Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह
Photo / Coverage: विश्वखबर

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि चिनियाँ पक्षसँग अनुरोध गरेका छन् । नेपाल भ्रमणमा रहेका चीनका ‘प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज’का अध्यक्ष याङ्ग वानमिङ्गले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले सिन्धुपाल्चोकस्थित तातोपानी नाका यथाशक्य छिटो खुलाउन चिनियाँ पक्षसँग अनुरोध गरेको मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनालले गत भदौमा गएको बाढीले रसुवागढी नाका बन्द भएको र चीन जोड्ने अन्य उच्च हिमाली नाकाहरू चिसोले पूर्ण रूपमा सञ्चालन हुन नसक्ने विषम अवस्थामा काठमाडौंबाट सबैभन्दा नजिक रहेको तातोपानी नाका तत्काल सञ्चालनका लागि अध्यक्ष याङ्गसँग आग्रह गरेका हुन् । ‘तातोपानी नाका काठमाडौंबाट सबैभन्दा कम दूरीमा रहेको र यो नाका ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ,’ परराष्ट्रमन्त्री खनालले भने, ‘यसैले यो नाकालाई हाम्रा दुई मुलुकबीचको ‘कनेक्टिभिटी’का लागि तत्काल खुलाउन जरुरी छ ।’ सो अवसरमा अध्यक्ष याङ्गले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने जानकारी दिए । भेटवार्ताका क्रममा दुई मुलुकबीचको व्यापार, पूर्वाधार, जलवायु परिवर्तन, जनस्तर, शिक्षालगायत विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हिमाली मुद्दालाई औपचारिक निर्णय मस्यौदामा समेट्ने नेपालको प्रयास रणनीतिक सफलता नजिक
Latest NewsJust now

हिमाली मुद्दालाई औपचारिक निर्णय मस्यौदामा समेट्ने नेपालको प्रयास रणनीतिक सफलता नजिक

अन्ताल्या (टर्की), मङ्सिर ३ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा हिमाली मुद्दालाई औपचारिक निर्णयको मस्यौदामा समेट्ने नेपालको प्रयास रणनीतिक सफलता नजिक पुगेको छ । सम्मेलनको अध्यक्षताले सार्वजनिक गरेको... ...

रातोपाटी
सडक पूर्वाधार निर्माणमा नेपाली सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति
Latest NewsJust now

सडक पूर्वाधार निर्माणमा नेपाली सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति

बागमती । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारीसँगै मुलुकको सडक पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताएका छन्। सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराईरमधेस द्रुतमार्ग सडकअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको (३.३९९मिटर)को ‘ब्रेक थ्रु’ कार्यक्रममा राष्ट्रपति पौडेलले राष्ट्रिय गौरवको आयोजनादेखि विशेष प्रकृतिका सुरुङ र पुल निर्माणमा सेना अहोरात्र क्रियाशील रहेको बताए । उनले ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play