काठमाडौं । धमेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नयाँ बहुमत)ले सामूहिक नेतृत्व प्रणाली अवलम्वन गर्ने भएको छ । नेकपा बहुमत र नेकपा जनपक्षबीच एकता भइ नेकपा (नयाँ बहुमत) पुनर्गठन गर्दै सामूहिक नेतृत्व प्रणाली अवलम्वन गर्ने निर्णय गरिएको संयोजक धमेन्द्र बास्तोलाले जानकारी दिए । दुई पार्टीबीचको एकतापछि काठमाडौंमा बसेको पूर्णता बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नवगठित नेकपा (नयाँ बहुमत)का संयोजक बास्तोलले पद केन्द्रीत नेतृत्व प्रणालीको अन्त्य गरि वास्तविक बिचार केन्द्रीत सामूहिक नेतृत्व प्रणाली अवलम्वन गरिएको जानकारी दिए । उनले देशमा व्यापक रोजगारीको अवसर सृजना हुने गरी तत्काल ठोस कदम चाल्न सरकारलाई दवाव दिने बताए । उनले माध्यामिक तहसम्मको शिक्षा निःशुल्क, नागरिकलाई आधारभूत स्वास्थ्य उपचार निःशुल्क हुुनुपर्ने र प्रत्येक नागरिकलाई रोजगारीको हकको व्यवस्था संविधानको मौलिक हकमा नै भएकाले त्यसको तत्काल कार्यान्वयन गर्न पनि सरकारलाई सचेत गराए । संयोजक बास्तोलाले संविधानले सुनिश्चित गरेका नागरिकको हक, अधिकारलाई निजीकरण र व्यापारीकरण गरिएको भन्दै सरकारको आलोचना समेत गरे । त्यसैगरी उक्त पार्टीले नेपालमा नयाँ जनविद्रोहबाट मात्रै श्रमजीवि जनताको हितमा काम गर्न सकिने निष्कर्ष निकाल्दै त्यसको तयारी जुट्ने जिकिर पनि गरेको छ । संयोजक बास्तोलाले सत्ता दलाल पूँजीवादी भएकाले देशका श्रमजीवी जनताको पक्षमा काम गर्न नयाँ बैज्ञानिक समाजवादी क्रान्ति गर्नुपर्ने अवस्था रहेको बताए ।
नेकपा (नयाँ बहुमत)ले सामूहिक नेतृत्व प्रणाली अवलम्वन गर्ने

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






