Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेपालगञ्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप आरम्भ

नेपालगञ्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप आरम्भ

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालगञ्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप आरम्भ

नेपालगञ्ज । नेपालगञ्ज स्विमिङ क्लबको आयोजनामा नबिल बैंक तेस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप शनिबारदेखि नेपालगञ्जमा आरम्भ भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद विकासका लागि उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । प्रतियोगिताको पहिलो दिन १७ इभेन्ट सम्पन्न हुँदा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले ११ स्वर्ण जित्दै अग्रता लिएको छ । भारतको नयाँ दिल्लीस्थित इलाइट स्विमिङ एकेडेमीले चार तथा ललितपुरको रातो बंगला र काठमाडौंको मपिल क्यानेडियन स्कुलले एक-एक स्वर्ण जितेका छन् । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका सबै प्रदेश तथा भारतको दिल्ली र लखनउबाट गरी १५० खेलाडी सहभागी छन् । अण्डर-८ देखि अन्डर-१७ र ओपनतर्फका खेलाडीले फ्रि स्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाइ, रिले र व्यक्तिगत मेड्ले विधाका ८० इभेन्टमा प्रतिस्पर्धा गरिरहेका छन् । शनिबार केही इभेन्टका हिट चरण सम्पन्न भएका छन् भने बाँकी प्रतिस्पर्धाका फाइनल आज (आइतबार) हुनेछन् । प्रतियोगितालाई नबिल बैंकले मुख्य प्रायोजन गरेको छ । नेपाल स्विमिङ एसोसिएसनसँगको सहकार्यमा आयोजित च्याम्पियनसिपले पौडी खेलको प्रवर्द्धन र विकासमा योगदान पुर्‍याउने आयोजकको अपेक्षा छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

प्रेसविरुद्ध निरन्तर सरकार
ताजा खबरJust now

प्रेसविरुद्ध निरन्तर सरकार

सरकारले फेरि एकपटक प्रेसविरोधी चरित्र देखाएको छ । केही पत्रकार र पत्रकारिताका संस्थामा विना वर्दी, विना पूर्जी, विना तर्क र आधार सुरक्षा संयन्त्रका मानिस पठाएर पत्रकारहरूलाई गिरिफ्तार गरेको निन्दनीय घटना सार्वजनिक भएको छ । वर्तमान सरकार प्रेस स्वतन्त्रताको विपक्षमा हिँडेको कुरा यो सरकार बनेयता यस सरकारले देखाएको व्यवहारले नै प्रष्ट देखाउँदै आएको छ । सरकारले प्रेस स्वतन्त्रताको आवश्यकता र महत्त्व ...

हिमालय टाइम्स
जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण
ताजा खबरJust now

जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण

सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल–२ को सफल आरोहण गरेका हुन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ। पहिलो आरोहण... ...

नेपालखबर
स्तरोन्नति अवधि थप्ने निर्णयले निजी क्षेत्र खुसी
ताजा खबरJust now

स्तरोन्नति अवधि थप्ने निर्णयले निजी क्षेत्र खुसी

काठमाडौं । नेपाललाई अति कम विकसित मुलुक (एलडिसी) को सूचीबाट स्तरोन्नति हुने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने संयुक्त राष्ट्रसंघको महासभाको निर्णयलाई निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाले बिहीबार नेपाल र बंगलादेशको स्तरोन्नतिका लागि तयारी अवधि थप गर्ने निर्णय गरेको हो । उक्त निर्णयले नेपाललाई ...

हिमालय टाइम्स
एथरको क्यासब्याक अफर
ताजा खबरJust now

एथरको क्यासब्याक अफर

काठमाडौं । एथर स्कुटरको आधिकारिक बिक्रेता वैद्य इनर्जी प्रालिले विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ‘एथर अपग्रेड फेस्टिभल’ घोषणा गरेको छ । कम्पनीले कात्तिक १५ देखि २२ गतेसम्म देशभर सञ्चालन हुने उक्त अभियानअन्तर्गत एथरका नयाँ विद्युतीय स्कुटर खरिदमा एक लाख रुपैयाँसम्म क्यासब्याक उपलब्ध गराउने जनाएको छ । अभियानमार्फत ग्राहकले आफ्नो पुरानो सवारी साधनबाट आधुनिक विद्युतीय स्कुटरमा अपग्रेड गर्ने अवसर पाउनेछन् ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play