काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रोहित पौडेल प्रेमिका सिम्रन खड्कासँग वैवाहिक जीवनमा बाँधिएका छन् । उनले थाइल्यान्डमा आयोजित एक समारोहबीच सिम्रनसँग विवाह गरेका हुन् । रोहितको विवाह समारोहमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको उपस्थिति रहेको थियो । समारोहमा सन्दीप लामिछाने, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप जोरा सहभागी भएका थिए । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका रोहित र सिम्रनले वैवाहिक जीवनको नयाँ यात्रा सुरु गरेका हुन् । The post नेपाली क्रिकेटका पूर्वकप्तान रोहित पौडेलले गरे विवाह appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
नेपाली क्रिकेटका पूर्वकप्तान रोहित पौडेलले गरे विवाह

Read Complete Original Article
Published originally on कर्पोरट खबर






