पछिल्लो २४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब रु २४ लाख १५ हजार बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ६ गते बिहान १० बजेदेखि आज आजसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्ने, पहिरो तथा जनावरको आक्रमणलगायत विपद्का घटना भएका हुन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सप्तरी, धादिङ, गोरखा, कञ्चनपुर र डडेल्धुरामा सर्पदंशका घटना भएका छन् । यस्तै, मोरङ, सुनसरी, बारा, नवलपरासी पूर्व, दाङ, सल्यान, कैलाली र डडेल्धुरामा आगलागीका घटना भएका छन् । त्यसैगरी, मनाङ र डोल्पामा लेक लाग्ने, म्याग्दीमा पहिरो तथा कास्की र कैलालीमा जनावरको आक्रमणका घटना भएका छन् । विभिन्न जिल्लामा भएका यी विपद्का घटनाबाट आठ जना घाइते भएका छन् । घटनामा मानवीय क्षति नभए पनि भौतिक सम्पत्तिमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । विपद्मा परी घाइते भएकामध्ये केहीको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि जिल्ला बाहिरका अस्पतालमा लगिएको छ । घटनाबाट भएको क्षतिको विवरण सङ्कलन तथा प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकाय सक्रिय रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गर्न र आधिकारिक सूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । विपद्का समयमा सतर्कता अपनाउनुका साथै जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नसके सम्भावित जनधनको क्षति कम गर्न सकिने प्राधिकरणको सुझाव छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

फ्रान्समा सरकारविरुद्ध प्रदर्शन, १३५ जना पक्राउ
काठमाडौं। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको नीति, बढ्दो महँगी र आर्थिक असमानताको विरोध गर्दै शनिबार देशभरका सयभन्दा बढी स्थानमा दशौँ हजार नागरिक सडकमा उत्रिएका छन्। गत साता भएका हिंसात्मक घटनापछि सरकारले सुरक्षा व्यवस्था कडा पारे पनि प्रदर्शन रोकिएको छैन। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजका अनुसार देशभरबाट अशान्ति मच्चाएको आरोपमा १३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार दिउँसोसम्म करिब ३५ हजार मानिस प्रदर्शनमा सहभागी ...

यू–१९ एसिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
आगामी यू–१९ एसिया कपलाई लक्षित गर्दै नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । प्रतियोगिताको तयारीस्वरूप नेपाली युवा टोलीको बन्द प्रशिक्षण आइतबारदेखि पोखरामा सञ्चालन हुनेछ । प्रशिक्षणका क्रममा खेलाडीको प्रदर्शन र क्षमताका आधारमा अन्तिम टोली छनोट गरिने क्यानले जनाएको छ । नेपालको प्रारम्भिक टोलीमा नितेश पटेल, चन्दन राम, वंश ...

पेन्सनको सुनिश्चितताको माग गर्दै मड्रिडमा दुई लाख ५० हजार व्यक्तिद्वारा प्रदर्शन
शनिबार स्पेनी सहर मड्रिडको मध्यभागमा करिब दुई लाख ५० हजार मानिसले स्पेनको राज्यद्वारा दिने गरेको पेन्सन प्रणालीको सुरक्षाको माग गर्दै प्रदर्शन गरेका छन्। स्पेनमा अर्को महिना हुने संसदीय निर्वाचनको एक प्रमुख मुद्दा यही हो। यो प्रदर्शन स्पेनको पेन्सन प्रणालीको दिगोपन र जीवनयापन खर्चबारे राजनीतिक विवाद चलिरहेका बेला भएको हो। समाजवादी प्रधानमन्त्री पेद्रो सान्चेजले दक्षिणप... ...

१० करोड क्लबमा शान्तिश्रीको गोर्खे खुकुरी
काठमाडौँ। चर्चित गायिका शान्तिश्री परियार र गायक निश्चल दवाडीको स्वरमा रहेको चर्चित गीत 'गोर्खे खुकुरी'ले युट्युबमा १० करोड भ्युज पार गरेको छ। दर्शक तथा श्रोताको अपार माया पाउँदा यो गीत १०... ...


