काठमाडौं: नेपाल राष्ट्र बैंकले कञ्चनपुरको भीमदत्तनगर-४, महेन्द्रनगरमा सञ्चालित राष्ट्रिय मनिचेञ्जर प्रालिको इजाजतपत्र खारेज गरेको छ। भारतीय मुद्रा खरिद-बिक्री कारोबारका लागि अनुमति पाएको उक्त संस्थाले आफ्नो इजाजतपत्र खारेज गरिदिन स्वेच्छिक रूपमा निवेदन दिएको थियो। केन्द्रीय बैंकले कम्पनीको सोही निवेदनका आधारमा इजाजतपत्र खारेज गरेको जनाएको छ। नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम उक्त निर्णय लिइएको बैंकले स्पष्ट पारेको छ।
नेपाल राष्ट्र बैंकद्वारा राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज

Read Complete Original Article
Published originally on नेपालन्युज






