निर्वासनपछि मचाडोको स्वदेश फिर्ती

काराकस।भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडो करिब एक वर्षको निर्वासनपछि आइतबार स्वदेश फर्किएकी छन्। उनको स्वागतमा हजारौं समर्थकले राष्ट्रिय झण्डा फहराउँदै ‘स्वतन्त्रता’ को नारा लगाएका थिए। मचाडोको पुनरागमनलाई राजनीतिक संक्रमणबाट गुज्रिरहेको भेनेजुएलामा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ। उनका समर्थकहरूले निर्वाचनको माग गरिरहेका बेला अन्तरिम सरकारले चुनावको मिति भने तय गरेको छैन। मचाडो गत डिसेम्बरमा नोबेल पुरस्कार ग्रहण गर्न देश छाडेकी थिइन्। उनको पार्टीका अनुसार स्वदेश फर्कने उनका कम्तीमा सात प्रयास असफल भएका थिए। उनका राजनीतिक प्रतिद्वन्द्वी राष्ट्रपति निकोलस मदुरो नौ महिनाअघि अमेरिकी सैन्य कारबाहीमा पक्राउ परेपछि अमेरिकाको जेलमा छन्। त्यसपछि मदुरोकी सहयोगी डेल्सी रोड्रिगेज अन्तरिम राष्ट्रपति बनेकी थिइन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मचाडोको स्वदेश फिर्तीबारे आफूलाई जानकारी नभएको बताएका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने वार्तामार्फत भेनेजुएलामा स्वतन्त्र तथा निष्पक्ष निर्वाचन र स्थायी लोकतन्त्र स्थापना गर्ने अवसर रहेको बताएका छन्। मचाडोको पार्टीले सन् २०२७ मा निर्वाचन गराउन र उनलाई राष्ट्रपतीय प्रतिस्पर्धामा सहभागी हुन दिन माग गरेको छ। निर्वाचनपछिको दमनमा २८ जनाको मृत्यु भएको र दुई हजार चार सयभन्दा बढी पक्राउ परेको विवरण छ। विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको भेनेजुएलामा हाल दैनिक करिब १० लाख ब्यारेल कच्चा तेल उत्पादन भइरहेको छ। एक दशकअघि उत्पादन दैनिक ३० लाख ब्यारेल थियो। अन्तरिम सरकारले अमेरिकी तथा विदेशी कम्पनीलाई तेल र ग्यासको खोजी, उत्पादन र निर्यातमा पहुँच दिने सम्झौता गरेको छ। –रासस / एएफपी
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

विभिन्न जिल्लाबाट लागुऔषधसहित ९ जना पक्राउ
विराटनगर । प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको हो । कोशी... ...

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन
काठमाण्डु – नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ । निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको भन्ने गुनासो आएकाले अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो […] ...
-001_YzQLZrdBFm.jpg)
मुक्तिनाथबाट मेची–महाकाली रथयात्रा आरम्भ
मुस्ताङ । मुक्तिनाथबाट मेची–महाकाली रथ यात्रा आरम्भ भएको छ । चैत रामनवमीदेखि दसैँको कोजाग्रत पूर्णिमाको दिनसम्म महायज्ञ सम्पन्न भई आज आइतबार मुक्तिनाथबाट मेची–महाकाली गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा २०८३ आरम्भ गरिएको... ...

लुम्बिनीविरुद्ध सुदूरले गुमायो ३ विकेट, कति रन बनायो?
नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिडिरहेका छन्। ४.४ ओभर सकिँदा सुदूरपश्चिमले ३ विकेट गुमाएर २८ रन बनाएको छ। सुदूरपश्चिम विनोद भण्डारी ९ रन, आरिफ शेख ० र ब्रान्डन म्याकमुलेन २ रनमा आउट भए। लुम्बिनीका किशोर महतोले २ तथा शेर मल्लले १ विकेट लिए। ...


