नेपाल बैंकको आकर्षक आवास कर्जा योजना सार्वजनिक

नेपाल बैंक लिमिटेडले विशेष सुविधासहितको आवास कर्जा योजना सार्वजनिक गरेको छ । ९०औँ वार्षिकोत्सवको अवसरमा बैंकले ‘नेपाल बैंक सर्वसुलभ आवास कर्जा योजना’ नाम दिएर ९० दिनका लागि यो योजना ल्याएको हो । योजनाअन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत तथा अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सक्नेछन् । बैंकका अनुसार कर्जाको ब्याजदर आधार दरमा ०.५ प्रतिशत प्रिमियमबाट सुरु हुनेछ। कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ भने सेवा शुल्क ०.२५ प्रतिशत मात्रै लाग्नेछ । आवास कर्जालाई थप आकर्षक बनाउन बैंकले कर्जाग्राहीलाई अन्य सुविधासमेत उपलब्ध गराउने जनाएको छ। योजनाअन्तर्गत कर्जा लिने ग्राहकले ५ लाख रुपैयाँसम्मको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । त्यस्तै, बैंकको लकर सुविधामा लाग्ने वार्षिक शुल्कमा ५० प्रतिशत छुट पनि दिइनेछ । बैंकले यो योजना २०८३ कात्तिक १५ गतेदेखि २०८३ माघ १५ गतेसम्म लागू हुने जनाएको छ। बैंक आगामी कात्तिक ३० गते स्थापनाको ९०औँ वर्षमा प्रवेश गर्दैछ । वार्षिकोत्सवको अवसरमा ल्याइएको यस योजनाले घर खरिद तथा निर्माण गर्न चाहने ग्राहकलाई सहुलियतपूर्ण सर्तमा कर्जा उपलब्ध गराउने लक्ष्य राखेको छ । नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंकले देशभरका २३१ शाखा, २५० एटीएम तथा ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३० लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले आधुनिक बैंकिङ प्रविधिको प्रयोग र ग्राहक सेवामा सुधार गर्दै आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ । नयाँ आवास कर्जा योजनामार्फत ग्राहकलाई घरजग्गासम्बन्धी वित्तीय आवश्यकता पूरा गर्न सहयोग पुग्ने बैंकको अपेक्षा छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी
११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी परेको छ । भट्ट १५औं महाधिवेशनमा ३५ वर्ष मुनिको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । तर, उनी निर्वाचित हुँदा ३५ वर्ष नाघिसकेको दाबी उजुरीमा छ । ३५ वर्ष मुनिका युवा महाधिवेशन प्रतिनिधि क्लस्टरबाट उम्मेदवारी दिएका तथा निर्वाचित भएका सबै उम्मेदवारहरूको उमेरसम्बन्धी… ...

‘अर्नव’ चक्रवातको जोखिममा कृषि र पर्यटन, सतर्कता अपनाउन आग्रह
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नव’को प्रभाव बिहीबार बेलुकादेखि शनिबारसम्म नेपालमा देखिन सक्ने भन्दै कृषि तथा पर्यटन क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । चक्रवातको प्रभावले देशका विभिन्न स्थानमा वर्षा, हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले पाकेको धान र पशुपन्छीको सुरक्षामा ध्यान दिन विज्ञहरूले सुझाएका छन् । जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् तथा प्रवक्ता ...

लालजी हत्या प्रकरणमा संलग्न ३ जना पक्राउ
मोरङ विराटनगर उपमहानगरपालिका–६ का ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीयवासी ३६ वर्षीय अफरोज आलम, १३ वर्षीय र १६ वर्षीय नवालक रहेको सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो । गुप्ता धरान रोडमा ‘लाल ब्याट्री एण्ड सन्स ...

एनपीएल : दीपेन्द्रकाे अर्धशतकमा सुदूरपश्चिमकाे उत्कृष्ट जित,पाेखरा पराजित
राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को आजकाे खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ। सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हरायो । जितका लागि पाएकाे १४६ रनकाे लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायाे। सुदूरपश्चिमकाे जितमा कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गरे। ऐरीले अर्धशतकीय पारी खेल्दै ५१ र इशानले ३७ रन जाेडे।यी दुबै ब्याटरले ७४ रनकाे साझेदारी गरे। पाेखराका धनन्जय लक्षन,सकिब ...


