काठमाडौं । तीन कारोबार दिनपछि सेयर बजारमा ‘करेक्सन’ देखिएको छ । सोमबार, मंगलबार र बुधबार निरन्तर बढेको नेप्से बिहीबार (मंसिर १०) दोहोरो अंकले घटेको हो । यस दिन सूचक १०.८९ अंकले घट्दा लगानीकर्ताले पाँच अर्ब ४७ करोड रुपैयाँबराबरको कारोबार गरेका छन् । समूहगत रूपमा सबै समूह करेक्सनमा देखिँदा लगानी समूहको सूचक ०.७२ प्रतिशतले बढेको देखिन्छ । ८६ कम्पनीको सेयर मूल्य बढेको छ । १७९ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १४ वटाको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । बढ्नेको सूचीमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था ४.८८ प्रतिशतको वृद्धिसहित अग्रस्थानमा छ । घट्नेमा भने एलएस होराइजन १२ र एभरेस्ट कलर अगाडि छन् । यी दुवैको ४ प्रतिशतले मूल्य घटेको हो । बिहीबार लगानीकर्ताले सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनीको कारोबार गरेका छन् । लगानीकर्ताले उक्त कम्पनीको २४ करोडबराबरको सेयर किनबेच गरेका हुन् । The post दोहोरो अंकले घट्यो नेप्से, साढे ५ अर्बको सेयर किनबेच appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
दोहोरो अंकले घट्यो नेप्से, साढे ५ अर्बको सेयर किनबेच

Read Complete Original Article
Published originally on कर्पोरट खबर






