Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

नेपाल सम्वत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो: सभामुख अर्याल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल सम्वत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो: सभामुख अर्याल
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपाल सम्वत् नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानसँग जोडिएको साझा राष्ट्रिय सम्पदा भएको बताएका छन्। मंगलबार नेपाल सम्वत् ११४७ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले नेपाल सम्वत् कुनै एक जात वा भाषा विशेषको मात्रै नभएको बताएका हुन्। ‘नेपाल सम्वत् कुनै एक समुदायको मात्र सम्पत्ति नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो। त्यसैले नेपाल भाषा, नेपाल लिपि र समग्र मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा राज्य र समाज दुवैको सक्रिय भूमिका आवश्यक छ,’ अर्यालले भने। उनले नेपाल सम्वत् केवल समय गणना गर्ने पात्रो मात्र नभई नेपालको मौलिक इतिहास र सभ्यताको महत्त्वपूर्ण धरोहर भएको उल्लेख गरे। ‘नेपाल सम्वत् केवल समय गणना गर्ने पात्रो मात्र होइन, यो नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानको महत्त्वपूर्ण सम्पदा हो,’ उनले भने। नेपाल सम्वतको प्रारम्भ राष्ट्रिय विभूति शंखधर साख्वाको लोककल्याणकारी योगदानसँग जोडिएको बताउँदै उनले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराएर साख्वाले सामाजिक न्याय, परोपकार र सामूहिक हितको सन्देश दिएको स्मरण गरे। नेपाल सम्वत् ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक महत्त्व नेपाल मण्डलको जीवन पद्धतिसँग गहिरो रूपमा जोडिएको उनको भनाइ छ। The post नेपाल सम्वत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो: सभामुख अर्याल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मुख गन्हाउने समस्याले हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी सजिला उपाय
Latest NewsJust now

मुख गन्हाउने समस्याले हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी सजिला उपाय

काठमाडौँ । मुखबाट आउने दुर्गन्धले कुराकानी गर्न र दैनिक जीवनमा धेरैलाई अप्ठ्यारोमा पार्ने गर्छ। कतिपय अवस्थामा दैनिक ब्रस गर्दा पनि यो समस्या रहिरहन्छ। दाँतमा अड्किएका खानेकुराका कण, जिब्रोमा जमेको फोहोर, गिजाको... ...

रातोपाटी
पर्वतीय मुद्दामा छुट्टै छलफल चाहेको नेपालले कोप ३१ मा कस्तो जबाफ पाइरहेको छ
Latest NewsJust now

पर्वतीय मुद्दामा छुट्टै छलफल चाहेको नेपालले कोप ३१ मा कस्तो जबाफ पाइरहेको छ

EPA टर्कीमा चलिरहेको कोप ३१ मा नेपाल, भुटान र किर्गिस्तानले संयुक्त प्रस्ताव राखेका थिए टर्कीमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप ३१ मा पर्वत र जलवायुलाई छुट्टै अजेन्डा बनाउन प्रस्ताव गरेको ...

बीबीसी नेपाली
घरमा कमिलाले सतायो ? भगाउन अपनाउनुहोस् यी ५ सजिला घरेलु उपाय
Latest NewsJust now

घरमा कमिलाले सतायो ? भगाउन अपनाउनुहोस् यी ५ सजिला घरेलु उपाय

काठमाडौँ । गर्मीयाम होस् या जाडो, घरको भान्सा, बार्दली र भित्तामा कमिला देखिनु सामान्य हो। कतिपय अवस्थामा यिनीहरू हूलका हूल आएर खानेकुरासम्मै पुग्ने गर्छन्। यस्तो अवस्थामा बारम्बार कीटनाशक विषादी (स्प्रे) प्रयोग गर्नु... ...

रातोपाटी
रुपन्देहीमा पटका पड्काउनेमाथि प्रहरीको कारबाही, ७ जना पक्राउ
Latest NewsJust now

रुपन्देहीमा पटका पड्काउनेमाथि प्रहरीको कारबाही, ७ जना पक्राउ

रुपन्देही । पटका पड्काएर आतिशबाजी गरेको आरोपमा रुपन्देही प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । पटका पड्काउने क्रममा एक जना घाइते भएपछि प्रहरीले संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कात्तिक २३ गते साँझ करिब ६ः५० बजे रुपन्देहीको कञ्चन गाउँपालिका–१ हात्तीबजार चोकमा भैलो खेलिरहेका बेला पटका पड्काइएको थियो । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ निवासी कृष्ण परियार र आर्यन ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play