Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

संवेदनशील बैठकको भिडियो फेसबुकमा राख्ने सशस्त्रका डीआईजी श्रेष्ठमाथि विभागीय कारबाहीको तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
संवेदनशील बैठकको भिडियो फेसबुकमा राख्ने सशस्त्रका डीआईजी श्रेष्ठमाथि विभागीय कारबाहीको तयारी
Photo / Coverage: पर्दाफास

सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरेशकुमार श्रेष्ठमाथि विभागीय कारबाहीको तयारी भइरहेको छ। भारतको सशस्त्र सीमा बल (एसएसबी) सँग काठमाडौंमा भएको उच्चस्तरीय द्विपक्षीय बैठकको भिडियो तथा तस्बिर व्यक्तिगत फेसबुकबाट सार्वजनिक गरेको विषयमा सशस्त्र प्रहरी प्रधान कार्यालयले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। स्रोतका अनुसार श्रेष्ठले दिएको जवाफ चित्तबुझ्दो नभएपछि १२ घण्टे स्पष्टीकरण सोध्ने विषयमा छलफल भइरहेको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले यसबारे उच्चपदस्थ अधिकारीहरूसँग परामर्श गरिरहेका छन्। गत कात्तिक ११ देखि १३ गतेसम्म काठमाडौंमा नेपाल सशस्त्र प्रहरी बल र भारतको एसएसबीबीच १०औँ द्विपक्षीय समन्वय बैठक भएको थियो। बैठकमा दुवै देशका सुरक्षा निकायका प्रमुखसहित उच्च अधिकारी सहभागी थिए। सशस्त्र प्रहरीको सीमा सुरक्षा विभागका निमित्त प्रमुखसमेत रहेका श्रेष्ठले बैठकको एउटा भिडियो र ११ वटा तस्बिर व्यक्तिगत फेसबुक खाताबाट सार्वजनिक गरेका थिए। विवाद भएपछि उनले ती सामग्री हटाएका थिए। दुई देशबीचको संवेदनशील सुरक्षा बैठकका दृश्य व्यक्तिगत सामाजिक सञ्जालबाट सार्वजनिक गर्नु संगठनको आचरणविपरीत भएको भन्दै प्रधान कार्यालयले स्पष्टीकरण सोधेको हो। सशस्त्र प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी स्थायी आदेश, २०७५ ले संगठनको नीतिविपरीत सुरक्षा गतिविधि र संवेदनशील सूचना सार्वजनिक गर्न निषेध गरेको छ। नियम उल्लंघन गरे नसिहतदेखि बढुवा रोक्का र सेवाबाट हटाउनेसम्मको विभागीय कारबाही हुन सक्छ। श्रेष्ठ यसअघि पनि विवादमा पर्दै आएका अधिकारी हुन्। उनीमाथि ललितपुरको ऐतिहासिक राणाकालीन मानभवन भत्काउँदा मौज्दातमा राखिएको करोडौँ मूल्यको काठ दुरुपयोग गरेको आरोपमा विभिन्न सरकारी निकायमा उजुरी परेको थियो। उक्त विषयमा वन कार्यालय, गृह मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रले छानबिनका लागि प्रक्रिया अघि बढाएका थिए। त्यस्तै, पशुपति बाहिनीको प्रमुख हुँदा कार्यालयका कर्मचारीलाई परिचालन गरी छोराको जन्मदिन मनाएको, रासन व्यवस्थापनमा अनियमितता गरेको तथा मातहतका अधिकृतलाई दुर्व्यवहार गरेको आरोप पनि उनीमाथि लाग्दै आएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कौसी थिएटर बौद्ध जातक कथामा आधारित नाटक ‘विश्वन्तर’ मञ्चन हुँदै
OthersJust now

कौसी थिएटर बौद्ध जातक कथामा आधारित नाटक ‘विश्वन्तर’ मञ्चन हुँदै

काठमाडौ । टेकुस्थित कौसी थिएटरमा आजबाट नाटक विश्वन्तरको मञ्चन हुने भएको छ । चन्द्रमान मुनिकारले निर्देशन गरेको यो नाटक बौद्ध जातक कथामा आधारित रहेको छ । यसलाई इँगिहोपो कोँइच सुनुवारले नाट्य रुपान्तरण गरेका हुन् । बज्रकला कुञ्जको प्रस्तुती रहेको नाटकमा काठमाडौं महानगरपालिकाले सहकार्य गरेको छ । मंसिर २० गतेसम्म चल्ने यो हरेक साँझ ५:१५ सुरु… ...

अनलाइन खबर
उद्योग र निर्यातकर्तालाई ८० लाखसम्म प्रोत्साहन
OthersJust now

उद्योग र निर्यातकर्तालाई ८० लाखसम्म प्रोत्साहन

कार्यविधि अनुसार निश्चित २२ प्रकारका वस्तु उत्पादन र तेस्रो मुलुकमा निर्यात गर्ने उद्योग वा निर्यातकर्ताले अधिकतम १० प्रतिशत वा ८० लाख रुपैयाँसम्म प्रोत्साहन पाउनेछन् । ...

अनलाइन खबर
बाढीबाट बस्ती जोगाउन बिरुवा रोपियो, अहिले त्यही वन बन्दैछ समृद्धिको आधार
OthersJust now

बाढीबाट बस्ती जोगाउन बिरुवा रोपियो, अहिले त्यही वन बन्दैछ समृद्धिको आधार

कुमराजवासी कुनै समय बाढीको जोखिमले थातथलो नै छाड्नुपर्ने अवस्थामा पुगेका थिए । त्यही बाढीबाट जोगिन सुरु गरेको वृक्षरोपणलाई आज उनीहरूले आर्थिक समृद्धिको आधार बनाएका छन् । ...

अनलाइन खबर
१०औं राष्ट्रिय खेलकुदको ट्रफी र टर्च र्‍याली टोलीलाई बिदाइ
OthersJust now

१०औं राष्ट्रिय खेलकुदको ट्रफी र टर्च र्‍याली टोलीलाई बिदाइ

११ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र टर्च र्‍यालीमा सहभागी हुने टोलीलाई शुक्रबार बिदाइ गरिएको छ। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य–सचिव रामचरित्र मेहता, कार्यकारी समितिका सदस्य पवन शाही, सदस्य शक्तिप्रसाद गौचन र कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाललगायतले सुर्खेतको वीरेन्द्रनगरस्थित… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement