नेप्सेमा आज सामन्य वृद्धि भएको छ । आज बुधबार नेप्से १.४० अंकले बढेर २६६५.५३ विन्दुमा पुगेर रोकिएको छ । आज ३५८ कम्पनिका २ करोड १२ लाख २३ हजार ४१४ कित्ता शेयर ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार ४९ मा कारोबार भएको थियो । आज जीवन बीमा, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी नेपाल रिइन्सुरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने हिमालयन रिइन्सुरेन्सको शेयरमा ११.४८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सिभिल बैंक डिभेन्चरको शेयर ६.३४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी स्वेत गंगा हाइड्रोको ८५ करोड ८४ लाख बराबरको कारोबार भएको छ भने घोराही सिमेन्टको ५१ करोड २४ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेमा सामान्य वृद्धि, ७ अर्ब ४३ करोडको कारोबार

Read Complete Original Article
Published originally on पर्दाफास






