Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

निःशुल्क कानुनी सहायता विधेयकलाई थप प्रभावकारी बनाउनुपर्छ : डा. विजय मिश्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
निःशुल्क कानुनी सहायता विधेयकलाई थप प्रभावकारी बनाउनुपर्छ : डा. विजय मिश्र
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजय मिश्रले निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ लाई थप प्रभावकारी, व्यावहारिक र दिगो बनाउन विभिन्न सुझाव दिएका छन् । ‘हेलो सांसद’ कार्यक्रममा विधेयकमाथि सरोकारवालाबीच आयोजित अन्तरक्रियामा बोल्दै अध्यक्ष मिश्रले विधेयकले कानुनी सहायता प्रणालीलाई संस्थागत र व्यवस्थित गर्ने दिशामा प्रगतिशील बाटो समातेको बताए । उनले भने, ‘विधेयकले नेपालको कानुनी सहायता प्रणालीलाई संस्थागत र व्यवस्थित गर्ने प्रयास गरेको छ । यसले विपन्न, सीमान्तकृत तथा न्यायको पहुँचबाट टाढा रहेका नागरिकलाई निःशुल्क कानुनी सेवा उपलब्ध गराउने आधार तयार गरेको छ । समग्रमा विधेयक सकारात्मक र प्रगतिशील छ । तर, यसको प्रभावकारी कार्यान्वयनका लागि कानुनी सहायता कोषको आर्थिक स्रोत सुनिश्चित गर्ने, दक्ष जनशक्तिको व्यवस्था गर्ने र संस्थागत संरचनालाई थप स्पष्ट तथा व्यावहारिक बनाउन आवश्यक छ ।’ मिश्रले वैतनिक कानुन व्यवसायीको व्यवस्थालाई प्रस्तावित एकीकृत कानुनी सहायता प्रणालीमा गाभ्न नहुने धारणा राखे । वैतनिक कानुन व्यवसायी नेपालको मौलिक प्रणाली भएकाले यसलाई स्वतन्त्र रूपमा निरन्तरता दिनुपर्ने उनको भनाइ थियो । वादी र प्रतिवादी दुवै पक्षलाई कानुनी सहायता आवश्यक परेको अवस्थामा पनि छुट्टाछुट्टै प्रणालीबाट सेवा उपलब्ध गराउन सकिने व्यवस्था हुनुपर्ने उनले बताए । उनले कानुनी सहायता गरिब, विपन्न तथा सीमान्तकृत नागरिकका लागि अत्यावश्यक सेवा भएको उल्लेख गर्दै आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरू नै कानुनी प्रक्रियामा बढी समस्यामा पर्ने गरेको बताए । स्वास्थ्य सेवामा मेडिकल असिस्टेन्स आवश्यक भएजस्तै न्यायमा पहुँच सुनिश्चित गर्न कानुनी सहायता पनि अनिवार्य रहेको उनको धारणा थियो । उनले भने, ‘ वैतनिक कानुन व्यवसायीको व्यवस्था नेपालको आफ्नै मौलिक प्रणाली हो। त्यसैले यसलाई एकीकृत कानुनी सहायता प्रणालीमा गाभ्नु हुँदैन, स्वतन्त्र रूपमा निरन्तरता दिनुपर्छ । वादी र प्रतिवादी दुवै पक्षलाई कानुनी सहायता आवश्यक परेको अवस्थामा छुट्टाछुट्टै प्रणालीबाट सेवा दिने व्यवस्था हुनुपर्छ । गरिब, विपन्न र सीमान्तकृत नागरिकका लागि कानुनी सहायता मेडिकल असिस्टेन्सजस्तै अत्यावश्यक सेवा हो। न्यायमा सबैको समान पहुँच सुनिश्चित गर्न राज्यले निःशुल्क कानुनी सहायता उपलब्ध गराउनुपर्छ ।’ मिश्रले विगतमा कानुनी सहायता प्राप्त गर्ने व्यक्तिको योग्यता निर्धारण गर्दा आयस्रोत र मुद्दाको प्रकृतिका आधारमा विभेद हुने गरेको स्मरण गरे । विशेषगरी, अदालतबाट दोषी ठहर हुनुअघि नै कुनै व्यक्तिलाई निश्चित प्रकृतिको मुद्दामा संलग्न भएको आधारमा कानुनी सहायता नदिने व्यवस्था संविधानविपरीत ठहर भएको प्रसङ्ग उनले उल्लेख गरे । विधेयकमा विपन्नताको सिफारिससम्बन्धी झन्झटिलो प्रक्रियालाई हटाउने प्रयास सकारात्मक रहेको उनले बताए । स्थानीय तहका पदाधिकारीसँग व्यक्तिगत वा सामाजिक सम्बन्धका कारण सिफारिस पाउन नसक्ने अवस्थालाई समेत ध्यानमा राखेर कानुनी सहायता उपलब्ध गराउने व्यवस्था गर्न खोजिएको उनको भनाइ थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
Latest NewsJust now

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

काठमाडाैँ । एक साताभन्दा कम अवधिमा भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात अघि बढेपछि आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षाको चेतावनी दिइएको छ। भारतको मौसम विज्ञान विभागका अनुसार ‘मुरासु’ नामक चक्रवात... ...

रातोपाटी
औषधि उद्योग स्थापनाका लागि सहकार्य गर्न स्विट्जरल्याण्डसँग राष्ट्रिय सभा अध्यक्ष दाहालको प्रस्ताव
Latest NewsJust now

औषधि उद्योग स्थापनाका लागि सहकार्य गर्न स्विट्जरल्याण्डसँग राष्ट्रिय सभा अध्यक्ष दाहालको प्रस्ताव

काठमाडाैँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा विश्वस्तरीय औषधि उद्योग स्थापना गर्न स्विट्जरल्याण्डसँग सहकार्यको प्रस्ताव राखेका छन् । स्विट्जरल्याण्डको नेशनल काउन्सिलका अध्यक्ष पिएरे आन्द्रे पाजसँग सोमबार भएको शिष्टाचार भेटका क्रममा अध्यक्ष दाहालले नेपालमा औषधि उद्योग स्थापना गर्न सरकारी तहबाट पहल गर्न आग्रह गरेका हुन् । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले स्विट्जरल्याण्डमा विश्वस्तरीय औषधि उद्योग तथा कम्पनीहरू रहेकाले नेपालमा पनि ...

टक्सार
नाफा सुरक्षित गर्दै लगानीकर्ता, एक वर्षकै उचाइ छोएर घट्यो बैंकिङ समूह
Latest NewsJust now

नाफा सुरक्षित गर्दै लगानीकर्ता, एक वर्षकै उचाइ छोएर घट्यो बैंकिङ समूह

३ कारोबार दिनदेखि २७०० विन्दु परीक्षण गरिरहेको नेप्से शुक्रबार २७१३ सम्म पुगे पनि त्यहाँ टिक्न नसकेपछि नाफा सुरक्षित गर्ने क्रम बढेको छ । ...

कान्तिपुर
भारतीय सेनामा गोर्खा भर्ती खुलाउन माग गर्दै माइतीघरमा प्रदर्शन
Latest NewsJust now

भारतीय सेनामा गोर्खा भर्ती खुलाउन माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । भारतीय सेनामा नेपाली गोर्खाको भर्ती प्रक्रिया पुनः सुरु गर्न माग गर्दै पूर्वगोर्खा सैनिकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघको आयोजनामा सोमबार माइतीघरमा प्रदर्शन गरिएको हो । भारत सरकारले अग्निपथ योजना लागू गरेपछि भारतीय सेनामा नेपाली गोर्खाको भर्ती प्रक्रिया रोकिएको भन्दै पूर्वसैनिकहरूले भर्ती पुनः सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । यसअघि १२ अगस्ट २०२६ ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play