Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

रौतहटमा तीनवटा खुट्टा भएकी बालिकाको जन्म

Share:WhatsAppFacebookX (Twitter)Telegram
रौतहटमा तीनवटा खुट्टा भएकी बालिकाको जन्म
Photo / Coverage: पर्दाफास

रौतहटमा तीनवटा खुट्टा भएकी नवजात बालिकाको जन्म भएपछि स्थानीय क्षेत्रमा कौतूहल र चासो बढेको छ । राजपुर नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र फरहदवामा सोमबार बिहान असामान्य शारीरिक बनावट भएकी ती बालिकाको जन्म भएको हो । गुजरा नगरपालिका–८ कनकपुर निवासी २८ वर्षीया नुसिदा खातुनले सोमबार बिहान करिब ५ बजे सामान्य प्रसूतिमार्फत बालिकालाई जन्म दिएकी स्वास्थ्य केन्द्रले जनाएको छ । प्रसूति भएकी नुसिदा राजपुर नगरपालिका–३ डमार चोकका सेख मोसाफिरकी छोरी हुन । प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख स्वास्थ्यकर्मी रामेश्वर मिश्रका अनुसार नवजात बालिकाको तौल तीन किलोग्राम रहेको छ । जन्मलगत्तै गरिएको प्रारम्भिक स्वास्थ्य परीक्षणमा बालिकाको स्वास्थ्य अवस्था भने सामान्य पाइएको प्रमुख मिश्रले जानकारी दिए । बालिकाको शरीरमा दुईवटा सामान्य खुट्टासँगै देब्रे खुट्टाको झागमा अर्को अतिरिक्त खुट्टासमेत जोडिएको छ । अतिरित्त खुट्टा अन्य दुई खुट्टाको तुलनामा केही पातलो भए पनि त्यसमा नङसमेत स्पष्ट देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । बालिकाको असामान्य शारीरिक अवस्थालाई मध्यनजर गर्दै थप परीक्षण तथा आवश्यक उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लैजान चिकित्सकहरूले सुझाव दिएका थिए। स्वास्थ्यकर्मी आजाद हुसैनका अनुसार चिकित्सकको सल्लाहबमोजिम थप उपचारका लागि पठाउने तयारी गरिए पनि परिवारका सदस्यहरूले आपसी सल्लाहपछि बालिकालाई स्वास्थ्य केन्द्रबाट घर लगेका छन् । यसैबीच, घटनाबारे जानकारी पाएपछि राजपुर नगरपालिकाका नगरप्रमुख डा. राजीक आलमले जटिल शारीरिक अवस्था भएकी शिशुको जन्मपछि स्वास्थ्यकर्मी तथा प्रसूति सेवामा संलग्न कर्मचारीहरूले देखाएको तत्परता र सेवाभावको प्रशंसा गरेका छन । उनले नवजात बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्यकर्मीहरूको जिम्मेवारीफ्रति सम्मान व्यक्त गरे । बालिकाको शरीरमा अतिरित्त खुट्टा जोडिनुको मुख्य कारण, त्यसको प्रकृति र शल्यक्रियामार्फत हटाउन सकिने सम्भावनाबारे भने विस्तृत चिकित्सकीय परीक्षण तथा विशेषज्ञको परामर्शपछि मात्रै यकिन हुने चिकित्सकहरूले बताएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोपमा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दा सशक्त रूपमा उठाउँछौं : मन्त्री चौधरी
OthersJust now

कोपमा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दा सशक्त रूपमा उठाउँछौं : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छन् । ...

अनलाइन खबर
कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता
OthersJust now

कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच आज शिष्टाचार भेटवार्ता भएको छ । ...

अनलाइन खबर
एनपीएल : पोखरालाई हराएर लुम्बिनी पहिलो स्थानमा
OthersJust now

एनपीएल : पोखरालाई हराएर लुम्बिनी पहिलो स्थानमा

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएर शिर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा ५ अंक जोड्दै लुम्बिनी शिर्ष स्थानमा पुगेको हो । पोखराको भने यो ह्याट्रिक हारसहित पुछारमा छ । जितका लागि पाएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । जसमा कप्तान रोहित पौडेलले ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play