Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

बात बहादुर होइन, काम बहादुर बनौँ : ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
बात बहादुर होइन, काम बहादुर बनौँ : ओली
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा बढ्दै गएको घृणा, लोभ, छलकपट र विध्वंसको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्नुपर्ने बताएका छन्। उनले नागरिकलाई कुरा गर्नेभन्दा काम गर्ने र विध्वंस मच्चाउनेभन्दा निर्माणमा जुट्ने व्यक्ति बन्न आग्रह गरेका छन्। सोमबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले सबैलाई ‘बात बहादुर’ नभई ‘काम बहादुर’ बन्न आग्रह गरेका हुन्। बस्नलायक समाज निर्माणका लागि नागरिकमा नैतिक बल, नैतिक भावना र उन्नत सांस्कृतिक मनोवृत्ति आवश्यक रहेको उनको भनाइ थियो। अत्यधिक लोभले मानिसलाई नैतिक रूपमा पतन गराउने भन्दै उनले समाजमा घृणा, षड्यन्त्र र जालझेलको प्रवृत्ति बढ्न नहुने बताए। खराब काम गर्ने मानिसलाई पशुसँग तुलना गर्नु पनि पशुमाथि अन्याय हुने उनको टिप्पणी थियो। ओलीले मानिसको सांस्कृतिक मनोवृत्ति कमजोर हुँदा राजनीतिसमेत प्रभावित भएको बताए। संसद् भवन निर्माण गर्नुपर्नेमा आगो लगाउने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुको सट्टा नष्ट गर्ने प्रवृत्ति बढेको भन्दै उनले असन्तुष्टि जनाए। आफ्नो नेतृत्वको सरकारले गोदावरीमा अन्तर्राष्ट्रियस्तरको सभागृहसहित विभिन्न ठूला सभाहल र रङ्गशाला निर्माणलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले भक्तपुरमा पनि ठूला सार्वजनिक सभाहल आवश्यक रहेको बताए। भूकम्पबाट क्षति पुगेका संरचना, दशरथ रङ्गशाला तथा पोखरा रङ्गशालाको पुनर्निर्माणलाई विकासको उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले राष्ट्रिय सम्पत्तिमा आगजनी, लुटपाट र तोडफोड गर्ने प्रवृत्तिको आलोचना गरे। भाटभटेनीका २१ वटा स्टोरमा भएको लुटपाट र आगजनीको प्रसङ्ग उल्लेख गर्दै ओलीले सार्वजनिक तथा निजी सम्पत्ति नष्ट गर्नेहरू नेपाली समाजका कलङ्क भएको टिप्पणी गरे। उनले नेपाली मौलिक संस्कृति र परम्परामाथि हमला भइरहेको भन्दै त्यसको संरक्षणमा सबै सचेत हुनुपर्नेमा जोड दिए। चाडपर्व, रीतिरिवाज, गीत, सङ्गीत र खानपानले समाजमा आपसी सद्भाव, एकता र सहकार्यको भावना विकास गर्नुका साथै राष्ट्रिय पहिचान निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो। मौलिक संस्कृति र परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको दायित्व भएको उनले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आज यमपञ्चकको चौथो दिन : गाईको पूजा आराधना
Latest NewsJust now

आज यमपञ्चकको चौथो दिन : गाईको पूजा आराधना

काठमाडौँ । तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गाईको पूजा आराधना गरिएको छ । पूजाका लागि स्थानीय जातका गाई नै हुनुपर्ने शास्त्रीय विधि रहेको छ । स्थानीय जातका गाईलाई पवित्र... ...

रातोपाटी
सवारी दुर्घटना: ७ जनाको मृत्यु, २०६ घाइते (मृतकको नामावली)
Latest NewsJust now

सवारी दुर्घटना: ७ जनाको मृत्यु, २०६ घाइते (मृतकको नामावली)

गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ७ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा गाडी दुर्घटनामा परेर २ सय ६ जना घाइते भएका प्रहरीले जनाएको छ।  दुर्घटनामा परेर काठमाडौँ, नवलपरासीपूर्व, कास्की, कपिलवस्तु र बर्दियामा गरेर ७ जनाको मृत्यु भएको हो।  दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा मात्रै २ जनाको मृत्यु हुँदा १९ जना घाइते भएका छन्।  ... ...

नेपालखबर
दुवै मिर्गाैला फेल भएका प्रिजलको उपचार खर्चका लागि याचना !
Latest NewsJust now

दुवै मिर्गाैला फेल भएका प्रिजलको उपचार खर्चका लागि याचना !

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका पेशलकुमार मगर र दुर्गा आलेमगर आफ्ना चार वर्षीय छोरा प्रिजलको दुवै मिर्गाैला फेल भएपछि खर्च अभावका कारण थप उपचार गराउन नसक्ने अवस्थामा पुगेका छन् । यही कात्तिक १२ गते सामान्य वान्ता गरेपछि कान्तिबाल अस्पताल काठमाडौँमा पुर्‍याइएका छोराका दुवै मिर्गाैलाले काम नगरेको र थप उपचारका लागि भारततर्फ लैजानुपर्ने सुझाव सम्बन्धित चिकित्किसबाट आएसँगै अहिले उनीहरू थप ...

केन्द्रबिन्दु
आज यमपञ्चकको चौथो दिन : गाईको पूजा आराधना
Latest NewsJust now

आज यमपञ्चकको चौथो दिन : गाईको पूजा आराधना

काठमाडौँ, कात्तिक २३ गते । तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गाईको पूजा आराधना गरिएको छ । पूजाका लागि स्थानीय जातका गाई नै हुनुपर्ने शास्त्रीय विधि रहेको छ । स्थानीय जातका गाईलाई... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play