नेपाललाई विपद् प्रतिकार्यका लागि अमेरिकाले १५ करोड डलरभन्दा बढीका उपकरण दिने

अमेरिकाले नेपालको विपद् प्रतिकार्य क्षमता सुदृढ बनाउन १५ करोड अमेरिकी डलरभन्दा बढी मूल्यका अमेरिकी हेलिकोप्टर, ड्रोन र नदीमा प्रयोग हुने उद्धार डुङ्गा उपलब्ध गराउने भएको छ । नेपालका लागि अमेरिकी नियोगकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले बिहीबार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी नेपाल–अमेरिका साझेदारी तथा गत अगस्टमा आएको विनाशकारी बाढीपछि नेपालको पुनःस्थापना र विपद् व्यवस्थापनमा अमेरिकाले गरिरहेको सहयोगबारे छलफल गरेकी हुन् । भेटका क्रममा बोल्डिनले बाढीपहिरोका कारण ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ता नेपाली सैनिकका परिवारप्रति समवेदना प्रकट गरिन् । उनले अमेरिकाले उपलब्ध गराउने हेलिकोप्टर, ड्रोन र नदीमा प्रयोग हुने डुङ्गाले नेपालको विपद् प्रतिकार्य क्षमतालाई थप मजबुत बनाउने बताइन् । ती उपकरणको आपूर्ति आगामी वर्षदेखि सुरु हुने जनाइएको छ । अमेरिकाले गतवर्ष ३ करोड ८० लाख अमेरिकी डलर मूल्यका एम–२८ स्काइट्रक विमान नेपाललाई प्रदान गरेको थियो । ती विमानले विपद्पछिको उद्धार तथा राहत कार्यमा सहयोग गर्दै आएका छन् । अमेरिकी प्रविधि, उपकरण र विशेषज्ञतामार्फत नेपालमा खोज तथा उद्धार, बिरामीको आकस्मिक उद्धार तथा स्थानान्तरण र आपत्कालीन प्रतिकार्य क्षमता विस्तार गर्न सहयोग पुग्ने अमेरिकी पक्षले जनाएको छ । यसबाट विपद्का बेला मानवीय जीवन जोगाउन र प्रभावित समुदायलाई सहयोग गर्न नेपालको क्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

हिमपात र हिमपहिरोको जोखिम : १२, १३ र १४ गते पर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कार्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बंगालको खाडीमा विकसित चक्रवात भारतको आन्ध्र प्रदेश हुँदै जमिनमा प्रवेश गरेपछि कमजोर भएर न्यून चापीय प्रणालीमा परिणत भएको र त्यसको प्रभाव नेपालमा पर्ने सम्भावना रहेको भन्दै प्राधिकरणले यस्तो आग्रह गरेको हो । प्राधिकरणका प्रवक्ता तथा उपसचिव रामबहादुर केसीले हिमाली क्षेत्रमा हिमपात, हिमआँधी ...

कांग्रेसले मंसिर महिनाभर ‘कांग्रेस तयार छ’ अभियान चलाउने
नेपाली कांग्रेसले हालै सम्पन्न पार्टीको १५ औँ महाधिवेशनको सन्देश जनतासम्म पुर्याउन तथा पार्टी संगठन सुदृढ गर्न मंसिर महिनाभरि ‘कांग्रेस तयार छ’ विशेष अभियान सञ्चालन गर्ने भएको छ । बिहीवार पार्टी मुख्यालयमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले यस्तो घोषणा गरेका हुन् । उनले महाधिवेशनबाट पारित नीतिगत दस्तावेज र निर्णयहरू समुदायस्तरसम्म पुर्याउन अभियान सञ्चालन गर्न ...

चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनसहित तीन जना पक्राउ
१२ कात्तिक, नारायणगढ (चितवन) । चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले भरतपुर महानगरपालिका–१९ मा लागुऔषध बिक्रीवितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका–८ स्थायी घर… ...

हरि फुयालको वक्तव्य- मबाट न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने काम भएको छैन
‘मेरो बारेमा आएका तथ्य र समाचारलाई देश र न्यायक्षेत्रको अस्थिरता र असुरक्षाभन्दा बाहिरबाट नहेर्न म समग्र न्यायक्षेत्रका निकाय, व्यक्ति, सरोकारवाला र आम सञ्चार माध्यमलाई अनुरोध गर्दछु,’ उनले भनेका छन् । ...


