नेप्से परिसूचक ३३ दशमलव २९ अंकले बढ्यो

काठमाडौं।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३३ दशमलव २९ अंकले बढेर दुई हजार ६६४ दशमलव ०६ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३२ अंकले बढेर ४८१ दशमलव ७९ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक दुई दशमलव ६२ अंकले बढेर १८४ दशमलव ७३ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव ३९ अंकले बढेर १६३ दशमलव ०९ मा पुगेको छ। विभिन्न कम्पनीका आज एक करोड ९३ लाख ९७ हजार ५४८ कित्ता शेयर सात अर्ब ४५ करोड ८६ लाख ७७ हजार ३६८ मूल्यमा खरिद बिक्री भएको छन्। १३ उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घटेको छ। आज २४१ कम्पनीको शेयर बढ्यो भने ३५ कम्पनीको शेयर घट्यो। त्यसैगरी तीन कम्पनीको शेयर स्थिर रह्यो। नेप्सेका अनुसार बेनी हाइड्रोपावर, बुटबल पावर कम्पनी, सुपर खुदी हाइड्रोपावरलगायतका लगानीकर्ताले कमाएका छन्। त्यसैगरी प्राइम डिबेञ्चर, गरिमा समृद्धि योजना, सिर्जनशील लघुवित्त वित्तीय संस्थालगायतका लगानीकर्ताले गुमाएका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

त्रिशूली–बेत्रावती सडक भासियो, यातायात ठप्प
लगातार वर्षाले खसेको पहिरोका कारण नुवाकोटको त्रिशूली–बेत्रावती सडक अवरुद्ध भएको छ। बेत्रावतीस्थित अगिटार क्षेत्रमा पहिरोले सडकको ठुलो भाग नदी किनारतर्फ भासिएपछि यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको हो। लगातार झरीका कारण जमिन कमजोर बनेपछि सडकको ठुलो हिस्सा भासिएर नदीतर्फ खसेको छ। सडक नै भासिएपछि उक्त खण्डमा सवारीसाधन आवतजावत गर्न नसक्ने अ... ...

प्रतिदान (कविता)
घोकेर सिक्न सकिने गणितको सहज सूत्र होइन यो प्रेम ।रुखले प्राणवायु दिए झैँ आमाले नित्य छर्नुभयो मभित्र प्रेमको किरणर, प्रतिदानमा मैले संसारलाई प्रेम गरिरहेँ ।टप्प टिप्न सकिनेबाटोमुन... ...

मस्तिष्कघातमा ढिलाइको मूल्य
बोल्दाबोल्दै अचानक बोली लरबराउन थाल्यो। हिँड्दाहिँड्दै शरीरको एक भाग कमजोर भयो। अनुहार एकातिर बाङ्गियो वा आँखाको दृष्टि धमिलो भयो। यस्तो अवस्थामा सामान्य कमजोरी होला भनेर बेवास्ता गर्दा मानिसको जीवन नै जोखिममा पर्न सक्छ। किनकि यी मस्तिष्कघात अर्थात् ‘स्ट्रोक’ का संकेत हुन सक्छन्। मस्तिष्कघातले केही मिनेटअघिसम्म सामान्य अवस्थामा रहेको मानिसको जीवन अचानक बदल्न सक्छ। उपचारमा भएको ढिलाइले मस्तिष्कमा स्थायी क्षति पुग्न सक्छ। ...

माटोको सुवास (कविता)
आमाले कोदो रोप्दारोप्दैआमाको न्यानो गर्भले रमाना दिएपछिहाजिर भएकी हुँ यस सुन्दर धर्तीमास्पर्श गर्न पाएकी हुँ माटोको स्वाद !माटोसँगै बसेको हो पहिलो प्रेममाटोमै लागेको हो जीवनको सुन्... ...


