Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

सडक पूर्वाधार निर्माणमा नेपाली सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति

Share:WhatsAppFacebookX (Twitter)Telegram
सडक पूर्वाधार निर्माणमा नेपाली सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति
Photo / Coverage: केन्द्रबिन्दु

बागमती । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारीसँगै मुलुकको सडक पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताएका छन्। सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराईरमधेस द्रुतमार्ग सडकअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको (३.३९९मिटर)को ‘ब्रेक थ्रु’ कार्यक्रममा राष्ट्रपति पौडेलले राष्ट्रिय गौरवको आयोजनादेखि विशेष प्रकृतिका सुरुङ र पुल निर्माणमा सेना अहोरात्र क्रियाशील रहेको बताए । उनले भने “विशेषगरी विकट भौगोलिक अवस्था, जटिल भू–बनोट तथा प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्वका सडक तथा पूर्वाधार निर्माणमा सेनाले लामो समयदेखि गर्दै आएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय एवं अनुकरणीय छ ।” राष्ट्रपति पौडेलले काठमाडौँ उपत्यकालाई तराई÷मधेससँग प्रत्यक्ष रूपमा जोड्ने करिब ७१ किलोमिटरको अत्याधुनिक प्रविधिमा आधारित द्रुतमार्गको निर्माणपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले भने “यो आयोजना सञ्चालनबाट यात्रा समय तथा दूरीमा उल्लेखनीय कटौती हुन्छ, त्यसबाट इन्धन खपत र सवारीसाधनको सञ्चालन तथा मर्मतसम्भार खर्चमा पनि उल्लेख्य बचत हुनेछ, राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदानमार्फत देशको आर्थिक, सामाजिक रूपान्तरणमा अहम् भूमिका निर्वाह गर्ने आयोजना समयमा नै सम्पन्न गर्न नेपाल सरकार र सेना दृढ रहेको पाएको छु ।” आयोजनाको महत्व केबल भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नभएको जनाउँदै उहाँले राजधानी काठमाडौँ र तराई÷मधेसबीचको भौगोलिक दूरी घटाउने तथा सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले भने, “पर्यटन प्रर्वद्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा यस आयोजनाको योगदान दूरगामी र महत्वपूर्ण रहने अपेक्षा छ, आयोजना निर्माणमा कुनै कसर बाँकी नराखी प्रभावकारी समन्वय र जिम्मेवारी पूर्ण प्रतिबद्धताका साथ सेनालाई सबैको सहयोग रहने विश्वास गरेको छु ।” उक्त कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालस्थित चीनका राजदूत चाङ माओमिङ तथा कोरियाका राजदूत पार्क जे क्यूङ र प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हिमाली मुद्दालाई औपचारिक निर्णय मस्यौदामा समेट्ने नेपालको प्रयास रणनीतिक सफलता नजिक
Latest NewsJust now

हिमाली मुद्दालाई औपचारिक निर्णय मस्यौदामा समेट्ने नेपालको प्रयास रणनीतिक सफलता नजिक

अन्ताल्या (टर्की), मङ्सिर ३ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा हिमाली मुद्दालाई औपचारिक निर्णयको मस्यौदामा समेट्ने नेपालको प्रयास रणनीतिक सफलता नजिक पुगेको छ । सम्मेलनको अध्यक्षताले सार्वजनिक गरेको... ...

रातोपाटी
प्रहरी निरीक्षक केसीको शव परिवारलाई बुझाइयो
Latest NewsJust now

प्रहरी निरीक्षक केसीको शव परिवारलाई बुझाइयो

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसीको शव पोस्टमार्टम पछि आज परिवारको जिम्मा लगाइएको छ । सुर्खेतको छिन्चु स्थायी घर भएका केसी गुल्मीमा जिल्ला प्रहरी कार्यालयका सिनियर... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play