Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ सहित सिजीका स्मार्ट घरायसी उपकरणहरू बजारमा उपलब्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ सहित सिजीका स्मार्ट घरायसी उपकरणहरू बजारमा उपलब्ध
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। उज्यालो र मिठाइहरूको पर्व तिहार नजिकिँदै गर्दा, नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो स्मार्ट घरायसी उपकरण (Smart Domestic Appliances – SDA) श्रेणीअन्तर्गत उपभोक्ताको स्वास्थ्य र चाडपर्वको स्वादलाई सन्तुलनमा राख्न प्रिमियम सिग्नेचर सिरिज सिजी मेरिडियाका अत्याधुनिक एयर फ्रायरहरू बजारमा सर्वसुलभ गराएको छ। तिहारमा पकाइने सेलरोटी, फिनी, अनरसा लगायतका परम्परागत परिकारहरूमा तेलको प्रयोग बढी हुने गर्छ। यसले स्वास्थ्यमा पार्न सक्ने असरलाई मध्यनजर गर्दै, सिजीले स्वादमा कुनै सम्झौता नगरी ९० प्रतिशतसम्म कम तेलमा स्वस्थकर परिकार तयार गर्न सकिने स्मार्ट भान्सा समाधान प्रस्तुत गरेको हो। ग्राहकको स्वास्थ्य, समयको बचत र भान्साको सहजता नै यी उपकरणहरूको प्रमुख विशेषता हो। नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ (CGMRAF8LAI) प्रति ग्राहकको आकर्षण बजारमा उपलब्ध नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ मोडल CGMRAF8LAI ले ग्राहकहरूबाट निरन्तर उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। यस विशेष मोडलमा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रविधिले परिकारको प्रकृति बुझेर आफैं तापक्रम र समय निर्धारण गर्दछ। यसले गर्दा भान्साको काम छिटो, सजिलो र पूर्ण रूपमा स्मार्ट बन्छ। यसका साथै, ग्राहकहरूले अत्यधिक रुचाएको अर्को लोकप्रिय मोडल CGMRAF7LS पनि बजारमा सहजै खरिद गर्न सकिन्छ। यस तिहारको नयाँ आकर्षण: विशाल क्षमताको स्मार्ट मोडल CGMRAFO13L ठूला परिवार र तिहारको जमघटलाई लक्षित गर्दै बजारमा ल्याइएको नयाँ मोडल CGMRAFO13L ले अहिले निकै चर्चा पाइरहेको छ। १३ लिटरको विशाल क्षमता, १८०० वाट पावर, १२ वटा स्मार्ट कुकिङ प्रि-सेट मेनु, भित्र पाक्दै गरेको परिकार स्पष्ट देखिने ‘वाइड एंगल भ्युइङ विन्डो’ (Wide Angle Viewing Window), विना तेल पकाउने सुविधा (Oil Free), ६० मिनेटको टाइमर र डिहाइड्रेटर फङ्सन (Dehydrator Function) जस्ता अत्याधुनिक सुविधाहरू यसमा एकैसाथ समेटिएका छन्। प्रयोगकर्ताको अनुभवलाई थप सहज र सुरक्षित बनाउन यसमा आधुनिक एलईडी टच स्क्रिन (LED Display with Touch Screen) जडान गरिएको छ, जसले गर्दा भान्साको काम केवल एउटा टचमा गर्न सकिन्छ। साथै, चलाउँदा-चलाउँदै ढोका खोलेमा आफैं मेसिन बन्द हुने ‘अटो सट-अफ’ (Auto Shut-Off) प्रविधिले पूर्ण सुरक्षाको प्रत्याभूति दिन्छ। अझ चाडपर्वको समयमा एकैपटक धेरै र विभिन्न थरीका परिकारहरू सजिलै बनाउन सकियोस् भन्ने उद्देश्यले यस उपकरणको साथमा विशेष एसेसरिजहरू पनि उपलब्ध गराइएको छ। यसमा रहेको आयल ट्रे, फ्ल्याट ग्रिल र्याक, स्यालो नेट ग्रिल र्याक, रोटेट बास्केट, चिकेन फोर्क र फेच टुल (Oil Tray, Flat Grill Rack, Shallow Net Grill Rack, Rotate Basket, Chicken Fork, Fetch Tool) ले छुट्टै भाँडाको आवश्यकता पर्न दिँदैन र विभिन्न परिकारहरू रोस्ट गर्न, ग्रिल गर्न वा बेक गर्न निकै छिटो र व्यवस्थित बनाउँछ। ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजी इलेक्ट्रोनिक्सका यी उत्पादनहरू देशभरका २२ वटा अत्याधुनिक ‘सिजी डिजिटल’ (CG Digital) र ६ वटा ‘एलजी ब्रान्ड शप’ (LG Brand Shop) शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइट (www.cgdigital.com.np, www.cginspiringlife.com) तथा आधिकारिक बिक्री केन्द्रहरूबाट खरिद गर्न सकिन्छ। ग्राहकहरूको बिक्रीपछिको सेवालाई (After-sales Service) अझ छिटो, सहज र सुविधाजनक बनाउन कम्पनीले ‘CG cares’ एप सञ्चालनमा ल्याएको छ। यस डिजिटल एप र देशभर छरिएका ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले भरपर्दो र उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ। थप जानकारीका लागि सिजी केयरको टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न तथा थप सहज सेवाका लागि प्लेस्टोर वा एपस्टोरबाट ‘CG cares’ एप डाउनलोड गर्न सकिनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
Latest NewsJust now

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी।कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ। उक्त सडक अन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्से सडक खण्डमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली अहिले पहिरो गएको स्थानमा खटिसकेको जिल्ला प्रहरी कार्यालय ...

नेपालन्युज
अनमोलले किन रोजे गाउँले भूमिका ?
Latest NewsJust now

अनमोलले किन रोजे गाउँले भूमिका ?

काठमाडौँ । युवा पुस्तामा राम्रो क्रेज बनाउन सफल अभिनेता हुन् अनमोल केसी । केसी केही समयको अन्तरालपछि नयाँ फिल्म ‘बाटुलो जून’ मा देखिँदैछन् । फिल्ममा पहिलो पटक गाउँले परिवेशको चरित्रमा... ...

रातोपाटी
तीन सय घार मौरीबाट वार्षिक १० लाखसम्म आम्दानी
Latest NewsJust now

तीन सय घार मौरीबाट वार्षिक १० लाखसम्म आम्दानी

बोमलाल गिरीनवलपुर, कात्तिक २० गते । निरन्तर मेहनत, लगनशीलता र व्यवसायप्रतिको समर्पण भए आफ्नै गाउँघरमा बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, नवलपुरको कावासोत... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play