Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/निफ्राको खुद मुनाफा २०.१६ प्रतिशतले घट्यो, कर्जा प्रवाह र निक्षेप संकलन बढ्यो

निफ्राको खुद मुनाफा २०.१६ प्रतिशतले घट्यो, कर्जा प्रवाह र निक्षेप संकलन बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
निफ्राको खुद मुनाफा २०.१६ प्रतिशतले घट्यो, कर्जा प्रवाह र निक्षेप संकलन बढ्यो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २०.१६ प्रतिशतले घटेको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १६ करोड ६४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २० करोड ८५ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको ब्याज आम्दानी घट्नु र कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम बढ्नुले नाफामा दबाब परेको देखिन्छ। समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी ३.९३ प्रतिशतले घटेर ५९ करोड ७४ लाख ११ हजार रुपैयाँमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ६२ करोड १८ लाख ६५ हजार रुपैयाँ थियो। यस अवधिमा बैंकको ब्याज खर्च भने १.७६ प्रतिशतले बढेर २५ करोड ३१ लाख ४६ हजार रुपैयाँ पुगेको छ। ब्याज आम्दानी घट्नु र खर्च बढ्नुको प्रभावस्वरूप बैंकको खुद ब्याज आम्दानी ७.७३ प्रतिशतले घटेर ३४ करोड ४२ लाख ६५ हजार रुपैयाँ कायम भएको छ। यद्यपि बैंकको शुल्क तथा कमिसनबाट हुने आम्दानीमा भने सुधार देखिएको छ। यस्तो आम्दानी ५८.४५ प्रतिशतले बढेर २ करोड १ लाख ८७ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकले शुल्क तथा कमिसनबाट १ करोड २७ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको थियो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको कुल सञ्चालन आम्दानी ५.५४ प्रतिशतले घटेर ३६ करोड ४४ लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ। यस अवधिमा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम भने २१५.४८ प्रतिशतले बढेर ३ करोड ८७ लाख १६ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो रकम १ करोड २२ लाख ७२ हजार रुपैयाँ थियो। यसको प्रभाव बैंकको सञ्चालन नाफामा पनि परेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा १९.५० प्रतिशतले घटेर २४ करोड १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ। नाफामा गिरावट आए पनि बैंकको निक्षेप संकलन र कर्जा प्रवाहमा भने वृद्धि भएको छ। असोज मसान्तसम्म बैंकको निक्षेप संकलन ५४.०४ प्रतिशतले बढेर १२ अर्ब ४ करोड ५१ लाख ७९ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकसँग ७ अर्ब ८१ करोड ९६ लाख ६५ हजार रुपैयाँ निक्षेप थियो। त्यस्तै, बैंकको कर्जा प्रवाह ३०.५२ प्रतिशतले बढेर ३४ अर्ब १७ करोड ४७ लाख ९६ हजार रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्ति पनि ५.५० प्रतिशतले वृद्धि भई ४४ अर्ब ३२ करोड ३६ लाख ८० हजार रुपैयाँ कायम भएको छ। असोज मसान्तसम्म बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको जगेडा तथा कोष ३८ प्रतिशतले घटेर २ अर्ब ६७ करोड ३६ लाख ७ हजार रुपैयाँमा झरेको छ। नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ रुपैयाँ ८६ पैसा रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर ३ रुपैयाँ ८ पैसा कायम भएको छ। असोज मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ भने ११२ रुपैयाँ ३८ पैसा रहेको छ। The post निफ्राको खुद मुनाफा २०.१६ प्रतिशतले घट्यो, कर्जा प्रवाह र निक्षेप संकलन बढ्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

सर्वोच्च अदालतद्वारा म्यानपावर व्यवसायी रविन गुरुङलाई थुनामुक्त गर्न आदेश
ताजा खबरJust now

सर्वोच्च अदालतद्वारा म्यानपावर व्यवसायी रविन गुरुङलाई थुनामुक्त गर्न आदेश

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले वैदेशिक रोजगार न्यायाधीकरणलाई मुद्दा हेर्ने अधिकार नै नरहेको अवस्थामा पक्राउ गरी म्याद थप गरिएको कार्य ‘गम्भीर क्षेत्राधिकारविहीन देखिएको’ ठहर गर्दै यो आदेश जारी गरेको हो । ...

कान्तिपुर
चीन सरकारको अनुदानमा मेरिङ्देनलाई स्काभेटर
ताजा खबरJust now

चीन सरकारको अनुदानमा मेरिङ्देनलाई स्काभेटर

साहारा लिम्बूफुङ्लिङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट करिब एक करोड ७० लाख रुपियाँ बराबरको स्काभेटर मेसिन अनुदानमा प्राप्त गरेको छ । गाउँपालिकाको पू... ...

गोरखापत्र
देशलाई संकटबाट जोगाउन आन्दोलन गर्नुपर्छ : केपी ओली
ताजा खबरJust now

देशलाई संकटबाट जोगाउन आन्दोलन गर्नुपर्छ : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राज्य आतंक र गुण्डाराज चलेको आरोप लगाउँदै आन्दोलनको तयारी गर्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार मनोनीत तीन केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले सरकार बेलगाम फासीवादतर्फ अघि बढिरहेको आरोप लगाए। देशमा कसैले बोल्न नसक्ने गरी भयको वातावरण सिर्जना गरिएको उनको दाबी थियो। ‘अहिले देशले ...

केन्द्रबिन्दु
काठमान्डु गोर्खाज र वेद इन्टरनेसनल एजुकेसनबीच सहकार्य
ताजा खबरJust now

काठमान्डु गोर्खाज र वेद इन्टरनेसनल एजुकेसनबीच सहकार्य

सम्झौताअनुसार एनपीएलको तेस्रो संस्करणमा काठमान्डु गोर्खाजको मस्कटको पछाडि वेद इन्टरनेसनल एजुकेसनको लोगो राखिनेछ, जसले सहकार्यलाई चिनाउनेछ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play