Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

बैङ्ककको तेल प्रशोधन केन्द्रमा विस्फोट

Share:WhatsAppFacebookX (Twitter)Telegram
बैङ्ककको तेल प्रशोधन केन्द्रमा विस्फोट
Photo / Coverage: केन्द्रबिन्दु

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित प्रमुख तेल प्रशोधन केन्द्रमा बिहीबार ठूलो विस्फोट भएपछि आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । विस्फोटमा तत्काल कुनै मानवीय क्षति भएको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन् । बैङ्ककका बासिन्दालाई मोबाइल फोनमार्फत पठाइएको सूचनाअनुसार स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे विस्फोट भएको थियो । सूचनामा सर्वसाधारणलाई घटनास्थल आसपास नजान आग्रह गरिएको थियो । बैङ्कक महानगर प्रशासनले त्यसको एक घण्टाभन्दा कम समयमा आगो नियन्त्रणमा लिइएको जानकारी दिएको छ । विस्फोटको कारण भने खुल्न सकेको छैन । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा बैङ्ककको पूर्वी क्षेत्रमा रहेको प्रशोधन केन्द्रबाट बाक्लो कालो धुवाँ उडिरहेको देखिएको छ । प्रशोधन तथा भण्डारण केन्द्रको स्वामित्व रहेको बङ्गचाक कर्पोरेसनले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । दैनिक एक लाख २० हजार ब्यारेल प्रशोधन क्षमता रहेको उक्त केन्द्र थाइल्यान्डको पाँचौँ ठूलो तेल प्रशोधन केन्द्र हो । सहरी क्षेत्रमा अवस्थित यो देशकै एक मात्र प्रमुख प्रशोधन केन्द्र रहेको बताइएको छ । यसअघि सन् २०१२ को जुलाईमा पनि उक्त केन्द्रमा विस्फोट र आगलागी भएको थियो । त्यस घटनाले नजिकैको आवासीय क्षेत्रमा क्षति पुर्‍याएको थियो भने प्रशोधन केन्द्रको मर्मत गर्न दुई साता लागेको थियो । -एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीलाई ओलीको प्रश्न- ‘मेयर छँदा टाँसेको ग्रेटर नेपालको नक्सा देखाएर किन कुरा नगरेको ?’
Latest NewsJust now

प्रधानमन्त्रीलाई ओलीको प्रश्न- ‘मेयर छँदा टाँसेको ग्रेटर नेपालको नक्सा देखाएर किन कुरा नगरेको ?’

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री औपचारिक विदेश भ्रमणमा जाँदा दल, विज्ञ, सरोकारवालासँग छलफल गरेर, राय सल्लाह लिएर देशकै प्रतिनिधित्व गरेर जान सकिने भए पनि शाहले कुरै त गर्न नचाहेको बताए । ...

कान्तिपुर
ठूला पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न लगानी कोषलाई सांसदहरूको सुझाव [भिडियो]
Latest NewsJust now

ठूला पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न लगानी कोषलाई सांसदहरूको सुझाव [भिडियो]

सांसदहरूले सार्वजनिक–निजी साझेदारी (पीपीपी) र बुट मोडलका दीर्घकालीन परियोजनाहरूमा कोषको सहभागिता बढाउनुपर्नेमा जोड दिएका हुन्। ...

हाम्राकुरा
भारतका विभिन्न राज्यमा शीतलहरदेखि भारी वर्षासम्मको चेतावनी
Latest NewsJust now

भारतका विभिन्न राज्यमा शीतलहरदेखि भारी वर्षासम्मको चेतावनी

नयाँ दिल्ली । नोभेम्बरको अन्तिम सातादेखि डिसेम्बरको सुरुवातसम्म भारतका विभिन्न क्षेत्रमा मौसमले जनजीवन प्रभावित पार्न सक्ने देखिएको छ। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले दिल्ली, उत्तर प्रदेश, पञ्जाब र हरियाणासहितका राज्यमा बाक्लो हुस्सु लाग्ने चेतावनी दिएको छ। पूर्वी राजस्थानका केही क्षेत्रमा शीतलहर चल्ने सम्भावना छ भने दक्षिण भारतका केरल र तमिलनाडुमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। मौसम विभागका अनुसार ...

केन्द्रबिन्दु
आईपीओ अनुमति माग्दै बोर्ड पुगे मिडल मोदी र सिद्धि हाइड्रो
Latest NewsJust now

आईपीओ अनुमति माग्दै बोर्ड पुगे मिडल मोदी र सिद्धि हाइड्रो

मिडल मोदीमा सिजी इन्फ्रा भेन्चर्सको ९१ प्रतिशत र नेपाल जलविद्युत प्रवद्र्धन तथा विकास लिमिटेडको ९ प्रतिशत लगानी छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement