नेपाल प्रेस र मोटिभेट न्युजका पत्रकार पक्राउ, नयाँ पत्रिका र दियो पोस्टमा प्रहरी परिचालन

पत्रकारहरूमाथि प्रहरीले धरपकड थालेको छ। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटाको मोबाइलमा भेटिएको सम्पर्क विवरण सार्वजनिक गर्ने पत्रकारहरूमाथि प्रहरीले धरपकड गरेको हो। प्रहरीले प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलाई सरकारले हटाउने तयारी गरेको भन्दै विवरण सार्वजनिक गरेका नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई शुक्रबार पक्राउ गरेको छ। प्रहरीले आजै मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराललाई पक्राउ गरेको थियो । बराल अनामनगरबाट पक्राउ परेका हुन् । पुतलीसडकस्थित नयाँ पत्रिकाको कार्यालयमा समेत प्रहरी परिचालन गरिएकाे छ। नयाँ पत्रिकाले इनम सापकोटा र सर्वोच्चका न्यायाधीश हरि फुयाँलको बिचमा कुराकानी हुने गरेको विवरण सार्वजनिक गरेको थियो । दियो पोस्टका प्रधान सम्पादक सुदिप विश्वकर्मालाई पनि प्रहरीले खोजिरहेको बताइएको छ। प्रहरी टाेली दियाे पाेस्टकाे कार्यालयमा समेत पुगेकाे छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

पत्रकार पक्राउलाई रास्वपाले भन्यो- ‘विधिको शासनको ठाडो उल्लङ्घन’
विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समाचार लेखेकै आधारमा प्रहरीले कार्यालयमै पुगेर नियन्त्रणमा लिएको तथा खोजी जारी राखेको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा लोकतान्त्रिक प्रणालीमाथि प्रहार गर्ने यस्तो कार्यप्रति कडा आपत्ति जनाइएको छ । खरेलका अनुसार लोकतन्त्रको प्राण र सौन्दर्य नै यसका स्वायत्त, सक्षम र उत्तरदायी संस्था हुन् । नागरिकको आवाज ...

पक्राउ परेका सबै पत्रकार रिहा भएको सञ्चारमन्त्रीको भनाइ, प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता
सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमील्सीनाले शुक्रबार पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन्। विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको तथा पत्रकारको खोजी गर्दै सञ्चारगृहमा पुगेको घटनाप्रति विरोध भइरहेका बेला उनले सामाजिक सञ्जालमार्फत रिहाइको जानकारी दिएका हुन्। ‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,’ सञ्चारमन्त्रीले लेखेका छन्। उनले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वतन्त्र प्रेस ...

रास्वपा सचेतकले भने- पुलिस स्टेट बन्द गर
‘समाचारको विषयलाई लिएर समाचार कक्षमै पुगेर पत्रकार पक्राउ, धरपकड र नियन्त्रणको दुष्प्रयाससप्रति घोर भर्त्सना गर्दछु ।’ ...

पत्रकार पक्राउविरुद्ध रास्वपासहितका ठूला दलको एकस्वर
पत्रकारहरूलाई समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सहितका ठूला दलले विरोध गरेका छन् । ...


