नेपालमा सर्पदंशको जोखिम, ६ महिनामै ११३ जनाले ज्यान गुमाए

काठमाडौं । नेपालमा सर्पदंशका घटना र त्यसबाट हुने मृत्यु सार्वजनिक स्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखिएका छन् । गर्मी र वर्षायाममा सर्पदंशको जोखिम बढी हुने भए पनि पर्याप्त जनचेतना, समयमै उपचार र सहज स्वास्थ्य पहुँचको अभावले समस्या थप जटिल बनेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट उपलब्ध विवरणअनुसार चालु आर्थिक वर्षको वैशाखयता मात्रै एक हजार ६४९ जनालाई सर्पले टोकेको छ भने सोही अवधिमा ११३ जनाको मृत्यु भएको छ । ईडीसीडीको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार देशभर १० हजार १४४ वटा सर्पदंशका घटना दर्ता भएका थिए । आर्थिक वर्ष २०८०/८१ मा यस्तो संख्या आठ हजार १८१ थियो । दुई आर्थिक वर्षको तुलना गर्दा दर्ता भएका घटनामा एक हजार ९६३ ले वृद्धि भएको देखिन्छ । यो करिब २४ प्रतिशत वृद्धि हो । तराईका जिल्लामा गर्मी तथा वर्षायाममा सर्पदंशको जोखिम बढी हुने गरेको छ । खेतीपाती, घाँसदाउरा, घरवरपरको झाडी र खुला ठाउँमा काम गर्ने मानिस सर्पको सम्पर्कमा आउने सम्भावना बढी हुन्छ । रातको समयमा भुइँमा सुत्ने, जुत्ता नलगाई हिँड्ने र घरभित्र सर्प पस्न सक्ने प्वाल तथा खुला ठाउँको व्यवस्थापन नगर्ने अवस्थाले पनि जोखिम बढाउन सक्छ । ईडीसीडी जुनोटिक तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. अमृत पोखरेलका अनुसार, सचेतनाको कमी नै मृत्युको मुख्य कारण हो । “पछिल्लो समय ग्लोबल वार्मिङको कारण सर्प र मानिसको द्वन्द्व बढेको छ । पहिला तराईका क्षेत्रहरूमा मात्र देखिने सर्पहरू आजभोलि तापक्रम बढ्दै जाँदा हिमाली क्षेत्रमा समेत देखिन थालेका छन्,” डा. पोखरेलले भने । नेपालमा पाइने ७९ प्रजातिमध्ये २१ विषालु नेपालमा पाइने ७९ प्रजातिका सर्पमध्ये २१ प्रजाति विषालु रहेका छन् । तीमध्ये पिट भाइपर, करेत, गोमन, कोरल र रसेल्स भाइपर प्रमुख विषालु समूहमा पर्छन् । सर्पले टोकेपछि देखिने लक्षण सर्पको प्रजाति र शरीरमा प्रवेश गरेको विषको प्रभावअनुसार फरक हुन सक्छ । नेपालमा सर्पको विषविरुद्ध प्रयोग हुने एन्टिस्नेक भेनम सिरम उपलब्ध गराइँदै आएको छ । सरकारले वि.सं. २०५६ देखि उपचार केन्द्रमा यो औषधि निःशुल्क उपलब्ध गराउन थालेको थियो । नेपालमा हाल १०३ वटा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् । यीमध्ये धेरैजसो नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी र स्थानीय समुदायको सहकार्यमा सञ्चालित छन् । तर, उपचार केन्द्रको संख्या मात्रले सेवा प्रभावकारी छ भन्ने सुनिश्चित भने देखिन्दैन ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?
काठमाडौं । कल्पना गर्नुहोस् त, तपाईंले सामान्य रूपमा किनेको एउटा इनर्जी ड्रिङ्कसले तपाईंलाई नयाँ मोटरसाइकल वा स्कुटरको मालिक बनायो भने कस्तो होला ? अझ, त्यही खरिदले कार जित्ने अवसरसमेत दिलायो भने ? सुन्दा अचम्म लाग्न सक्छ, तर म्याक्स टाइगर इनर्जी ड्रिङ्कसका नौ जना उपभोक्ताका लागि यस्तै सुखद संयोग जुरिसकेको छ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न स्थानका ...

सल्यानमा केशर खेतीको परीक्षण सफल, प्रतिग्राम हजारमा बिक्री
छोटो समयमै आम्दानी र उच्च बजार मूल्य देखिएपछि स्थानीय किसानहरू परम्परागत बाली छाडेर केशरको व्यावसायिक खेतीतर्फ आकर्षित भइरहेका छन्। ...

मर्मतमा ढिलाइले सल्यानका ग्रामीण सडकमा सास्ती
सडकमा पहिरो, खाल्डाखुल्डी र हिलो हुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न तथा बिरामीलाई स्ट्रेचरमा बोक्न बाध्य छन्। ...

नेपालको पर्यटन विश्वमाझ पुर्याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य
नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्... ...


