Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

बाढी प्रभावितसहित स्वास्थ्य क्षेत्रमा नेपाललाई अमेरिकी सहयोग जारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढी प्रभावितसहित स्वास्थ्य क्षेत्रमा नेपाललाई अमेरिकी सहयोग जारी
Photo / Coverage: नेपालन्युज

काठमाडौं। अमेरिकाले नेपालका बाढी प्रभावित समुदायलाई जीवनरक्षक सहायता उपलब्ध गराउनुका साथै स्वास्थ्य सुरक्षा सुदृढ बनाउने सहयोगलाई निरन्तरता दिएको जनाएको छ। यसैक्रममा अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले बिहीबार युनिसेफका एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक सञ्जय विजेसेकर र नेपालका लागि युनिसेफकी प्रतिनिधि एलिस अकुङ्गासँग भेट गरेकी छन्। भेटमा गत भदौमा भोटेकोशीमा आएको बाढीपछिको पुनर्लाभका प्राथमिकता, मानवीय सहायता समन्वय तथा स्वास्थ्य र पोषण क्षेत्रमा भइरहेको सहयोगबारे छलफल भएको अमेरिकी दूतावासले जनाएको छ। अमेरिकाले नेपालको बाढी प्रतिकार्य तथा पुनर्लाभका लागि तीन करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यसअन्तर्गत बालबालिका तथा जोखिममा रहेका अन्य समूहलाई लक्षित गरी आपत्कालीन खानेपानी, सरसफाइ तथा स्वच्छता र बाल संरक्षण सेवाका लागि अमेरिकी विदेश मन्त्रालयको विपद् तथा मानवीय प्रतिकार्य कोषबाट युनिसेफलाई २५ लाख अमेरिकी डलर उपलब्ध गराइएको छ। त्यस्तै, बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्लामा खोप सेवा र खोप भण्डारण व्यवस्था पुनःस्थापना गर्न अमेरिकाले एक लाख ७६ हजार अमेरिकी डलर सहयोग गरेको छ। मातृ तथा बाल स्वास्थ्य र पोषणमा १ करोड २० लाख डलर बाढी प्रतिकार्यबाहेक ‘अमेरिका फर्स्ट’ विश्वव्यापी स्वास्थ्य रणनीतिअन्तर्गत अमेरिकाले मातृ तथा बाल स्वास्थ्य र पोषण सुधारका लागि युनिसेफमार्फत एक करोड २० लाख अमेरिकी डलर लगानी गरिरहेको जनाएको छ। अमेरिकी सहयोगले स्तनपान प्रवर्द्धन र शिशु आहारसम्बन्धी सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरूको क्षमता सुदृढ बनाउन सहयोग पुर्‍याएको छ। साथै, नेपालमा आवश्यक भिटामिन तथा खनिजयुक्त पूरक आहारको प्रयोग सुरु गर्न पनि सहयोग भइरहेको दूतावासले जनाएको छ। यसै सहयोगबाट भिटामिन तथा खनिज तत्त्वको कमीको अवस्था पहिचान गर्न तथा पोषण कार्यक्रमलाई थप प्रभावकारी बनाउन राष्ट्रिय सूक्ष्म पोषकतत्त्व सर्वेक्षण सञ्चालन गर्नसमेत सम्भव भएको जनाइएको छ। कार्यवाहक राजदूत बोल्डिनले बाढीपछि तत्काल सहायता परिचालन गर्न र प्रभावित समुदायसम्म सहयोग पुर्‍याउन गरेको प्रयासका लागि युनिसेफलाई धन्यवाद दिएकी छन्। नेपालमा पोषणका क्षेत्रमा लामो समयदेखि कायम साझेदारीका लागि पनि उनले युनिसेफको प्रशंसा गरेकी छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गुणस्तर मापदण्ड अनिवार्य कार्यान्वयन गर्न दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन
Latest NewsJust now

गुणस्तर मापदण्ड अनिवार्य कार्यान्वयन गर्न दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले मापदण्ड पूरा गर्नु सेवा प्रदायकको अनिवार्य दायित्व भएको स्पष्ट पारे। ...

हाम्राकुरा
बैङ्ककको तेल प्रशोधन केन्द्रमा विस्फोट
Latest NewsJust now

बैङ्ककको तेल प्रशोधन केन्द्रमा विस्फोट

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित प्रमुख तेल प्रशोधन केन्द्रमा बिहीबार ठूलो विस्फोट भएपछि आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । विस्फोटमा तत्काल कुनै मानवीय क्षति भएको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन् । बैङ्ककका बासिन्दालाई मोबाइल फोनमार्फत पठाइएको सूचनाअनुसार स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे विस्फोट भएको थियो । सूचनामा सर्वसाधारणलाई घटनास्थल आसपास नजान आग्रह गरिएको थियो । बैङ्कक ...

केन्द्रबिन्दु
अर्काको जग्गा कीर्ते गरी हडप्ने मालपोतका तत्कालीन प्रमुख र वडाध्यक्षसहित सातविरुद्ध मुद्दा दायर
Latest NewsJust now

अर्काको जग्गा कीर्ते गरी हडप्ने मालपोतका तत्कालीन प्रमुख र वडाध्यक्षसहित सातविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक सोकनाहा गाविसस्थित वास्तविक जग्गाधनीको जग्गा कीर्ते गरी अर्काको नाममा दर्ता गराएको अभियोगमा तत्कालीन मालपोत कार्यालय प्रमुखसहित सातजनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement