नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं।नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले आठ अर्ब ५९ करोड मूल्य बराबरको खोप सहायता गर्ने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नेतृत्वको पहल र सम्वादका आधारमा नेपाललाई गाभीबाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म आठ अर्ब ५९ करोड १९ लाख ६८ हजार बराबरको सहायता प्राप्त गर्ने भएको हो। यसैगरी, गाभीबाट नेपालको नियमित खोप कार्यक्रमका लागि प्रदान गरिँदै आएको सहायता रकमको आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि औंल्याउँदै नेपालले फिर्ता गर्नुपर्ने भनी उल्लेख गरिएको तीन लाख आठ हजार २७१ अमेरिकी डलर मिनाहा भएको छ। विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोतमा दबाब बढिरहेको अवस्थामा सन् २०३० सम्मका लागि खोप सहायता सुनिश्चित हुनु र फिर्ता गर्नुपर्ने भनी देखाइएको रकम मिनाहा हुनु नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई दिगो बनाउने दिशामा महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको मन्त्रीको सचिवालयले जनाएको छ। मन्त्री मेहताको पहल तथा गाभीसँगको संवादबाट सहायता रकमसम्बन्धी विषयमा सहजीकरण र तिर्न पर्ने भनि उल्लेख भएको रकम मिनाहा प्राप्त हुनुले राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको मन्त्रालय स्रोतले जनाएको छ। नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित जनसंख्यालाई विभिन्न संक्रामक रोगबाट सुरक्षित राख्दै आएको छ। नियमित खोप सेवाको निरन्तरता, पहुँच र प्रभावकारिता कायम राख्न अन्तर्राष्ट्रिय साझेदारबाट प्राप्त हुने सहयोग महत्त्वपूर्ण रहँदै आएको मन्त्रालयको भनाइ छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

दुबईमा डीडीसीको घिउ निर्यात नियमित, तिहारअघि थप डेढ टन जाँदै
काठमाडौंँ । नेपालको पहिलो पटक दुबईमा आफ्नो उत्पादन निर्यात गरेर ऐतिहासिक फड्को मारेको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) को घिउ निर्यात अब नियमित बनेको छ । परीक्षणका रूपमा गरिएको पहिलो... ...

तीन वर्षको युद्धपछि नेतान्याहूको राजनीतिक भविष्य तय गर्न मतदान
काठमाडाैँ । इजरायलमा तीन वर्षदेखि जारी युद्ध र सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको प्रभावबीच प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक भविष्य निर्धारण गर्ने निर्वाचनमा मतदाताहरूले मङ्गलबार मतदान गरिरहेका छन्। इजरायलको... ...

पोखरादेखि कोरला नाकासम्मको सडकको यस्तो छ हालत (तस्बिरहरू)
काठमाडौँ। भोटेकोशी बाढीपछि चीनसँगको व्यापारका लागि कोरला नाका महत्त्वपूर्ण मार्ग बनेको छ । तर, पोखरादेखि कोरला नाकासम्म पुग्ने सडक साँघुरो र जीर्ण हुँदा आवागमन तथा ढुवानीमा समस्या रहेको व्यवसायीहरु बताउँछन्... ...

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन
विराटनगर । कोशी प्रदेश सरकारले कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले सो प्रतिवेदन सभामा ...


