नोबेल विजेता नेत्री माचादो निर्वासनपछि भेनेजुएला फर्किइन्

काठमाडौं । भेनेजुएलाकी प्रमुख विपक्षी नेत्री तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचादो १० महिनाभन्दा लामो निर्वासनपछि स्वदेश फर्किएकी छन् । “म यहाँ छु, तपाईंहरूसँगै,” माचादोले आइतबार बिहान सामाजिक सञ्जाल एक्समार्फत आफ्नो स्वदेश फिर्ती घोषणा गरेकी हुन् । विपक्षी नेताहरूले पनि उनको फिर्ती पुष्टि गरेका छन् । निर्वासनमा रहेका पूर्वराष्ट्रपति उमेदवार एडमुन्डो गोन्जालेज उरुटियाले उनको फिर्तीलाई स्वागत गर्दै यसलाई भेनेजुएलाको सार्वभौम आवाज र राजनीतिक प्रक्रियाका लागि महत्त्वपूर्ण दिन बताएका छन् । उनले आफू पनि छिट्टै स्वदेश फर्किने बताएका छन् । विपक्षी दलहरूले लारा राज्यस्थित सान्टा रोसा चर्चमा समर्थकहरूले माचादोलाई स्वागत गरिरहेको तस्बिर सार्वजनिक गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माचादोको स्वदेश फिर्तीबारे आफूलाई जानकारी नभएको बताएका छन् । माचादो गत डिसेम्बरमा नोबेल शान्ति पुरस्कार ग्रहण गर्न नर्वे गएकी थिइन् । त्यसपछि उनी निर्वासनमा थिइन् । माचादोले देश छाडेको एक महिनापछि अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सत्ताच्युत गरेको थियो । त्यसयता अमेरिकाले भेनेजुएलाको कार्यवाहक सरकारसँग मिलेर लोकतान्त्रिक संक्रमण र राजनीतिक मेलमिलापको प्रक्रिया अघि बढाइरहेको छ । यस प्रक्रियामा विपक्षीका केही वरिष्ठ नेता सहभागी भए पनि माचादो र गोन्जालेज उरुटियालाई समावेश गरिएको थिएन । विपक्षी गठबन्धनसँगको वार्ताको नेतृत्व गरिरहेकी दिनोरा फिगुएराले माचादोको स्वदेश फिर्तीलाई मादुरो सत्ताच्युत भएपछि अघि बढेको राजनीतिक मेलमिलाप प्रक्रियाको परिणामका रूपमा व्याख्या गरेकी छन् । सीएनएन
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

बर्दियामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
बर्दिया । आफ्नै बुबाको हत्या गरेको आरोपमा बर्दियामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजापुर नगरपालिका-३ सेन्द्राका राजेन्द्र थारू रहेका छन् । प्रहरीकाअनुसार राजेन्द्रले आफ्ना ५० वर्षीय बुबा कालु राम थारूलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार राति पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका ...

टिकुलियाघाट पुल निर्माण अन्तिम चरणमा
प्रवीणकुमार शर्मा चन्द्रपुर (रौतहट), कात्तिक ९ गते । रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन टिकुलियाघाट पुलको काम अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक बर्षमा बजेट बिनियोजन भएपछि पूल न... ...

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच
अर्घाखाँची । हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै भाइ हो’ भन्ने उत्साहपूर्ण आवाज । दसैँको उल्लाससँगै अर्घाखाँचीका शक्ति पीठ तथा भगवती मन्दिरहरूमा देखिने यो दृश्य जिल्लाको मौलिक... ...

एनपीएलले क्रिकेटलाई नयाँ उचाइमा पुर्याओस्: पूर्वप्रधानमन्त्री कार्की
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्‍याओस् भन्ने कामना गरेकी छन्। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा सोमबार सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै कार्कीले एनपीएल युवाहरूको प्रतिभा र देशको सामूहिक आत्मविश्वासको सुन्दर प्रतिविम्ब भएको पनि बताएकी छन्। ‘नेपाली क्रिकेटप्रतिको जनउ... ...


