काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल ल्युब आयल लिमिटेडको १ लाख ४५ हजारभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको कुल १ लाख ४५ हजार ७२५.३६ कित्ता बोनस शेयर सूचीकृत भएको हो। कम्पनीले अघिल्लो आर्थिक वर्षमा आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो। सोहीअनुसार वितरण गरिएको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।
नेप्सेमा नेपाल ल्युब आयलको १ लाख ४५ हजार कित्ता बोनस शेयर सूचीकृत

Read Complete Original Article
Published originally on अनलाइनपाना






