नेपाली बजारमा एलजी वाटर प्युरिफायरको लोकप्रियता बढ्दै

काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै एलजी वाटर प्युरिफायरले उपभोक्तामाझ लोकप्रियता हासिल गर्न थालेको कम्पनीले जनाएको छ। उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय स्टेनलेस स्टिल ट्याङ्की र निःशुल्क मर्मतसम्भार सुविधाका कारण यसको बिक्रीले बजारमा राम्रो गति लिएको कम्पनीको दाबी छ। एलजी वाटर प्युरिफायरमा सेडिमेन्ट फिल्ट्रेसन, एन्टी-स्केलेन्ट ट्रीटमेन्ट, कार्बन फिल्ट्रेसन, रिभर्स अस्मोसिस (आरओ) तथा मिनरल बुस्टर/पोस्ट-कार्बन फिल्ट्रेसनसहितको बहुस्तरीय शुद्धीकरण प्रणाली रहेको छ। यसले पानीमा रहेका विभिन्न अशुद्धता हटाउन सहयोग गर्ने कम्पनीले जनाएको छ। यसमा आठ लिटर क्षमताको ट्याङ्की रहेको छ। एयरटाइट ट्याङ्की कभर र लकिङ सिस्टमले बाहिरी धुलो तथा दूषित पदार्थ ट्याङ्कीभित्र प्रवेश गर्नबाट रोक्न मद्दत गर्ने कम्पनीको भनाइ छ। उत्पादनको अर्को विशेषता ‘टु फ्री मेन्टिनेन्स’ सुविधा हो। यसअन्तर्गत पहिलो वर्ष दुई पटक निःशुल्क निर्धारित तथा अटाेमेटिक सर्भिस भिजिट, दुई पटक कन्ट्याक्टलेस मर्मतसम्भारसहित डिजिटल स्टेरिलाइजेसन केयर र दुई पटक बाहिरी सेडिमेन्ट फिल्टर उपलब्ध गराइनेछ। यसका अतिरिक्त दशैं, तिहार तथा छठको अवसरमा कम्पनीले आकर्षक चाडपर्व अफर र शून्य प्रतिशत ईएमआई किस्ताबन्दी सुविधा पनि उपलब्ध गराएको छ। उन्नत प्रविधि, पानी भण्डारण क्षमता र अतिरिक्त मर्मतसम्भार सुविधाले ग्राहकलाई आकर्षित गरेको कम्पनीको दाबी छ। सीजी इलेक्ट्रोनिक्स, सीजी कर्प ग्लोबलअन्तर्गतको उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी हो। यो नेपालमा एलजी उत्पादनको आधिकारिक राष्ट्रिय वितरकसमेत हो। एलजी इलेक्ट्रोनिक्स सिंगापुरसँग चार दशकभन्दा लामो साझेदारी रहेको कम्पनीले जनाएको छ। एलजी इलेक्ट्रोनिक्स विश्वव्यापी प्रविधि तथा उपभोक्ता इलेक्ट्रोनिक्स क्षेत्रमा सक्रिय कम्पनी हो। यसले होम अप्लायन्सेस, होम इन्टरटेन्मेन्ट र एयर सोलुसन्स क्षेत्रमा विभिन्न प्रविधिमा आधारित उत्पादन तथा सेवा उपलब्ध गराउँदै आएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार, एक बेपत्ता
जापान कोस्ट गार्डको एउटा विमानले घटनास्थल नजिकै लाइफ र्याफ्ट (बचाउका लागि प्रयोग गरिने डुंगा) मा सवार छ जना जापानी चालक दलका सदस्यमध्ये पाँच जनालाई फेला पारेको थियो । ...

एनपीएल खेल्न नपाएपछि पाकिस्तानी खेलाडी स्वदेश फर्किए
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आएका दुई पाकिस्तानी क्रिकेटर इफ्तिखार अहमद र हुसेन शाह स्वदेश फर्किएका छन् । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रतियोगिता... ...

ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते
रौतहट । फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोकिँदा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारामा कार्यरत प्रहरी जवान सुभाष चौधरीको मृत्यु भएको छ । हिजो राति भएको सो दुर्घटनामा माटरसाइकल चालक प्रहरी जवान चौधरीको निधन भएको र गम्भीर घाइते भएकी उहाँकी धर्मपत्नी प्रहरी जवान निशा खड्काको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख एवं प्रहरी निरीक्षक ...

नेपाल प्रेसपछि नयाँ पत्रिकाको कार्यालयमा पनि पुग्याे प्रहरी
• नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोसाकका पाँच जना प्रहरी पुगेका छन् र संवाददाता नवराज मैनालीलाई साइबर ब्युरोमा लैजानुपर्ने बताएका छन्। • पत्रकार मैनालीलाई पक्राउ गर्ने कुनै पुर्जी नदेखाइएको छ, जबकि आजै नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। • एकै दिन दुई सञ्चारमाध्यमका पत्रकारलाई लक्षित गर्दै प्रहरीको गतिविधिले पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताबारे चासो बढाएको छ। ...

