Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

नेपाली र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ व्यवस्थापनसम्बन्धी अभ्यास हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ व्यवस्थापनसम्बन्धी अभ्यास हुँदै
Photo / Coverage: पर्दाफास

नेपाल र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ पत्ता लगाउने, निष्क्रिय पार्ने तथा सुरक्षित रूपमा हटाउने विषयमा विशेषज्ञस्तरीय अनुभव आदानप्रदान हुने भएको छ । नेपाली सेनाको आयोजनामा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा मङ्सिर १४ देखि २१ गतेसम्म सञ्चालन हुने ‘शान्ति प्रयास अभ्यास–२०२६’ अन्तर्गत दुवै देशका सैन्य विशेषज्ञले संयुक्त रूपमा काम गर्ने भएका हुन् । अभ्यासमा अमेरिकी सेनाको प्रशान्त कमान्डका विशेषज्ञ र नेपाली सेनाका अधिकारी सहभागी हुनेछन् । उनीहरूले विस्फोटक पदार्थ तथा उपकरण पहिचान, निष्क्रिय पार्ने विधि र सुरक्षित विसर्जनका प्राविधिक पक्षमा ज्ञान तथा अनुभव साटासाट गर्नेछन् । कार्यक्रममा अमेरिकी सैन्य विशेषज्ञहरूले आफ्नो कार्यसञ्चालन अनुभव, प्राविधिक ज्ञान र प्रभावकारी अभ्यासबारे जानकारी दिनेछन् । त्यसैगरी, शान्ति स्थापना मिसनका क्रममा विस्फोटक पदार्थजन्य जोखिम व्यवस्थापनमा नेपाली सेनाले हासिल गरेको अनुभवबाट अमेरिकी पक्षले पनि सिक्ने अवसर पाउनेछ । यस अभ्यासले दुवै देशका सेनाको व्यावसायिक क्षमता र सैन्य तयारी अभिवृद्धि गर्नुका साथै शान्तिसेना तथा नागरिक समुदायको सुरक्षा गर्ने क्षमतामा सुधार ल्याउने अपेक्षा गरिएको छ । कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले यो कार्यक्रमले नेपाल र अमेरिकाबीचको दीर्घकालीन रक्षा साझेदारीलाई थप बलियो बनाउने बताएकी छन् । उनले विस्फोटक पदार्थ निष्क्रिय पार्ने विषयमा विशेषज्ञता आदानप्रदान गर्दा दुवै देशका साथै विश्वभरका शान्ति स्थापना मिसनमा मानवीय जीवनको रक्षा गर्ने क्षमता बढ्ने विश्वास व्यक्त गरेकी छन् । नेपाल विश्वकै अग्रणी शान्तिसेना योगदानकर्तामध्ये एक रहँदै आएको छ । अमेरिकी दूतावासका अनुसार यो अभ्यास दुई देशबीचको रक्षा सहकार्य र शान्ति स्थापनासम्बन्धी अनुभव आदानप्रदानको निरन्तरता हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
संवेदनशील बैठकको भिडियो फेसबुकमा राख्ने सशस्त्रका डीआईजी श्रेष्ठमाथि विभागीय कारबाहीको तयारी
OthersJust now

संवेदनशील बैठकको भिडियो फेसबुकमा राख्ने सशस्त्रका डीआईजी श्रेष्ठमाथि विभागीय कारबाहीको तयारी

सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरेशकुमार श्रेष्ठमाथि विभागीय कारबाहीको तयारी भइरहेको छ। भारतको सशस्त्र सीमा बल (एसएसबी) सँग काठमाडौंमा भएको उच्चस्तरीय द्विपक्षीय बैठकको भिडियो तथा तस्बिर व्यक्तिगत फेसबुकबाट सार्वजनिक गरेको विषयमा सशस्त्र प्रहरी प्रधान कार्यालयले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। स्रोतका अनुसार श्रेष्ठले दिएको जवाफ चित्तबुझ्दो नभएपछि १२ घण्टे स्पष्टीकरण सोध्ने विषयमा छलफल भइरहेको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले ...

पर्दाफास
बाढीबाट बस्ती जोगाउन बिरुवा रोपियो, अहिले त्यही वन बन्दैछ समृद्धिको आधार
OthersJust now

बाढीबाट बस्ती जोगाउन बिरुवा रोपियो, अहिले त्यही वन बन्दैछ समृद्धिको आधार

कुमराजवासी कुनै समय बाढीको जोखिमले थातथलो नै छाड्नुपर्ने अवस्थामा पुगेका थिए । त्यही बाढीबाट जोगिन सुरु गरेको वृक्षरोपणलाई आज उनीहरूले आर्थिक समृद्धिको आधार बनाएका छन् । ...

अनलाइन खबर
१०औं राष्ट्रिय खेलकुदको ट्रफी र टर्च र्‍याली टोलीलाई बिदाइ
OthersJust now

१०औं राष्ट्रिय खेलकुदको ट्रफी र टर्च र्‍याली टोलीलाई बिदाइ

११ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र टर्च र्‍यालीमा सहभागी हुने टोलीलाई शुक्रबार बिदाइ गरिएको छ। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य–सचिव रामचरित्र मेहता, कार्यकारी समितिका सदस्य पवन शाही, सदस्य शक्तिप्रसाद गौचन र कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाललगायतले सुर्खेतको वीरेन्द्रनगरस्थित… ...

अनलाइन खबर
अमिताभ बच्चनको घरमा पाचौँ पटक बम विस्फोट गराउने धम्की
OthersJust now

अमिताभ बच्चनको घरमा पाचौँ पटक बम विस्फोट गराउने धम्की

मुम्बईमा आतंकवादी हमलाको १८औँ वार्षिकीका दिन अभिनेता अमिताभ बच्चनको घर ‘जलसा’ र गायक दिलजीत दोसाँझको कन्सर्टमा बम विस्फोट गराउने धम्की आएको छ । मुम्बईकी मेयर ऋतु तावडेलाई धम्कीपूर्ण इमेल प्राप्त भएको हो । उक्त इमेलमा बृहन्मुम्बई महानगरपालिका मुख्यालयस्थित मेयरको कार्यालय, मुम्बई मेट्रो सञ्जालसहित विभिन्न महत्त्वपूर्ण स्थानमा विस्फोट गराउने चेतावनी दिइएको छ । त्यस्तै, नोभेम्बर २७… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement