Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

नेपाली जनताई झुक्क्याइयो, भदौ २३ र २४ गते जेनजी आन्दोलनको नाममा नेपाल माथि आक्रमण भयो : महेश बस्नेत

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली जनताई झुक्क्याइयो, भदौ २३ र २४ गते जेनजी आन्दोलनको नाममा नेपाल माथि आक्रमण भयो : महेश बस्नेत
Photo / Coverage: जनताटाइम्स

भक्तपुर, कात्तिक २३ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले नेपाली जनताले चाहेको विकास, समृद्धि र राष्ट्रियताको अभियानलाई अघि बढाउने एकमात्र राजनीतिक शक्ति नेकपा एमाले भएको दाबी गर्नुभएको छ। शुभ तिहार, नेपाल संवत् ११४७ न्हूदँ तथा छठ पर्वको उपलक्ष्यमा नेकपा एमाले भक्तपुर जिल्ला कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा तुच्चा कार्यक्रममा सम्बोधन गर्दै सचिव बस्नेतले नेपाली जनताले चाहेको समृद्धिको वास्तविक वाहक केपी शर्मा ओली भएको उल्लेख गर्दै एमाले र ओली नेतृत्वको सरकारका योगदानलाई जनताले पुनः महसुस गर्न थालेको बताउनुभएको छ। उहाँले भन्नुभयो, “नेपाली जनताले चाहेको पार्टी नेकपा एमाले नै हो, नेपाली जनताले चाहेको समृद्धिको वाहक केपी ओली हो र नेपाली जनताले चाहेको विकास तथा समृद्धिको अभियान चलाउने पार्टी पनि नेकपा एमाले हो भन्ने कुरा जनताले फेरि महसुस गर्न लाग्नुभएको छ।” नेपालमा विकास र समृद्धिको आधार निर्माण गर्ने काम एमालेकै नेतृत्वमा भएको उल्लेख गर्दै उहाँले मनमोहन अधिकारी नेतृत्वको सरकारले विकासको जग तयार गरेको बताउनुभयो। संविधान निर्माणको प्रक्रियामा विभिन्न अन्तर्राष्ट्रिय शक्ति अवरोध सिर्जना गर्न सक्रिय रहेको दाबी गर्दै उहाँले एमालेले त्यसको प्रतिवाद गरेकै कारण मुलुकमा संविधान निर्माण सम्भव भएको जिकिर गर्नुभयो। केपी शर्मा ओली नेतृत्वको सरकारका उपलब्धिहरूको चर्चा गर्दै सचिव बस्नेतले भारतले लगाएको नाकाबन्दीको ओलीले दृढतापूर्वक सामना गर्नुभएको स्मरण गर्नुभयो। चीनसँग व्यापारिक सन्धि गरेर नेपालको व्यापारिक सम्बन्ध प्रशान्त महासागरसम्म विस्तार गर्ने वातावरण निर्माण गरेको उहाँको भनाइ थियो। त्यसैगरी नेपालको मिचिएको भूमि नेपालको हो र नेपालको नै रहनेछ भन्ने दृढ अडानका साथ ओलीले चुच्चे नक्सा जारी गर्नुभएको उल्लेख गर्दै उहाँले सबै राजनीतिक दललाई एक ठाउँमा ल्याएर संविधान संशोधनसमेत गराउनुभएको बताउनुभयो। यिनै राष्ट्रिय अडान र नीतिका कारण शक्तिशाली राष्ट्रहरूले केपी शर्मा ओलीलाई फरक कित्तामा उभिएको घोषणा गरेको दाबी गर्दै बस्नेतले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनालाई नेपालको राष्ट्रियतामाथिको आक्रमणका रूपमा व्याख्या गर्नुभयो। उहाँले भन्नुभयो, “ भदौ २३ र २४ गते जेनजी आन्दोलनको नाममा नेपाल माथि आक्रमण भयो, नेपाली जनता त्यसबेला झुक्किए, तर अब क्रमशः नेपाली जनताको आँखा खुल्दै गएको छ।” राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेमाथि पनि उहाँले कडा टिप्पणी गर्नुभयो। हिजोसम्म रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै आवाज उठाउनेहरू अहिले सरकारी संरचना ध्वस्त पार्ने र नेपाली जनतालाई लुट्ने काममा को संलग्न छन् भन्ने विषय बुझ्न थालेको उहाँको दाबी थियो। दीपक भट्टको सम्बन्ध एमाले र कांग्रेसका नेताहरूसँग जोड्ने प्रयास गरिएको उल्लेख गर्दै उहाँले अनुसन्धान र सार्वजनिक चर्चामा आएका विषयले भट्टको सम्बन्ध सुधन गुरुङसँगको लेनदेन तथा कमिसनसम्म पुगेको दाबी गर्नुभयो। त्यसैगरी इनाम सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै बस्नेतले उहाँ बालेनको निर्वाचन अभियानका प्रमुख व्यक्तिका रूपमा चर्चामा रहेको र उहाँले गरेका गतिविधिमा बालेनको आड रहेको पाइएको दाबी गर्नुभयो। प्रधानमन्त्री निवासमा भेटिएको सुनको विषयलाई समेत उठाउँदै उहाँले प्रश्न गर्नुभयो, “सुन तस्करहरूको घरमा हुने जस्तो त्यति धेरै सुन हाम्रो प्रधानमन्त्रीको घरमा कहाँबाट आयो?” ओली नेतृत्वको सरकारको कार्यकाललाई नेपालको विकासको स्वर्णिम युगका रूपमा चित्रण गर्दै सचिव बस्नेतले केपी ओलीको नेतृत्वले निरन्तरता पाएको भए मुलुक विकासको यात्रामा धेरै अगाडि पुगिसक्ने दाबी गर्नुभयो। उहाँले वर्तमान राजनीतिक नेतृत्व र राज्य सञ्चालनको शैलीप्रति पनि तीव्र असन्तुष्टि व्यक्त गर्नुभयो। बालेनहरूले जलाउन चाहेर पनि जलाउन नसकेको भवनमा अहिले बालेन स्वयं बसिरहेको उल्लेख गर्दै उहाँले त्यही भवन निर्माणको श्रेय एमाले नेतृत्वको सरकारलाई दिनुभयो। अहिले त्यहीँ बसेर निरंकुशता लाद्ने र आतंक मच्चाउने काम भइरहेको उहाँको आरोप थियो। संसद् र सिंहदरबारका संरचनाको प्रसंग उठाउँदै उहाँले संसद् भवनदेखि सिंहदरबार, सर्वोच्च अदालत, धरहरा र रानीपोखरीलगायतका संरचनाको निर्माण तथा पुनर्निर्माणमा केपी शर्मा ओली नेतृत्वको सरकारको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “आज संसद् जलाइएको छ। सिंहदरबारभित्र अहिले सदन सञ्चालन भइरहेको भवन कसले बनाएको हो? जहाँ आसिका तामाङ र खगेन्द्र सुनारलगायतका व्यक्तिहरूका गतिविधि हामीले देखिरहेका छौँ, त्यो भवन केपी ओलीले बनाउनुभएको हो।” वर्तमान राजनीतिक परिस्थितिमा जनताले वास्तविकता पहिचान गर्नुपर्नेमा जोड दिँदै सचिव बस्नेतले राजनीतिक आवरणमा लुकेका गलत प्रवृत्तिको पर्दाफास गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “नक्कली स्यालहरूको पर्दाफास गर्नैपर्छ, भेडाको छाला ओढेका ब्वाँसाहरूको पर्दाफास गर्नैपर्छ।” उहाँले नेपालको राष्ट्रियता, स्वाधीनता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने अभियानलाई नेकपा एमालेले थप सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। राष्ट्रियता जागृत गराउने र मुलुकलाई विकास तथा समृद्धिको बाटोमा अगाडि बढाउने जिम्मेवारी एमालेले पूरा गर्ने उहाँको भनाइ थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रसुवा बाढीले वित्तीय क्षेत्रमा ६५ अर्बको क्षति, पुनःस्थापनामा पनि उत्तिकै खर्च
PoliticsJust now

रसुवा बाढीले वित्तीय क्षेत्रमा ६५ अर्बको क्षति, पुनःस्थापनामा पनि उत्तिकै खर्च

१० भदौमा आएको रसुवा बाढीका कारण प्रभावित वित्तीय क्षेत्र पुनःस्थापना गर्न ६५ अर्ब २१ करोड लाग्ने देखिएको छ । राष्ट्रिय योजना आयोगको रसुवा–भाटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र विपद्पछिको आवश्यकता मूल्यांकनको प्रारम्भिक विवरण अनुसार हानि–नोक्सानीभन्दा पुनःस्थापनाका लागि थप २१ करोड बढी लाग्ने भएको हो । आयोगको मूल्यांकन अनुसार बाढीले  सार्वजनिक क्षेत्रमा २३ करोड ५० लाख बराबर हानि पुर्‍याएको छ । ...

फरकधार
कर्णालीविरुद्ध पोखराको मध्यम सुरुवात
PoliticsJust now

कर्णालीविरुद्ध पोखराको मध्यम सुरुवात

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले ब्याटिङमा ठिकठाक सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले पहिलो ७ ओभरको खेल सकिँदा १ विकेट गुमाएर ५० रन बनाएको छ । प्रतियोगितामा पोखराले अहिलेसम्म चार खेल खेलेको छ । तर, टोलीले एउटै खेलमा पनि जित निकाल्न सकेको छैन । चारै खेलमा पराजित पोखरा पहिलो जितको खोजीमा छ ...

फरकधार
कांग्रेस स्थानीय चुनावमा केन्द्रित हुने, मधेशमा सरकार बनाउनेतिर नलाग्ने
PoliticsJust now

कांग्रेस स्थानीय चुनावमा केन्द्रित हुने, मधेशमा सरकार बनाउनेतिर नलाग्ने

काठमाण्डु- नेपाली कांग्रेसले मधेस प्रदेश सरकारमा सहभागी हुने योजना नरहेको जनाएको छ। पार्टी उपसभापति पुष्पा भुसालले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा कुनै पनि प्रदेश सरकारमा सहभागी हुने विषयमा छलफल नभएको बताइन्। कांग्रेस अहिले प्रदेश सरकारमा जानेभन्दा स्थानीय तह निर्वाचनको तयारी र रणनीतिमा केन्द्रित रहेको जवाफ उनले दिएकी छन्। ‘कांग्रेस प्रदेश सरकारमा जाने विषयमा कुनै पनि निर्णय […] ...

काठमाण्डुपाटी
मधेस सरकारमा कांग्रेस सहभागी हुँदैन : उपसभापति भुसाल
PoliticsJust now

मधेस सरकारमा कांग्रेस सहभागी हुँदैन : उपसभापति भुसाल

काठमाण्डु – नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले मधेस प्रदेश सरकारमा कांग्रेस सहभागी नहुने बताएकी छन् । कांग्रेस कार्यसमितिको बैठकमा पनि कुनै पनि प्रदेश सरकारमा सहभागी हुने विषयमा छलफल नभएको बताउँदै भुसालले कांग्रेस अहिले सरकारमा सहभागी हुनेभन्दा पनि स्थानीय तह निर्वाचनमा केन्द्रित हुने बताइन् । ‘कांग्रेस प्रदेश सरकारमा जाने विषयमा कुनै पनि निर्णय गर्ने अवस्थामा छैन। […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play