नेपालका थप ६ हिमाललाई मान्यताको पहल

काठमाडौं।नेपालले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको सूचीमा थप ६ हिमाल समावेश गर्न अन्तर्राष्ट्रिय पहल थालेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को सन् २०२६ को साधारणसभामा नेपालको प्रस्ताव अघि बढाइएको जानकारी दिएका हुन्। नेपाल पर्वतारोहण संघमार्फत अघि सारिएको प्रस्तावमा यालुङ काङ, कञ्चनजङ्घा दक्षिण, कञ्चनजङ्घा मध्य, ल्होत्से मध्य, ल्होत्से शार र यालुङ काङ पश्चिमलाई छुट्टै हिमालका रूपमा मान्यता दिन माग गरिएको छ। यी हिमालको उचाइ क्रमशः ८ हजार ५०५, ८ हजार ४७६, ८ हजार ४७३, ८ हजार ४१०, ८ हजार ४०० र ८ हजार ७७ मिटर रहेको छ। प्रस्ताव स्वीकृत भए विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ। नेपालमा मात्रै यस्ता हिमालको संख्या आठबाट बढेर १४ पुग्नेछ। काठमाडौंमा शुक्रबारदेखि सुरु भएको यूआईएएको साधारणसभामा विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ तथा सरोकारवाला सहभागी छन्। मन्त्री पौडेलले प्रस्तावले नेपालको पर्वतीय पहिचान विस्तार गर्नुका साथै पर्वतारोहण, साहसिक पर्यटन र हिमाली अनुसन्धानका नयाँ सम्भावना खोल्ने विश्वास व्यक्त गरे। उनले हिमाली जोखिम, जलवायु परिवर्तन र प्राकृतिक सम्पदा संरक्षणका विषयलाई पनि अन्तर्राष्ट्रिय बहसमा जोड्न सम्मेलनले सहयोग पुग्ने बताए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

सवारी दुर्घटनामा पत्रकार पोखरेलको मृत्यु
पत्रकार पोषकान्त पोखरेलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ स्थित सेतो पुलमा शुक्रबार भएको दुर्घटनामा ४२ वर्षीय पोखरेलको मृत्यु भएको हो। उनी ललितपुरबाट प्रकाशित हुने आर्थिक राष्ट्रिय दैनिकमा कार्यरत थिए। हुलाकी सडकखण्डमा पोखरेल सवार लु प्र ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई सु प्र ०१–०... ...

भोटेकोशी बाढीको असर : स्याफ्रुमा पुल छैन, बारीमै कुहिँदै तरकारी
आमाछोदिङमो क्षेत्रमा रहेका ट्रकको महँगो भाडा, मानिसले बोकेरै भोटेकोशी पार गराउनुपर्ने बाध्यता र स्याफ्रुपारिबाट गाडीमा काठमाडौं तथा चितवन पुर्याउँदा लाग्ने महँगो ढुवानी खर्चले किसानलाई थप समस्यामा पारेको छ । ...

‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ हुँदै
काठमाडौँ । नर्सरी व्यवसायी संघ नेपाल (नान) ले ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ गर्ने भएको छ । नर्सरी व्यवसायी संघ नेपालले फूल र बत्तिको पर्व तिहारलाई लक्षित गर्दै यस वर्ष पनि “तिहारको उत्सव, स्वदेशी फुलको महोत्सव” भन्ने नाराका साथ पुष्प, फलफूल, कृषि, वन तथा जडिबुटी नर्सरीका व्यवसायीक उत्पादनहरूको प्रदर्शनी गर्ने भएको हो । मेला २०८३ कार्तिक १७ गते देखि कार्तिक २१ गते ...

दुई दिने आदिवासी साहित्य महोत्सवको तयारी
धीरेन्द्रप्रसाद साहराजविराज, कात्तिक १३ गते । सप्तरीको सप्तकोशी नगरपालिका –५ गंगाजलीमा दुई दिने आदिवासी जनजाति साहित्य महोत्सव २०८३ को तयारी गरिएको छ । कात्तिक १४ र १५ गते शनिबार र... ...


