Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/🇳🇵Others/नेपा एपमा थपिए नेपाली ओसीआरदेखि अस्पतालको खाली बेड खोज्नेसम्मका सुविधा

नेपा एपमा थपिए नेपाली ओसीआरदेखि अस्पतालको खाली बेड खोज्नेसम्मका सुविधा

11/1/2026, 12:54:32 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपा एपमा थपिए नेपाली ओसीआरदेखि अस्पतालको खाली बेड खोज्नेसम्मका सुविधा

नेपाली प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको नेपा एपको नयाँ अपडेटमा दैनिक जीवनसँग सम्बन्धित विभिन्न डिजिटल सेवा तथा उपयोगी टुल्स थपिएका छन् । नयाँ अपडेटमा फोटोबाट नेपाली टेक्स्ट निकाल्न सकिने ओसीआर, पानी पिउन सम्झाउने वाटर रिमाइन्डर, जिल्लागत मौसम, तरकारी तथा इन्धनको मूल्य, अस्पतालमा उपलब्ध खाली बेड र ब्लड बैंकको जानकारीलगायत सुविधा समेटिएका छन् । नयाँ अपडेटमा विशेषगरी नेपाली भाषामा डिजिटल काम गर्न सहज बनाउने ओसीआर र स्वास्थ्य तथा दैनिक जीवनसँग सम्बन्धित वाटर रिमाइन्डरलाई प्राथमिकता दिइएको छ । नयाँ अपडेटको प्रमुख सुविधामध्ये ओसीआर एक हो । यसमार्फत फोटो वा तस्बिरमा रहेका नेपाली अक्षर तथा शब्दलाई डिजिटल टेक्स्टमा रूपान्तरण गर्न सकिन्छ । किताब, पत्रपत्रिका, सूचना वा अन्य कागजातको फोटो खिचेर त्यसमा भएको नेपाली सामग्रीलाई पुनः टाइप नगरी डिजिटल रूपमा प्रयोग गर्न सकिनेछ । विद्यार्थी, शिक्षक, पत्रकार, कार्यालयमा काम गर्ने व्यक्ति तथा नेपाली भाषाका सामग्रीसँग नियमित रूपमा काम गर्ने प्रयोगकर्ताका लागि यो सुविधा उपयोगी हुन सक्छ । पानी पिउन सम्झाउने वाटर रिमाइन्डर नयाँ अपडेटमा वाटर रिमाइन्डर पनि थपिएको छ । दैनिक व्यस्तताका कारण समयमै पानी पिउन बिर्सने प्रयोगकर्तालाई यसले निर्धारित समयमा पानी पिउन सम्झाउनेछ । प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार रिमाइन्डर सेट गर्न सक्नेछन् । वल्र्ड क्लक र बीएमआई क्याल्कुलेटर एपमा वल्र्ड क्लक र बीएमआई क्याल्कुलेटर पनि समावेश गरिएका छन् । वल्र्ड क्लकमार्फत विभिन्न देश तथा सहरको स्थानीय समय हेर्न सकिन्छ । विदेशमा रहेका आफन्तसँग सम्पर्क गर्ने तथा अन्तर्राष्ट्रिय कामका लागि समय व्यवस्थापन गर्नुपर्ने प्रयोगकर्तालाई यसले सहयोग गर्नेछ । त्यस्तै, बीएमआई क्याल्कुलेटरले उचाइ र तौलका आधारमा शरीरको बडी मास इन्डेक्स गणना गर्न मद्दत गर्छ। अस्पतालको खाली बेड र ब्लड बैंकको जानकारी स्वास्थ्य सेवासँग सम्बन्धित जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले एपमा अस्पतालमा उपलब्ध खाली बेडको सूची र अस्पतालअनुसार ब्लड बैंकको विवरण पनि थपिएको छ । आवश्यक परेको समयमा अस्पतालमा बेडको उपलब्धता तथा ब्लड बैंकसम्बन्धी जानकारी खोज्न यी सुविधा उपयोगी हुन सक्छन् । लोकसेवा र टेन्डरका सूचना सरकारी सूचना तथा अवसरमा चासो राख्ने प्रयोगकर्ताका लागि लोकसेवा आयोग र टेन्डरसम्बन्धी सूचना पनि एपमा समावेश गरिएको छ । यसले लोकसेवा तयारी गरिरहेका विद्यार्थी, सरकारी अवसर खोजिरहेका व्यक्ति तथा टेन्डरसम्बन्धी जानकारी आवश्यक पर्ने व्यवसायीलाई एउटै माध्यमबाट सूचना प्राप्त गर्न सहज बनाउनेछ । इन्धन मूल्य र ट्रिप क्याल्कुलेटर नयाँ अपडेटमा पेट्रोल तथा डिजेलको मूल्यसम्बन्धी जानकारीसँगै ट्रिप क्याल्कुलेटर पनि थपिएको छ । यात्राको दूरी र सवारीसाधनको इन्धन खपतका आधारमा यात्रामा लाग्न सक्ने इन्धन खर्च अनुमान गर्न सकिने यो सुविधाले व्यक्तिगत सवारीसाधन प्रयोगकर्ता तथा लामो दूरीको यात्रा योजना बनाउनेलाई सहयोग पु¥याउनेछ । तरकारीको मूल्य र जिल्लागत मौसम दैनिक बजारसँग सम्बन्धित जानकारीका लागि एपमा तरकारीको मूल्य हेर्न सकिने सुविधा थपिएको छ । त्यसैगरी जिल्लागत मौसम सुविधामार्फत विभिन्न जिल्लाको मौसमसम्बन्धी जानकारी प्राप्त गर्न सकिनेछ । नेपा एपमा यसअघि नै नेपाली पात्रो, नेपाली समाचार, जिल्लागत समाचार, नजिकका समाचार, नेपाली रेडियो, दैनिक राशिफल, सुनको मूल्य, सुनको मूल्य कन्भर्टर, विदेशी मुद्रा विनिमय दर, मुद्रा कन्भर्टर, डकुमेन्ट स्क्यानर, महिनावारी ट्र्याकर, नोट तथा रिमाइन्डर, क्यूआर कोड स्क्यानर, नेपाली मिति कन्भर्टर, युनिट कन्भर्टर, क्याल्कुलेटर, कर क्याल्कुलेटर, ईएमआई क्याल्कुलेटर, जीपीएस लोकेसन सेयरिङ र इन्टरनेट स्पिड मिटरलगायत सुविधा उपलब्ध छन् । नयाँ अपडेटसँगै एपमा दैनिक जीवनका विभिन्न आवश्यकतासँग सम्बन्धित सेवा थपिएका छन् । समाचार तथा मनोरञ्जनमा मात्र सीमित नभई सूचना, डिजिटल उपकरण र सार्वजनिक सेवासम्बन्धी जानकारी एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यले नेपा एपले आफ्ना सुविधा विस्तार गर्दै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सानो समूहले आफैंलाई राज्य ठान्दैछ : गगन थापा
OthersJust now

सानो समूहले आफैंलाई राज्य ठान्दैछ : गगन थापा

'केही सानो समूहले 'वी आर द स्टेट' भन्न थाले। शक्तिको स्वेच्छाचारी प्रयोग भयो। सरकारमा बसेका मान्छेहरूलाई आफ्नो इच्छा नै कानुन हो भन्ने लाग्न थाल्यो। यो प्रवृत्ति जस्तो देखियो। यसले हद नाघेको छ।’ ...

अनलाइन खबर
सरकारले काण्ड र प्रकरणहरूको छानबिन निष्पक्ष गर्छ भन्नेमा शंका छ : गगन थापा
OthersJust now

सरकारले काण्ड र प्रकरणहरूको छानबिन निष्पक्ष गर्छ भन्नेमा शंका छ : गगन थापा

नेपाली कांग्रेसले सरकारले विभिन्न अनुसन्धानको विषयमा निष्पक्ष गर्छ कि गर्दैन भनेर प्रश्न उठाएको छ। ...

अनलाइन खबर
रास्वपालाई गगन थापाको प्रश्न– सरकारले राम्रो गरे पार्टी, प्रश्न उठे प्रधानमन्त्री ?
OthersJust now

रास्वपालाई गगन थापाको प्रश्न– सरकारले राम्रो गरे पार्टी, प्रश्न उठे प्रधानमन्त्री ?

सभापति थापाले अगाडि भने, ‘सरकारका खराब कामको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने र सरकारका राम्रा कामको श्रेय सिंगो रास्वपाले लिने ? यसको जिम्मेवारी रास्वपाले लिने प्रश्न आउँछ कि आउँदैन ?’ ...

अनलाइन खबर
४ हजार करोड भारुमा बनेको फिल्म ‘रामायण’बारे पाँच रोचक कुरा
OthersJust now

४ हजार करोड भारुमा बनेको फिल्म ‘रामायण’बारे पाँच रोचक कुरा

‘रामायण : राइज अफ अ लेजेन्ड’ यही बिहीबारदेखि नेपालका सिनेमाघरमा पनि प्रदर्शन हुँदैछ । त्यसो त पौराणिक ग्रन्थमा आधारित फिल्म बन्न लागेको यो पहिलो पटक होइन । यद्यपि, यसपटक अलि विशेष छ । किनभने यसको बजेट र निर्माण टोलीको आकारले यो फिल्म कति भव्य होला भन्ने कल्पना गर्ने ठाउँ दिएको छ । फिल्ममा जोडिएका प्राविधिक… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play