Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : निवृत्तिभरण कोषदेखि खानेपानी विधेयकसम्म

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : निवृत्तिभरण कोषदेखि खानेपानी विधेयकसम्म
Photo / Coverage: पर्दाफास

कर्णाली प्रदेश सरकारले योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले पाँचवटा महत्वपूर्ण प्रस्तावमा निर्णय गरेको हो । बैठकले योगदानमा आधारित निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) सम्बन्धी विधेयक, २०८३ प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यो प्रस्ताव आर्थिक मामिला तथा योजना मन्त्रालयले पेस गरेको थियो । त्यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रस्तावमा बिउबिजन परीक्षण तथा गुणस्तर नियमन केन्द्र र बिउबिजन परीक्षण प्रयोगशालाको कार्य गर्ने निकाय तोक्ने निर्णय भएको छ । मन्त्रिपरिषद् बैठकले कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रणका लागि तयार गरिएको ‘कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) सम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेको छ । सामाजिक विकास मन्त्रालयकै प्रस्तावमा ‘कर्णाली प्रदेश लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि, २०८३’ समेत स्वीकृत गर्ने निर्णय भएको छ । त्यसैगरी, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले पेस गरेको ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभासमक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ । आजको मन्त्रिपरिषद् बैठकका निर्णयले प्रदेशमा निवृत्तिभरण व्यवस्थापन, बिउबिजनको गुणस्तर नियमन, कार्यस्थलमा हुने दुर्व्यवहार नियन्त्रण, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र खानेपानी तथा सरसफाइसम्बन्धी कानुनी व्यवस्थालाई अघि बढाउने बाटो खोलेको सरकारका प्रवक्ता कल्याणी खडकाले बताइन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोपमा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दा सशक्त रूपमा उठाउँछौं : मन्त्री चौधरी
OthersJust now

कोपमा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दा सशक्त रूपमा उठाउँछौं : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छन् । ...

अनलाइन खबर
कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता
OthersJust now

कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच आज शिष्टाचार भेटवार्ता भएको छ । ...

अनलाइन खबर
एनपीएल : पोखरालाई हराएर लुम्बिनी पहिलो स्थानमा
OthersJust now

एनपीएल : पोखरालाई हराएर लुम्बिनी पहिलो स्थानमा

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएर शिर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा ५ अंक जोड्दै लुम्बिनी शिर्ष स्थानमा पुगेको हो । पोखराको भने यो ह्याट्रिक हारसहित पुछारमा छ । जितका लागि पाएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । जसमा कप्तान रोहित पौडेलले ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play