निर्वाचन प्रहरीको पोशाक खरिद प्रकरणमा अहिले नै कसैलाई दोषी भन्न नमिल्ने मनिष झाको तर्क
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अभियोग लागेकै आधारमा कसैलाई पनि दोषी करार गर्न नमिल्ने बताएका छन् । सार्वजनिक लेखा समिति अन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिका संयोजकसमेत रहेका झाले उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले उपसमितिले पोशाक खरिद प्रक्रियाको गहिरो अध्ययन गरी आवश्यक सुझाव मात्रै दिने बताए । उपसमितिले अध्ययनका क्रममा कसैलाई दोषी ठहर गर्ने वा कुनै अधिकारीमाथि कारबाहीको निष्कर्ष निकाल्ने काम तत्काल नगर्ने उनले स्पष्ट पारे । अध्ययन र अनुसन्धानअघि नै कुनै व्यक्तिले गल्ती गरेको निष्कर्ष निकाल्नु पूर्वाग्रही सोच हुने उनको भनाइ छ । उपसमितिको काम अध्ययन गरी निष्कर्ष र सिफारिससहित प्रतिवेदन तयार गर्नु रहेको उल्लेख गर्दै उनले निर्णय गर्ने अधिकार भने पूर्ण समितिमा रहने बताए । उनले भने, ‘हामी अहिले कुनै पनि ब्ल्याक एन्ड ह्वाइट अवधारणामा पुगेका छैनौँ । हामी ग्रे जोनमा छौँ र ग्रे जोनमा रहेर नै अध्ययन गर्न चाहन्छौँ, उपसमितिलाई ६० दिनको कार्यअवधि हुँदाहुँदै २० दिनमै ब्ल्याक एण्ड ह्वाइट निष्कर्षमा पुग्नु गल्ती हुनेछ । अध्ययन उपसमितिले निर्णय सुनाउँदैन । यसले प्रतिवेदन लेख्ने, सिफारिस गर्ने र निष्कर्ष प्रश्तुत गर्ने हो । निर्णय गर्ने अख्तियारी पूर्ण समितिलाई हुन्छ ।’ झाका अनुसार उपसमितिले मंसिर १ देखि १५ गतेसम्म पोशाक खरिदमा सम्बन्धित पक्ष, विज्ञ तथा जिम्मेवार अधिकारीहरूसँग बयान, अन्तर्वार्ता र छलफल गर्नेछ । उपसमितिको कार्यअवधि मंसिर २० गतेसम्म रहेको र अन्तिम पाँच दिन प्रतिवेदन लेखनका लागि छुट्याइएको उनले बताए । कात्तिक महिनाभर उपसमितिले आन्तरिक अध्ययन तथा अनुसन्धान गर्ने उनको भनाइ छ । उपसमितिले कात्तिक ३० गतेसम्म अध्ययनका लागि समय छुट्याएको उनले बताए । यस अवधिमा पोशाक खरिदसम्बन्धी के–के प्रमाण मगाउने, कसलाई बयानका लागि बोलाउने र सम्बन्धित पक्षसँग के–के प्रश्न गर्ने भन्ने विषयमा तयारी गरिने उनले जानकारी दिए । हाल जिम्मेवारीमा रहेका र अवकाश प्राप्त अधिकारीहरूलाई समेत आवश्यकताअनुसार बयान तथा अन्तर्वार्ताका लागि बोलाइने उनको भनाइ छ । निर्वाचन प्रहरीको पोशाक खरिदमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भ्रष्टाचार गरेको आरोपसहित समितिमा उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन गर्न समितिले झाको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिलाई अध्ययनका लागि दुई महिनाको समयसीमा तोकिएको छ । उपसमितिको बिहीवार बसेको दोस्रो बैठकले आवश्यक कार्यादेश स्वीकृत गरेको हो ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

कांग्रेस तन्नेरी बन्दै छ, हामी युवामय बन्यौँ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको नयाँ केन्द्रीय कार्यसमितिमा युवा, द्वन्द्वपीडित र सहिद परिवारसहित विभिन्न क्षेत्रका व्यक्तित्वको प्रतिनिधित्व बढेको बताएका छन् । बिहीबार केन्द्रीय कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोहमा बोल्दै शर्माले कांग्रेसको नयाँ नेतृत्वमा युवासहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता बढेको बताएका हुन् । उनले भने, ‘आज शपथ लिँदै गर्दा नेपाली कांग्रेस तन्नेरी नेपाली कांग्रेस, स्वयं आफैँमा तरुण, तरुण ...

नेपाललाई चक्रवात ‘अर्नब’ले दुःख दिने जोखिम छ ?
धान भित्र्याउने चटारोमा रहेका किसानदेखि हिमाल आरोहण र पदयात्रामा निस्किएका पर्यटकसम्मलाई चक्रवात ‘अर्नब’ले चिन्ता थपिदिएको छ । भारतमा कमजोर बन्दै गएको चक्रवातको प्रभाव नेपालमा भने बढ्दै जाँदा भारी वर्षा र हिमपातको जोखिम उच्च बनेको हो । मौसमविद्ले विशेष सावधानी अपनाउन आग्रह गरेका छन् भने तीन प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपातको जोखिमलाई मध्यनजर गर्दै रातो चेतावनी जारी गरिएको छ । छिमेकी मुलुक ...

विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य
विराटनगरले कर्णालीलाई १८७ रनको लक्ष्य दिएको छ । ...

पार्टी सुदृढ बनाउन सबै एकजुट हुनुपर्छ : पूर्वमन्त्री समिम
धीरेन्द्रप्रसाद साहराजविराज, कात्तिक १२ गते । सप्तरीको शम्भुनाथ नगरपालिकामा नेपाली कांग्रेसको नगर कार्यसमितिले बिहीबार सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको । नेपाली कांग्... ...


