Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

‘निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ’
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले वर्तमान सरकार पारदर्शीता, नीतिगत स्थिरता र आपसी विश्वासमा आधारित लगानीमैत्री वातावरण बनाउनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन्। नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीद्वारा आज यहाँ आयोजित ‘नेपाल–युके बिजनेस फोरममा उनले नेपालमा संयुक्त लगानी, प्राविधिक साझेदारी, उत्पादनमूलक क्षेत्रमा अवसर र नेपालका उदीयमान क्षेत्रमा लगानीका सम्भावना खोज्न बेलायती कम्पनीलाई आग्रह गरे। मन्त्री साहले विभिन्न पेसा, व्यवसायका सिलसिलामा बेलायमा रहनुभएका नेपाली डायस्पोरालाई पनि मातृभूमिमा लगानी, व्यावसायिक विज्ञता, नवीनता र ज्ञान हस्तान्तरणका माध्यमबाट नेपाली र बेलायती अर्थतन्त्रबीच सेतुको काम गर्न आग्रह आह्वान गरे। नेपाल र बेलायतबीच दुई शताब्दीभन्दा लामो मित्रता, आपसी सम्मान, विश्वास र सहकार्यको इतिहास रहेको उल्लेख गर्दै मन्त्री साहले यो सम्बन्ध केबल कूटनीतिक संलग्नतामा मात्र सीमित नभई जनस्तर र भावनात्मक निकटतामा पनि आधारित रहेको बताए। “यो ऐतिहासिक सम्बन्धलाई अझ बलियो आर्थिक साझेदारीमा रूपान्तरण गर्ने अवसर छ, जसले उन्नत प्रविधि, जिम्मेवार लगानी र दिगो व्यापारलाई प्रवद्र्धन गर्न सकोस्”, उनले भने। नेपाल र बेलायतबीच नवीकरणीय ऊर्जा, जलविद्युत्, सूचना प्रविधि, हरित प्रविधि, उत्पादन तथा औद्योगिक विकास, दिगो पूर्वाधार र सेवा क्षेत्रका उदीयमान आयाममा सहकार्य गर्ने प्रचुर सम्भावना रहेको उनले औँल्याए। अवसरले मात्र लगानीकर्तालाई आकर्षित गर्न नसक्ने भन्दै उनले लगानीकर्तालाई आवश्यकपर्ने आत्मविश्वास, नीतिगत स्थिरता र पारदर्शीताका क्षेत्रमा वर्तमान सरकारले काम गरिरहेको जानकारी गराए। “व्यावसायिक समुदायले उठाउँदै आएका दोहोरो कर प्रणाली, कर नीतिमा पूर्वानुमानयोग्यता, नाफा फिर्ता लैजाने प्रक्रिया, बौद्धिक सम्पत्तिको सुरक्षा र निर्यात सहजीकरणका विषय विचारणीय रहेका छन्, यसलाई सरकारले स्वीकार गरेको छ”, उनले भने। नेपालका लागि बेलायतका राजदूत रब फेनले बेलायत र नेपाल २०४ देखिका साझेदार भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध निरन्तर विस्तार हुँदै गइरहेको बताए। नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका सभापति रोशन राठीले नेपाल र बेलायतबीच ‘दोहोरो कर मुक्ति सम्झौता’ गर्न सकिएमा द्विपक्षीय व्यापार र लगानीका लागि आधार तयार हुने बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेकपा (नयाँ बहुमत)ले सामूहिक नेतृत्व प्रणाली अवलम्वन गर्ने
Latest NewsJust now

नेकपा (नयाँ बहुमत)ले सामूहिक नेतृत्व प्रणाली अवलम्वन गर्ने

काठमाडौं । धमेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नयाँ बहुमत)ले सामूहिक नेतृत्व प्रणाली अवलम्वन गर्ने भएको छ । नेकपा बहुमत र नेकपा जनपक्षबीच एकता भइ नेकपा (नयाँ बहुमत) पुनर्गठन गर्दै सामूहिक नेतृत्व प्रणाली अवलम्वन गर्ने निर्णय गरिएको संयोजक धमेन्द्र बास्तोलाले जानकारी दिए । दुई पार्टीबीचको एकतापछि काठमाडौंमा बसेको पूर्णता बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नवगठित नेकपा (नयाँ बहुमत)का ...

केन्द्रबिन्दु
नेपाल राष्ट्र बैंकद्वारा राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज
Latest NewsJust now

नेपाल राष्ट्र बैंकद्वारा राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज

काठमाडौं: नेपाल राष्ट्र बैंकले कञ्चनपुरको भीमदत्तनगर-४, महेन्द्रनगरमा सञ्चालित राष्ट्रिय मनिचेञ्जर प्रालिको इजाजतपत्र खारेज गरेको छ। भारतीय मुद्रा खरिद-बिक्री कारोबारका लागि अनुमति पाएको उक्त संस्थाले आफ्नो इजाजतपत्र खारेज गरिदिन स्वेच्छिक रूपमा निवेदन दिएको थियो। केन्द्रीय बैंकले कम्पनीको सोही निवेदनका आधारमा इजाजतपत्र खारेज गरेको जनाएको छ। नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम उक्त निर्णय लिइएको बैंकले ...

नेपालन्युज
एक लाखबाट सुरु भएको हाते कागज उद्योग बागमतीको नवप्रवर्तन उद्यमीमा उत्कृष्ट
Latest NewsJust now

एक लाखबाट सुरु भएको हाते कागज उद्योग बागमतीको नवप्रवर्तन उद्यमीमा उत्कृष्ट

एक लाख रुपैयाँबाट सुरु भएको उद्योगले ४० लाखभन्दा बढी लगानी, वार्षिक ५० लाख कारोबार र अमेरिका–चीनसम्म निर्यात गर्दै आएको छ। ...

कान्तिपुर
व्यवसायीका समस्या समाधान गर्न ९० दिने कार्ययोजना ल्याउँदै छौं: उद्योगमन्त्री साह
Latest NewsJust now

व्यवसायीका समस्या समाधान गर्न ९० दिने कार्ययोजना ल्याउँदै छौं: उद्योगमन्त्री साह

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले लगानीको वातावरण सुधार गर्न व्यवसायीले उठाउँदै आएका समस्या पहिचान गरी समाधान गर्ने उद्देश्यसहित ९० दिने कार्ययोजना ल्याउने तयारी भइरहेको बताएका छन्।  यूके-नेपाल व्यापार मञ्च २०२६ लाई सम्बोधन गर्दै मन्त्री साहले विश्व अर्थतन्त्रमा बढ्दो प्रतिष्पर्धाबीच नेपालले पनि आफ्नो परम्परागत सोच र सरकारी कार्यशैली परिवर्तन गर्नुपर्ने ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement