Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

नेतान्याहुका नीति उल्टाउने इसेनकोटको तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेतान्याहुका नीति उल्टाउने इसेनकोटको तयारी
Photo / Coverage: नेपालन्युज

तेल अभिभ।इजरायलको नयाँ संसद्ले शपथ लिएसँगै सरकार गठनको जिम्मेवारी पाएका पूर्व सैनिक प्रमुख गदी इसेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका प्रमुख नीतिहरू उल्टाउने तयारी गरेका छन्। उनले हमासको आक्रमणबारे सरकारी अनुसन्धान, प्रधानमन्त्रीको कार्यकालमा सीमा निर्धारण र न्यायपालिकाको अधिकार कटौती गर्ने निर्णय खारेज गर्नेलगायत विधेयक अघि सारेका छन्। इसेनकोटलाई सरकार गठनका लागि ६ हप्ताको समय दिइएको छ। गठबन्धन सरकार गठनको टुङ्गो नलागे पनि नेतान्याहुका विपक्षी दलहरूले संसदमा बहुमत प्राप्त गरेका छन्। इसेनकोटले सबै नागरिकको प्रतिनिधित्व गर्ने सरकार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। यसैबीच, नेतान्याहुले अरब नेतृत्वका दलहरूले चुनाव ‘चोरेको’ आरोप लगाउँदै उनीहरूसँग सहकार्य गर्ने विपक्षी नेताहरूको आलोचना गरेका छन्। इजरायलको जनसंख्याको करिब २० प्रतिशत हिस्सा ओगट्ने अरब समुदायका दलहरूमाथि विश्वास गर्न नसकिने उनको भनाइ छ। इसेनकोटले भने इजरायलको यहुदी राष्ट्रको पहिचान स्वीकार गर्ने र हमासलाई आतंकवादी संगठन मान्नेलगायत शर्त पूरा भए अरब दलसँग सहकार्यको सम्भावना खुला राखेका छन्। नेतान्याहुको अभिव्यक्तिलाई विभाजनकारी र घृणापूर्ण भन्दै इसेनकोटले उनी प्रधानमन्त्री पदमा रहन योग्य नभएको टिप्पणी गरेका छन्। उनले नेतान्याहुको लिकुड पार्टीसँगको निर्धारित बैठक समेत रद्द गरेका छन्। यसैबीच, विपक्षी सांसदहरूले वर्तमान सभामुख अमिर ओहानालाई हटाउने प्रक्रिया सुरु गरेका छन्। नयाँ सभामुखका रूपमा इसेनकोटको याशर पार्टीका नेता मतन काहानालाई प्रस्ताव गरिएको छ। सभामुख परिवर्तन भए विपक्षी दललाई आफ्ना विधेयक अघि बढाउन सहज हुनेछ। नयाँ संसद् गठन भए पनि इसेनकोटले सरकार बनाउन नसकेसम्म नेतान्याहु र उनको मन्त्रिपरिषद् पदमै रहने छन्। इसेनकोट असफल भए राष्ट्रपति आइज्याक हर्जोगले नेतान्याहुलाई पुनः सरकार गठनको अवसर दिन सक्ने छन्। नेतान्याहुले इरानबाट हुन सक्ने आक्रमणको जोखिम देखाउँदै राजनीतिक मतभेद बिर्सेर एकता सरकार बनाउन आग्रह गरेका छन्। तर, नेतान्याहु विनाको सरकार बने उनको राजनीतिक प्रभाव कमजोर हुने र भ्रष्टाचार मुद्दा तथा सन् २०२३ अक्टोबर ७ को हमास आक्रमण रोक्न नसकेको सुरक्षा कमजोरीबारे अनुसन्धानको दबाब बढ्ने सम्भावना छ। –रासस /एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
Latest NewsJust now

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

मोहसिन अलि मियाँभरतपुर, कात्तिक २५ गते । चितवनमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका –४ त्रिचोकमा ३० वर्षीय श्रीमान सुमन राना मगरले आफ्नै श्रीमती ३२ व... ...

गोरखापत्र
रडले हानेर श्रीमतीको हत्या
Latest NewsJust now

रडले हानेर श्रीमतीको हत्या

चितवन।चितवनका एक युवकले रडले हानेर श्रीमतीको हत्या गरेका छन्। स्याङ्जा घर भई हाल भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा गरी बस्ने ३० वर्षीय सुमन रानामगरले आफ्नै श्रीमती ३२ वर्षीया सपना मगरको हत्या गरेका प्रहरीले जनाएको छ। सुमनले फलामको रड प्रहार गरेर कुटपिट गर्दा उनको मृत्यु भएको हो। घरायसी विवादका क्रममा सुमनले श्रीमतीको टाउकोमा फलामको रड प्रहार गरेका थिए। कुटपिटबाट उनको डेरा कोठामै मृत्यु ...

नेपालन्युज
कोप–३१ मा ठुला नेताको अनुपस्थिति
Latest NewsJust now

कोप–३१ मा ठुला नेताको अनुपस्थिति

काठमाडाैँ । जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी दबाब बढिरहेका बेला टर्कीमा जारी कोप–३१ सम्मेलनमा अमेरिका र चीनसहित प्रमुख देशका शीर्ष नेताहरू अनुपस्थित हुने भएका छन्। यसले जलवायु परिवर्तन नियन्त्रणका लागि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play