Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

नेपालको पूर्वाधार विकास र आर्थिक समृद्धिका लागि लगानीका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने चीनको प्रतिवद्धता

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालको पूर्वाधार विकास र आर्थिक समृद्धिका लागि लगानीका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने चीनको प्रतिवद्धता
Photo / Coverage: टक्सार

काठमाडाैँ । चीनले नेपालको पूर्वाधार विकास र आर्थिक समृद्धिका लागि सडक, जलविद्युत, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने प्रतिवद्धता जनाएको छ । बुधबार काठमाडौँ–तराई–मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ब्रेकथ्रु समारोहमा नेपालस्थित चिनियाँ दुतावासका मिनिस्टर काउन्सिलर झाओ पानले नेपालसँगको पूर्वाधार सहकार्यलाई थप गहिरो बनाउने बताएका हुन् । उनले चीन र नेपालबिचको सम्बन्ध असल छिमेकी तथा साझेदारका रूपमा स्थापित रहेको उल्लेख गर्दै पूर्वाधार विकास दुई देशबिचको सहकार्यको महत्वपूर्ण आधार भएको बताए । चीनले बेल्ट एण्ड रोड सहकार्यलाई उच्च गुणस्तरमा अघि बढाउने उद्देश्यसहित पारस्परिक परामर्श, संयुक्त योगदान र साझा लाभको सिद्धान्तअनुसार नेपालसँग जलविद्युत तथा सडक पूर्वाधारका महत्वपूर्ण आयोजनामा सहकार्य गरिरहेको उनले उल्लेख गरे । मिनिस्टर काउन्सिलर झाओले आगामी दिनमा पूर्वाधार, सम्पर्क सञ्जाल, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा चिनियाँ दुतावासले पुलको भुमिका निर्वाह गर्ने बताए । दुवै देशका जनताको हितका लागि थप ठोस परियोजना अघि बढाउन चीन तयार रहेको उनको भनाइ छ । महादेवटार सुरुङको ब्रेकथ्रुलाई ऐतिहासिक उपलब्धिको संज्ञा दिँदै उहाँले यसले द्रुतमार्गको उक्त खण्ड निर्माणमा महत्वपूर्ण प्रगति भएको र आयोजना अन्तिम चरणमा पु¥याउन आधार तयार गरेको बताए । हिमालयको दक्षिणी फेदीमा निर्माण भइरहेको महादेवटार सुरुङ काठमाडौँ–तराई द्रुतमार्गको महत्वपूर्ण संरचना हुनुका साथै नेपालमा हाल निर्माणाधीन सबैभन्दा लामो राजमार्ग सुरुङ भएको उनले उल्लेख गरे । उनले सुरुङ निर्माणमा संलग्न नेपाली तथा चिनियाँ इन्जिनियर, प्राविधिक र श्रमिकहरूको मेहनत तथा दक्षताको प्रशंसा गर्दै चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको प्रतिवद्धता र व्यावसायिक क्षमताको प्रशंसा गरे । चिनियाँ राजदुत चेन सोङको तर्फबाट ब्रेकथ्रु सफल भएकोमा बधाई दिँदै उनले नेपाल–चीनबिचको मित्रता र रणनीतिक सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । साथै नेपालको विकास र समृद्धिको कामना गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह
Latest NewsJust now

परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि चिनियाँ पक्षसँग अनुरोध गरेका छन् । नेपाल भ्रमणमा रहेका चीनका ‘प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज’का अध्यक्ष याङ्ग वानमिङ्गले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले सिन्धुपाल्चोकस्थित तातोपानी नाका यथाशक्य छिटो खुलाउन चिनियाँ पक्षसँग अनुरोध गरेको मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनालले गत भदौमा गएको बाढीले ...

विश्वखबर
एमाले शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीबारे शंकर पोखरेलको कार्यपत्र (पूर्णपाठ)
Latest NewsJust now

एमाले शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीबारे शंकर पोखरेलको कार्यपत्र (पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समयमा पार्टी जीवनमा अनुशासन, जीवनशैली र आचरणका क्षेत्रमा गम्भीर विचलन देखिन थालेको बताएका छन् । बुधबार काठमाडौँमा सुरु भएको एमाले राष्ट्रिय भेलामा... ...

रातोपाटी
महादेवटार सुरुङको ‘ब्रेकथ्रु’ सम्पन्न, बाँकी काम निर्धारित समयमै पूरा गर्ने चिनियाँ कम्पनीको प्रतिबद्धता
Latest NewsJust now

महादेवटार सुरुङको ‘ब्रेकथ्रु’ सम्पन्न, बाँकी काम निर्धारित समयमै पूरा गर्ने चिनियाँ कम्पनीको प्रतिबद्धता

काठमाडौँ । काठमाडौँ–तराई–मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ‘ब्रेकथ्रु’ सम्पन्न भएसँगै चिनियाँ निर्माण कम्पनीले बाँकी काम निर्धारित समयमै पूरा गर्ने प्रतिबद्धता जनाएको छ । बुधबार आयोजित सुरुङको ‘ब्रेकथ्रु’ समारोहमा चाइना स्टेट कन्स्ट्रक्सन... ...

रातोपाटी
अनलाइन दुर्व्यवहारदेखि बालविवाहसम्म रोक्न सरकारको योजना के छ ?
Latest NewsJust now

अनलाइन दुर्व्यवहारदेखि बालविवाहसम्म रोक्न सरकारको योजना के छ ?

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि नेपालको तर्फबाट सातबुँदे राष्ट्रिय प्रतिबद्धता प्रस्तुत गरेकी छन् । फिलिपिन्सको मनिलामा आयोजित बालबालिकामाथि हुने हिंसा अन्त्यसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बादीले तीनवटा अद्यावधिक, तीनवटा नयाँ र एउटा पुनः पुष्टि गरिएको प्रतिबद्धता प्रस्तुत […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play