Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Others/नेकपाको डेढ महिने ‘राष्ट्रिय जागरण अभियान’ सुरु, आत्मसमीक्षासहित गाउँ पस्दै

नेकपाको डेढ महिने ‘राष्ट्रिय जागरण अभियान’ सुरु, आत्मसमीक्षासहित गाउँ पस्दै

10/24/2026, 4:40:00 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नेकपाको डेढ महिने ‘राष्ट्रिय जागरण अभियान’ सुरु, आत्मसमीक्षासहित गाउँ पस्दै

नेपाली कम्युनिष्ट पार्टीले विद्यमान राजनीतिक, आर्थिक तथा सामाजिक संकट, बढ्दो महँगी र जनजीविकाका सवालहरूलाई सम्बोधन गर्न देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ शुरु गरेको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडाबाट शनिवारदेखि मङ्सिर २५ गतेसम्मका लागि डेढ महिने देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ शुरु गरेको हो । कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व गाउँ, वडा र बस्ती तहसम्म पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने औपचारिक घोषणा गरे । वर्तमान दुईतिहाइ समर्थित सरकारले जनअपेक्षाअनुसार नतिजा दिन नसक्दा सर्वसाधारणमा निराशा र अन्योल बढेको आरोप उनको छ । बढ्दो महँगी, बेरोजगारी, युवा पलायन र किसान तथा व्यवसायीका समस्याले जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै पार्टीले अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको दाबी गरेको छ । साथै, लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी संविधानमाथि भूराजनीतिक चलखेल तथा आन्तरिक कारणले जोखिम बढेको औंल्याइएको छ । यसपटक पार्टीले विगतका कमजोरीप्रति खुला आत्मसमीक्षा समेत गरेको संयोजक दाहालले बताए । कम्युनिष्ट आन्दोलन श्रमजीवी, किसान र उत्पीडित वर्गसँग टाढिँदै गएको तथा ‘जनमुखीभन्दा नेतामुखी र गाउँमुखीभन्दा केन्द्रमुखी’ बन्दै गएको यथार्थलाई स्वीकार गर्दै नेताहरूले जनताको विश्वास पुनः आर्जन गर्न कार्यशैली बदल्नुपर्ने निष्कर्ष पार्टीको छ । अभियानका क्रममा केन्द्रिय नेताहरूकै कमाण्डमा टोल–टोल पुगेर महँगी, कालोबजारी, भ्रष्टाचार र प्रशासनिक ढिलासुस्तीबारे जनताका गुनासा संकलन गरिने दाहालले बताए । ती समस्या समाधानका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसमक्ष मागपत्र तथा ज्ञापन पत्र पेश गरिनेछ । यसका साथै सदस्यता नवीकरण र सांगठनिक सुदृढीकरणका काम पनि सोही अवधिमा अघि बढाइने कार्यतालिका छ । हालै देशका विभिन्न भूभागमा आएको बाढीपहिरो तथा रसुवाको भोटेकोशी विपद्का बेला राज्य संयन्त्रले नागरिकको खोज, उद्धार र राहतमा प्रभावकारी तदारुकता देखाउन नसकेको भन्दै पार्टीले आपत्ति जनाएको छ । मित्रराष्ट्रबाट प्राप्त हुनसक्ने प्राविधिक सहयोग समयमै सदुपयोग नगरिँदा थप क्षति भएको उल्लेख गर्दै प्रभावितहरूको सुरक्षित पुन:स्थापना र क्षतिग्रस्त पूर्वाधारको तत्काल पुनर्निर्माण गर्न सरकारसँग माग गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

तीन महिनामा चितवनमा २८ जनाले त्यागे नागरिकता
OthersJust now

तीन महिनामा चितवनमा २८ जनाले त्यागे नागरिकता

७ कात्तिक, नारायणगढ (चितवन) । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् भने छ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस अवधिमा २८ जनाले भने नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना… ...

अनलाइन खबर
प्रचण्डको दाबी– केही समयपछि देशमा फेरि नयाँ परिस्थिति निर्माण हुन्छ
OthersJust now

प्रचण्डको दाबी– केही समयपछि देशमा फेरि नयाँ परिस्थिति निर्माण हुन्छ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन् । शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित ‘पार्टी जागरण अभियान’को उद्घाटन गर्दै संयोजक दाहालले तत्कालीन जनयुद्धको स्मरण गर्दै जनताका मुद्दा निष्ठापूर्वक उठाउँदा जस्तोसुकै प्रतिकूलतामा पनि जनसमर्थन जुट्ने विश्वास व्यक्त गरेका हुन् । प्रारम्भिक चरणको कठिन यात्राको समीक्षा गर्दै उनले सुरुवाती ...

पर्दाफास
मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल
OthersJust now

मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

७ कात्तिक, मुस्ताङ । दशैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ । दसैँ अघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी–जोमसोम) सडकमार्ग पूर्ण रूपमा… ...

अनलाइन खबर
सुनसरीमा लागूऔषध बरामद प्रकरण : प्रहरीलाई फसाएको आरोप, सशस्त्रको यस्तो स्पष्टीकरण
OthersJust now

सुनसरीमा लागूऔषध बरामद प्रकरण : प्रहरीलाई फसाएको आरोप, सशस्त्रको यस्तो स्पष्टीकरण

काठमाण्डु – सुनसरीमा मोटरसाइकलसहित लागूऔषध बरामद गरिएको घटनालाई लिएर सामाजिक सञ्जालमा सुरक्षाकर्मीमाथि प्रश्न उठेपछि सशस्त्र प्रहरीले आफ्नो धारणा सार्वजनिक गरेको छ । सशस्त्र प्रहरीका अनुसार बरामद लागूऔषध लुट्ने र प्रमाण नष्ट गर्ने प्रयासका क्रममा खिचिएको भिडियोको गलत व्याख्या गर्दै सुरक्षाकर्मीलाई दोषी देखाउने प्रयास भएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीका अनुसार […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play