पछिल्लो २४ घण्टामा काभ्रेको रोसीमा सबैभन्दा धेरै वर्षा

पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोक जिल्लाको रोसी मौसम मापन केन्द्रमा सबैभन्दा धेरै वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहान ६ः४२ बजेसम्म रोसीमा ३३ मिलिमिटर वर्षा मापन भएको हो । विभागका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती र मधेस प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ । त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा मापन भएको विभागले जनाएको छ । वर्षाका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
१३ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–५ बस्ने जुम्ला घर भएका ३६ वर्षीय बिरेन्द्र शाही छन् । उनले रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट १८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको… ...

सोलुखुम्बुको होटल गुडलकमा आगलागी
दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख तथा डीएसपी नवीनराजा बुढाथोकीले जानकारी दिए । ...

२ अर्ब बढीको क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ
पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका–१२ घर भएका २८ वर्षीय सुनिलकुमार यादव छन् । ...



