्त रिहा गर्न निर्देशन दिएको पनि पोखरेलले बताए ।

‘जानकारी आउनेबित्तिकै प्रधानमन्त्रीज्यूले कोही पनि पत्रकारलाई नियन्त्रणमा नलिनु र नियन्त्रणमा हुनुहुन्छ भने तुरुन्त रिहा गर्नु भनेर निर्देशन दिनुभएको थियो,’ उनले भने ।

उनले घटनाबारे थप कारबाही प्रक्रिया आवश्यकताअनुसार गृह मन्त्रालयमार्फत अघि बढाइने पनि बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : निवृत्तिभरण कोषदेखि खानेपानी विधेयकसम्म
OthersJust now

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : निवृत्तिभरण कोषदेखि खानेपानी विधेयकसम्म

कर्णाली प्रदेश सरकारले योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले पाँचवटा महत्वपूर्ण प्रस्तावमा निर्णय गरेको हो । बैठकले योगदानमा आधारित निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) सम्बन्धी विधेयक, २०८३ प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यो प्रस्ताव आर्थिक मामिला तथा योजना मन्त्रालयले पेस गरेको थियो ...

पर्दाफास
जिल्ला अस्पताल बझाङमा कार्यरत कर्मचारीहरु आन्दोलित
OthersJust now

जिल्ला अस्पताल बझाङमा कार्यरत कर्मचारीहरु आन्दोलित

जिल्ला अस्पताल बझाङमा कार्यरत सेवा करारका कर्मचारीहरुले आफ्ना विभिन्न आठ बुँदे माग राखेर जिल्ला प्रशासन कार्यालय बझाङ तथा अस्पताल प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले समान कामको समान ज्याला तथासरकारले वृद्धि गरेको तलव उपलव्ध हुनुपर्ने, महगी भत्ता उपलव्ध हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने, चाडवाड खर्च पाउनुपर्ने, प्रदेश सरकारले सेवा सुविधा तथा रोजगारको ग्यारेण्टीलगायतका माग राखेर प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ ...

पर्दाफास
न्यायपालिकामाथि स्वार्थप्रेरित प्रहार अस्वीकार्य, राष्ट्रिय संस्था कमजोर हुँदा राज्यशक्ति खुम्चिन्छ : नैनसिंह महर
OthersJust now

न्यायपालिकामाथि स्वार्थप्रेरित प्रहार अस्वीकार्य, राष्ट्रिय संस्था कमजोर हुँदा राज्यशक्ति खुम्चिन्छ : नैनसिंह महर

नेपाली कांग्रेसका नेता नैनसिंह महरले न्यायपालिकासहित राज्यका प्रमुख अङ्गहरूको स्वतन्त्रता र विश्वसनीयतामाथि आँच आउन नहुने बताएका छन् । राष्ट्रिय संस्थाहरू कमजोर बन्दै जाँदा समग्र राज्यशक्ति पतनको जोखिम रहने उल्लेख गर्दै उनले संस्थागत सुदृढीकरणमा जोड दिएका छन् । पछिल्ला दिनहरूमा न्यायपालिका तथा राज्यका अन्य निकायहरू ‘सेटिङ’ र विवादमा मुछिएको विषय बाहिर आएपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता महरले यस्ता गतिविधिले गम्भीर ...

पर्दाफास
रौतहटमा तीनवटा खुट्टा भएकी बालिकाको जन्म
OthersJust now

रौतहटमा तीनवटा खुट्टा भएकी बालिकाको जन्म

रौतहटमा तीनवटा खुट्टा भएकी नवजात बालिकाको जन्म भएपछि स्थानीय क्षेत्रमा कौतूहल र चासो बढेको छ । राजपुर नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र फरहदवामा सोमबार बिहान असामान्य शारीरिक बनावट भएकी ती बालिकाको जन्म भएको हो । गुजरा नगरपालिका–८ कनकपुर निवासी २८ वर्षीया नुसिदा खातुनले सोमबार बिहान करिब ५ बजे सामान्य प्रसूतिमार्फत बालिकालाई जन्म दिएकी स्वास्थ्य केन्द्रले जनाएको छ । प्रसूति भएकी नुसिदा राजपुर ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play