सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर । कोशी प्रदेश सरकारले कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले सो प्रतिवेदन सभामा पेश गर्ने निर्णय भएको बताए । त्यसैगरी प्रवक्ता शेर्पाका अनुसार बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन भएको छ । बैठकबाट मृतक परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै दुर्घटनामा हराइ रहेका व्यक्तिको खोजी गर्न सम्बन्धित निकायमा आग्रह गर्ने निर्णय भएको प्रवक्ता शेर्पाले बताए । उनले कोशी प्रदेश समन्वयात्मक पर्यटकीय सेवा कक्ष तथा ‘हटलाइन’ सञ्चालन निर्देशिका, २०८३ स्वीकृत भएको जानकारी दिए । The post सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

एनपीएल : तस्बिरमा कर्णाली याक्सविरूद्ध जनकपुर बोल्ट्सको खेल
तस्बिरमा हेर्नुहोस्, एनपीएलको तेस्रो सिजनको दोस्रो दिनको दोस्रो खेलका झलक । ...

पाल्पा च्याम्पियन्स ट्रफी : पाल्पाली प्लेयर्स र करुवा क्रिकेट क्लब विजयी
जिल्ला क्रिकेट संघ, पाल्पा र दमकडा क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पहिलो खेलमा फ्रेन्ड्स ब्याइज क्लबलाई पाल्पाली क्रिकेट प्लेयर्सले २८ रनले हराएको हो । ...

विपिन आचार्यको नेतृत्वमा २० सांसद चीन जाँदै
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री विपिन कुमार आचार्य नेतृत्वको २० सदस्यीय टोली कात्तिक २९ गते चीन जाने भएको छ ।चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री आचार्यसहित २० जना सांसद... ...

दरबन्दी खुलाउँदैन, डाक्टर संख्या भने बर्सेनि बढाउँदै सरकार
यो वर्ष देशभर २ हजार ७४५ जना विद्यार्थी एमबीबीएसमा भर्ना हुँदै छन्। चिकित्सा शिक्षा आयोगको असोज ३० गते बसेको २८ औँ बैठकले एमबीबीएसमा ११० सिट थप गर्दै २ हजार ७४५ सिट निर्धारण गरेको छ। सरकारले यस वर्ष चिकित्सा शिक्षातर्फ ४१८ सिट बढाएको छ। जसमध्ये एमबीबीएसमा ११० सिट बढाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले ८४ वटा शिक्षण संस्थालाई ९ हजार ६९१... ...


