Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

नेपाल–जापान फेस्टिबलमा यामाहा एक्सएसआर १५५ को नयाँ ग्रीन भेरियन्ट सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–जापान फेस्टिबलमा यामाहा एक्सएसआर १५५ को नयाँ ग्रीन भेरियन्ट सार्वजनिक
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । एमएडब्लू राइड्सले यामाहा एक्सएसआर १५५ को नयाँ खरानी–हरियो मेटालिक भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित नेपाल–जापान फेस्टिबल २०२६ मा उक्त कलरको यामाहा एक्सएसआर १५५ सार्वजनिक गरेको हो । नयाँ भेरियन्टको मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य यसअघि उपलब्ध कालो भेरियन्टकै बराबर हो । नयाँ रङ सार्वजनिक भएसँगै यामाहा एक्सएसआर १५५ अब खरानी–हरियो मेटालिक, कालो, नीलो, रातो र खरानी गरी पाँच रङमा उपलब्ध भएको छ । नेपाल र जापानबीचको लामो मित्रता तथा यामाहाको जापानी विरासतलाई जोड्ने उद्देश्यले नयाँ भेरियन्ट सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । दशकौँदेखिको सांस्कृतिक आदानप्रदान, प्रविधि तथा विकासमा सहकार्य र आपसी सम्मानले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै आएको छ । जापानी इन्जिनियरिङको लामो इतिहास बोकेको यामाहाले पनि यी साझा मूल्यलाई प्रतिनिधित्व गर्दै आएको कम्पनीको भनाइ छ । कार्यक्रमलाई सम्बोधन गर्दै एमएडब्लू ग्रुपका अध्यक्ष विष्ण्ॉ कुमार अग्रवालले नेपाल र जापानबीचको ७० वर्ष लामो मित्रता तथा सहकार्यको महत्त्वबारे चर्चा गरे । उनले सन् १९५५ मा स्थापना भएको यामाहा मोटरको ७१ वर्ष लामो यात्रालाई समेत स्मरण गरे । अग्रवालले प्रविधि, पूर्वाधार तथा विकासका विभिन्न क्षेत्रमा जापानले नेपाललाई पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै यामाहालाई जापानी इन्जिनियरिङ र नवप्रवर्तनको प्रतीकका रूपमा उल्लेख गरे । एमएडब्लू ग्रुप नेपाली ग्राहकलाई जापानी प्रविधि र गुणस्तर उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउँदै उनले यामाहा एक्सएसआर १५५ ले जापानी विरासत, आधुनिक प्रविधि र उत्कृष्ट कार्यसम्पादनलाई एकैसाथ प्रस्तुत गर्ने धारणा व्यक्त गरे । दुई देशबीचको ऐतिहासिक सम्बन्धको उत्सवका अवसरमा नयाँ भेरियन्ट सार्वजनिक गर्न पाएकोमा उनले खुसी व्यक्त गरे । फेस्टिबलमा प्रस्तुत परम्परागत जापानी कोटो संगीत, ताइको ड्रम, जापानी क्यालिग्राफी, कस्प्ले तथा विभिन्न सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएका थिए । ती प्रस्तुतिले जापानको समृद्ध सांस्कृतिक पहिचान झल्काउनुका साथै यामाहाको जापानी विरासत र पहिचानसँग पनि सम्बन्ध स्थापित गरेका थिए । रेट्रो डिजाइन र आधुनिक इन्जिनियरिङको संयोजन रहेको यामाहा एक्सएसआर १५५ मा भेरिएबल भल्भ एक्टुएसन (भीभीए) इन्जिन, डेल्टा बक्स फ्रेम, ६–स्पिड ट्रान्समिसन र ट्र्याक्सन कन्ट्रोल सिस्टमजस्ता विशेषता रहेका छन् । यी प्रविधिले मोटरसाइकलको कार्यसम्पादन, स्थिरता र नियन्त्रणमा सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ । नयाँ खरानी–हरियो मेटालिक भेरियन्ट सार्वजनिक भएसँगै ग्राहकले आफ्नो रुचि र शैलीअनुसार थप विकल्प पाउनेछन् । The post नेपाल–जापान फेस्टिबलमा यामाहा एक्सएसआर १५५ को नयाँ ग्रीन भेरियन्ट सार्वजनिक appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गुणस्तर मापदण्ड अनिवार्य कार्यान्वयन गर्न दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन
Latest NewsJust now

गुणस्तर मापदण्ड अनिवार्य कार्यान्वयन गर्न दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले मापदण्ड पूरा गर्नु सेवा प्रदायकको अनिवार्य दायित्व भएको स्पष्ट पारे। ...

हाम्राकुरा
बैङ्ककको तेल प्रशोधन केन्द्रमा विस्फोट
Latest NewsJust now

बैङ्ककको तेल प्रशोधन केन्द्रमा विस्फोट

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित प्रमुख तेल प्रशोधन केन्द्रमा बिहीबार ठूलो विस्फोट भएपछि आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । विस्फोटमा तत्काल कुनै मानवीय क्षति भएको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन् । बैङ्ककका बासिन्दालाई मोबाइल फोनमार्फत पठाइएको सूचनाअनुसार स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे विस्फोट भएको थियो । सूचनामा सर्वसाधारणलाई घटनास्थल आसपास नजान आग्रह गरिएको थियो । बैङ्कक ...

केन्द्रबिन्दु
अर्काको जग्गा कीर्ते गरी हडप्ने मालपोतका तत्कालीन प्रमुख र वडाध्यक्षसहित सातविरुद्ध मुद्दा दायर
Latest NewsJust now

अर्काको जग्गा कीर्ते गरी हडप्ने मालपोतका तत्कालीन प्रमुख र वडाध्यक्षसहित सातविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक सोकनाहा गाविसस्थित वास्तविक जग्गाधनीको जग्गा कीर्ते गरी अर्काको नाममा दर्ता गराएको अभियोगमा तत्कालीन मालपोत कार्यालय प्रमुखसहित सातजनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement