Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेपालका तीन जलवायु परियोजना स्वीकृत

नेपालका तीन जलवायु परियोजना स्वीकृत

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालका तीन जलवायु परियोजना स्वीकृत
भिडियो रिपोर्ट (Video News)
YouTube मा हेर्नुहोस्

नेपालका तीन जलवायु परियोजना स्वीकृत

horizontal HD

काठमाडौं।कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका विभिन्न परियोजना अनुकूलन कोषबाट स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएकी छन्। नेपालले जलवायु परिवर्तनका असर अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्ताव गरेका तीन वटै परियोजना अनुकूलन कोषको ४७औं बोर्ड बैठकले शुक्रबार स्वीकृत गरेको हो। उनले विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीन वटै परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन्। मन्त्री चौधरीले यस उपलब्धिले पर्यावरण क्षेत्रमा परेको आर्थिक भार व्यवस्थापन गर्न सहयोग पुग्ने बताइन्। साथै, नेपालमा पछिल्लो समय देखिएका विभिन्न प्राकृतिक विपद्का जोखिम तथा समस्यालाई न्यूनीकरण गर्न र जलवायु परिवर्तनका असरबाट हुने क्षति कम गर्न समेत यसले महत्त्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ छ। स्वीकृत परियोजनामध्ये ‘ग्रिन कोशी’ परियोजना पनि एक हो। प्रकृतिमा आधारित समाधानमार्फत कोशी क्षेत्रमा पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायु उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्य राखिएको यस परियोजनाका लागि ९९ लाख २७ हजार ७५० अमेरिकी डलर वित्तीय सहयोग प्रस्ताव गरिएको छ। यस परियोजनाको कार्यान्वयन निकाय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) रहेको छ। एनटीएनसीको अध्यक्ष समेत रहेकी मन्त्री चौधरीले यस परियोजनामार्फत मात्र नभई अन्य क्षेत्रबाट पनि नेपालले अन्तर्राष्ट्रिय सहयोग प्राप्त गरिरहेको बताइन्। त्यसैगरी, अर्को हिमालय क्षेत्रमा बाढी तथा पहिरोको पूर्व सूचना प्रणाली सुदृढ गर्दै जलवायु अनुकूलन क्षमता बढाउने उद्देश्यसहित ‘स्ट्रेन्थेनिङ एडप्टेसन एन्ड फ्लड एन्ड ल्यान्डस्लाइड अर्ली वार्निङ फर द हिन्दुकुश हिमालय’ परियोजना स्वीकृत भएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) कार्यान्वयन निकाय रहेको यस परियोजनाका लागि तीन करोड अमेरिकी डलर वित्तीय सहयोग प्रस्ताव गरिएको छ। तेस्रो परियोजना लुम्बिनी प्रदेशमा स्थानीय नेतृत्वमा आधारित प्रकृतिमैत्री जलवायु कार्यमार्फत उत्थानशील समुदाय निर्माण गर्ने उद्देश्यमा केन्द्रित छ। यस परियोजनाका लागि ४९ लाख ९८ हजार ७०७ अमेरिकी डलर वित्तीय सहयोग प्रस्ताव गरिएको छ। यसको कार्यान्वयन निकाय ‘युएन ह्याबिटाट’ रहेको छ। मन्त्री चौधरीले उक्त तीन वटै परियोजनाले पारिस्थितिक प्रणालीको संरक्षण, बाढी तथा पहिरोको पूर्व सूचना प्रणालीको सुदृढीकरण र स्थानीय समुदायको जलवायु उत्थानशीलता अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिन्। अनुकूलन कोषको यस स्वीकृतिले नेपालमा जलवायु परिवर्तनका असर सामना गर्न प्रकृतिमा आधारित समाधान, विपद् जोखिम न्यूनीकरण र स्थानीय समुदायको क्षमता विकासका कार्यक्रम अघि बढाउन सहयोग पुग्ने बताइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

दशैंपछि पाथीभरामा भक्तजनको आगमन बढ्यो
ताजा खबरJust now

दशैंपछि पाथीभरामा भक्तजनको आगमन बढ्यो

• ताप्लेजुङको पाथीभरामा आइतबार २,३५५ जना भक्तजनले दर्शन गरेका छन्, जुन शनिबारको ४,३०९ जनाको तुलनामा घटेको हो। • पाथीभरा दर्शनको संख्या दशैंको नवरात्रि यता सबैभन्दा बढी रहेको छ, भक्तजन नेपालका विभिन्न जिल्लासँगै भारतका सिक्किम र दार्जिलिङबाट पनि आएका छन्। • पाथीभरा पुग्नका लागि काफ्ले पाटीबाट पाँच किलोमिटरको उकालो पदमार्ग प्रयोग गर्न सकिन्छ, जहाँ सहयोगीहरूको व्यवस्था पनि गरिएको छ। ...

नेपालबहस
बर्जुमा बोराभित्र पुरुषको शव फेला
ताजा खबरJust now

बर्जुमा बोराभित्र पुरुषको शव फेला

सुनसरी – सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा १ पुरुषको शव फेला परेको छ । भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–६ मा बस्दै आएका लालजीप्रसाद गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । मृतक गुप्ता विगत ४० वर्षभन्दा बढी समयदेखि नेपालमा बस्दै आएका […] ...

काठमाण्डुपाटी
एनपीएलको तेस्रो संस्करणको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान
ताजा खबरJust now

एनपीएलको तेस्रो संस्करणको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान

• नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण भोलि सोमबारबाट सुरू हुँदैछ, जसमा आर्थिक कारोबार करिव डेढ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। • प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ, उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। • यसपालि खेलाडीले अम्पायरको निर्णय रिभ्यु गर्न पाउनेछन् र प्रतियोगिता आईसीसीले स्याङ्सन ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play